यी हुन युरो कपको नकआउट चरणमा प्रवेश गरेका १६ टोली

एजेन्सी, १० असार । युरो कप फुटबलको नकआउट चरणमा प्रवेश गर्ने १६ राष्ट्रको टुंगो लागेको छ । गएराति ग्रुप एफको समूह चरणको अन्तिम खेलहरु समाप्त भएपछि छनोट भएका टोलीको टुंगो लागेको छ । यसपटक नकआउट चरणमा युरोपका फुटबल महाशक्तिहरु सबै अटाएका छन् । विश्वविजेता फ्रान्स र युरोपको विजेता पोर्चुगल दुवै नकआउट चरणमा प्रवेश गरेका छन् […]

सम्बन्धित सामग्री

फ्रान्स, जर्मनी र पोर्चुगल युरो कपको नकआउट चरणमा प्रवेश

काठमाडौं : युरो कप फुटबलमा फ्रान्स, जर्मनी र पोर्चुगल नकआउट चरणमा प्रवेश गरेका छन्। समूह एफमा रहेका तिनै टोली अन्तिम १६ मा प्रवेश गरेका हुन्। समूह एफमा फ्रान्स समूह बिजेता, जर्मनी उप विजेता बन्दै  नकआउट चरणमा प्रवेश गरे। फ्रान्सले हंगेरीको बुडापेस्टमा बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा पोर्चुगलसँग २-२ गोलको बराबरी खेल्दै फ्रान्स समूह विजेता बनेको हो।हंगेरीको पुस्कास एरिनामा फ्रान्सका लागि करिम बेन्जिमाले दुई गोल गरे। पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे।&

युरोकप : इंग्ल्याण्ड र चेक भिड्दै, जित्नैपर्ने दबाबमा क्रोएसिया

काठमाडाैं : १६ औं संस्करणको युरो कप फुटबलमा आज राति समूह ‘डी’ का दुई खेल हुँदैछन्। आज राति चेक रिपब्लिक र इंग्ल्याण्ड तथा क्रोएसिया र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ।समूहको शीर्ष स्थानमा रहेको चेक रिपब्लिकले दोस्रो स्थानको इंग्ल्याण्डसँग उसैको घरेलु मैदान वेम्बली स्टेडियममा राति पौने १ बजे खेल्नेछ। आज यी दुबै टोलीबीचको खेल निकै प्रतिस्पर्धात्म हुने अपेक्षा गरिएको छ।आजको खेलमा जित निकाल्ने टोली नकआउट चरणमा प्रवेश गर्नेछ। यद्यपि दुवै टिमले बराबरी खेल्दै अंक बाँडे पनि दुवै टिम अघ

पराजित भएपनि वेल्स अन्तिम १६ मा

लन्डन, (एजेन्सी) ।  शानदार लयमा रहेको इटालीसँग १–० गोलअन्तरले पराजित भएपनि वेल्स जारी युरो कप २०२० को नकआउट चरणमा प्रवेश गरेको छ । वेल्स सन् २०१६ मा सेमिफाइनलसम्म पुगेको टोली हो । इटाली भने वेल्सविरुद्धको खेलअघि नै नकआउट चरणमा पुगिसकेको थियो । वेल्सलाई हराएपछि इटाली जारी युरो कप फुटबलमा समूह चरणमा शतप्रतिशत जित निकालेर अन्तिम […]

युक्रेनलाई हराउँदै अस्ट्रिया पहिलोपटक नकआउट चरणमा प्रवेश

काठमाडौं : अष्ट्रिया समूह उपविजेता बन्दै युरो कप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा युक्रेनलाई १-० गोल अन्तरले पराजित गर्दै अष्ट्रिया उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो। नेसनल एरिनामा अष्ट्रियालाई जित दिलाउन क्रिस्टोफ बाउम्गार्टनरले निर्णायक गोल गरे।खेलको २१ औं मिनेटमा क्रिस्टोफले निर्णायक गोल गरेका हुन्। यस जितसँगै समूह 'सी' मा रहेका अष्ट्रियाले ३ खेलमा ६ अंक जोड्यो। र, समूहको उपविजेता बन्यो। अष्ट्रिया पहिलो पटक युरो कपको नकआउट चरणमा

अस्ट्रिया पहिलो पटक युरो कप फुटबलको नकआउट चरणमा

काठमाण्डाै - अस्ट्रिया युरो कप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा युक्रेनलाई १–० गोलले हराउँदै अस्ट्रिया अन्तिम १६ मा प्रवेश गरेको हो । उसका लागि बोम्गाटर्नले गोल गरे । समूह 'सी' मा रहेको अस्ट्रियाले पहिलो खेलमा नर्थ म्यासेडोनियालाई हराएको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्ससँग हारेको थियो । तर हिजो युक्रेनलाई जित्दै ६ अङ्कका साथ अस्ट्रिया अन्तिम १६ मा प्रवेश गरेको हो । युक्रेनको पनि उत्कृष्ट अन्तिम १६ मा पुग्ने आशा जीवितै छ तर त्यसको लागि समूह चरणका सबै खेलको नतिजा पर्खनुपर्छ ।

युरो कप फुटबल : इटलीले वेल्सलाई हरायो, दुवै नकआउट चरणमा प्रवेश

काठमाण्डाै - युरो कप फुटबलमा इटली समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति रोममा भएको समूह चरणको अन्तिम खेलमा वेल्सलाई १–० गोलले हराउँदै इटली नकआउट चरणमा प्रवेश गरेको हो । १० खेलाडीमा समेटिएको वेल्सलाई हराउन इटलीका माटियो पेसीनाले निर्णायक गोल गरे । उनले खेलको ३९ औं मिनेटमा गोल गरेका थिए ।  खेलको ५६ औं मिनेटमा इथान एम्पडुले रेड कार्ड पाएपछि वेल्स १० खेलाडीमा समेटिएको थियो । इटलीका फेड्रिको बेर्नार्डेस्चीलाई फल गरेपछि रेफ्रीले उनलाई रेड कार्ड देखाएका थिए  । इटलीले ३ खेलमा ९...

डेनमार्कलाई हराउँदै बेल्जियम नकआउट चरणमा

काठमाडौं : बेल्जियम युरो कप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। गएराति भएको खेलमा डेनमार्कलाई २–१ ले हराउँदै बेल्जियम अन्तिम १६ मा प्रवेश गरेको हो। खेलको दोस्रो मिनेटमै युसुफ पाउल्सनले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाए पनि  जितका लागि पर्याप्त भएन। पहिलो हाफमा १-० ले अगाडि रहेको डेनमार्क दोस्रो फाफमा दुई गोल खान पुग्यो। बेल्जियमका थोर्गन हजार्डले ५४ र केभिन डि ब्रुइनले ७० औं मिनेटमा गोल गरे । हिजोको हारसँगै अङ्कविहीन रहेको डेनमार्कको अघिल्लो चरणमा पुग्ने सम्भावना

नेदरल्याण्ड्स युरो कप फुटबलको अन्तिम १६ मा प्रवेश

काठमाण्डाै -नेदरल्याण्ड्स युरो कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको खेलमा अस्ट्रियालाई २–० गोलले हराउँदै नेदरल्याण्ड्स नकआउट चरणमा प्रवेश गरेको हो । नेदरल्याण्ड्सको जितमा ११ औं मिनेटमा मेम्फिस डिपेले पेनाल्टीमार्फत र डेञ्जल डुम्फ्रिजले ६७ औं मिनेटमा गोल गरे । समूह 'सी' को गएराति नै भएको अर्को खेलमा युक्रेनले नर्थ म्यासेडोनियालाई २–१ गोलले हराएको छ।  यो समूहमा नेदरल्याण्ड्सको ६ अङ्क रहेको छ भने युक्रेन र अस्ट्रियाको ३/३ अङ्क छ । अङ्कविहीन रहेको नर्थ म्यासेडोनिया लगभग बाहिरिएको ...

डेनमार्कलाई हराउँदै बेल्जियम युरो कपको नकआउट चरणमा प्रवेश

काठमाण्डाै -  बेल्जियम युरो कप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा डेनमार्कलाई २–१ गोलले हराउँदै बेल्जियमले अन्तिम १६ को यात्रा पक्का गरेको हो । खेलको दोस्रो मिनेटमै युसुफ पाउल्सनले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाए पनि  जितका लागि पर्याप्त भएन । बेल्जियमका थोर्गन हजार्डले ५४ र केभिन डि ब्रुइनले ७० औं मिनेटमा गोल गरे । हिजोको हारसँगै अङ्कविहीन रहेको डेनमार्कको अघिल्लो चरणमा पुग्ने सम्भावना लगभग सकिएको छ । समूह 'बी' मा बेल्जियमको ६ तथा रुस र फिनल्यान्डको ३/३ अङ्क रहे...

स्विजरल्यान्डलाई हराउँदै इटली युरो कपको नकआउट चरणमा

काठमाण्डाै - स्विजरल्यान्डलाई हराउँदै इटली युरो कप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। गएराति भएको समूह चरणको दोस्रो खेलमा स्विजरल्यान्डलाई ३–० गोलले पराजित गर्दै इटली नकआउट चरणमा प्रवेश गरेको हो । इटलीलाई जित दिलाउन म्यानुएल लोकाटेलीले दुई र सिरो इमोबाइलले एक गोल गरे ।  जितसँगै इटलीले लगातार १० खेलमा जित निकाल्न सफल भएको छ । ६ अङ्क जोड्दै इटली समूहको शीर्ष स्थानमा रहेको छ । समूहको तेस्रो स्थानमा रहेको स्विजरल्यान्डको यो पहिलो हार हो । स्विजरल्यान्डले दुई खेलमा एक अङ्क जोडेको छ ।