आगामी साउनपछि विद्युत् प्राधिकरणका कर्मचारीले स्वेच्छिक अवकास लिन नपाउने

नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरूले आगामी साउनपछि स्वेच्छिक अवकास लिन नपाउने भएका छन् । प्राधिकरणले स्वेच्छिक अवकास सम्बन्धी व्यवस्था खारेज गरेको छ । कुनै कर्मचारीले अहिले नै अवकास लिन चाहेमा आगामी असार मसान्तसम्म निवेदन दिइसक्नुपर्ने पनि प्राधिकरणले जनाएको छ ।

सम्बन्धित सामग्री

प्राधिकरणका २६ जना कर्मचारीले बैशाखमा अवकाश पाउँदै, को-को छन् ? (सूचीसहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणबाट २६ जना कर्मचारीले आगामी बैशाखमा अवकास पाउँदैछन् । कार्यालय सहयागी (तह १) देखि १० औं तहका कर्मचारीसम्मले अवकाश पाउने प्राधिकरणले जनाएको छ ।  संस्थागत योजना तथा अनुगमन विभागका प्रवन्धक सुरेन्द्र प्रसाद अग्रहरीसहित २६ जनाले अवकाश पाउँदैछन् । प्राधिकरणले पुष २८ को निर्णयअनुसार अवकाश हुने कर्मचारीको सूची सार्वजनिक गरेको छ ।

क्षेत्रीको अनिवार्य अवकाश कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

१ फागुन, काठमाडौं । सर्वोच्च अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक (डीजी) राजकुमार क्षेत्रीलाई प्राधिकरणले दिएको अनिवार्य अवकासको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । प्राधिकरणमा ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकास पाएका क्षेत्री आफ्नो नियुक्ति चार वर्षका लागि भएको भन्दै सर्वोच्च पुगेका थिए । सर्वोच्चले रिटमा माग भएको आदेश किन दिनु […]

विद्युत प्राधिकरणका कर्मचारीले अब स्वेच्छिक अवकास लिन नपाउने

नेपाल विद्युत प्राधिकरणका कर्मचारीले अब स्वेच्छिक अवकास लिन नपाउने भएका छन्। प्राधिकरण पुस २१ गते बसेको संचालक समितिको बैठकले कर्मचारी सेवा, शर्त विनियमावली, २०७५ को विनियम १०० मा भएको स्वेच्छिक अवकास सम्बन्धी व्यवस्था मिति २०७९ श्रावण १ गते देखि खारेज गर्ने निर्णय गरेको हो । यस संगै प्राधिकरणले विनियमावलीमा तोकिएको शर्त पुरा गरेका स्वेच्छिक अवकासका लागि इच्छुक कर्मचारीहरुले आवश्यक प्रकृया पुर्याई २०७९ आषाढ मसान्त भित्र जनसाधन विभागमा दर्ता हुने गरि आवेदन दिन आग्रह गरेको छ । उक्त मिति भित्र विभागमा दर्ता नभएका तथा २०७९ आषाढ मसान्त उप्रान्त लागु हुने गरी दिइएका निवेदन उपर कुनै कारवाही नहुने प्राधिकरणले जनाएको छ ।  बीस वर्ष वा सो भन्दा बढी स्थायी सेवा अवधि पुरा गरेका र स्वेच्छिक अवकाश पाउन आवेदन गरेको मितिबाट अनिवार्य अवकास पाउन एक वर्ष भन्दा बढी सेवा अवधि बाँकी रहेका कर्मचारीले स्वेच्छिक अवकाश लिन चाहेमा आफूले कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमति नलिएको र लिन आवेदन समेत नगरेको स्वःघोषणा सहित सम्बन्धित कार्यालय प्रमुख मार्फत् निवेदन दिन सक्ने ब्यबस्था थियो।  स्वेच्छिक अवकाश लिन चाहने कर्मचारीको सेवाको आवश्यकतालाई ध्यानमा राखी शैक्षिक योग्यताको प्रमाणपत्र छानविनमा नरहेको भए सहायक स्तरका कर्मचारीको स्वेच्छिक अवकाश मुख्य प्रशासकीय अधिकृतले र अधिकृत स्तरका कर्मचारीको स्वेच्छिक अवकाश समितिले स्वीकृत गर्न सक्ने ब्यबस्था थियो। स्वेच्छिक अवकाश पाउने कर्मचारीले एक वर्षको खाइपाई आएको तलव वरावरको रकम एकमुष्ट थप पाउने छन्।

राजकुमार क्षेत्री बने नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशक

काठमाडौं । नेपाल उड्डयन प्राधिकरणका महानिर्देशक पदबाट राजन पोख्रेलले राजीनामा दिएसँगै उपमहानिर्देशक राजकुमार क्षेत्री निमित्त महानिर्देशकमा नियुक्त भएका छन् । क्षेत्रीलाई निमित्त महानिर्देशकका रुपमा पर्यटन मन्त्रालयको सिफारिसमा महानिर्देशकले हिजै राती नियुत्ति गरेका हुन् । उनी पूर्ण महानिर्देशकमा नियुक्त हुनका लागि मन्त्रिपरिषद्को बैठकले निणर्य गर्नुपर्ने हुन्छ । क्षेत्रीले आगामी पुसमा अवकास पाउँदैछन् । प्राधिकरणको महानिर्देशकमा नियुक्त […]