काठमाडौं । नेपाल विद्युत प्राधिकरणबाट २६ जना कर्मचारीले आगामी बैशाखमा अवकास पाउँदैछन् । कार्यालय सहयागी (तह १) देखि १० औं तहका कर्मचारीसम्मले अवकाश पाउने प्राधिकरणले जनाएको छ । संस्थागत योजना तथा अनुगमन विभागका प्रवन्धक सुरेन्द्र प्रसाद अग्रहरीसहित २६ जनाले अवकाश पाउँदैछन् । प्राधिकरणले पुष २८ को निर्णयअनुसार अवकाश हुने कर्मचारीको सूची सार्वजनिक गरेको छ ।