प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच मर्जरको सम्झौता

काठमाडौँ – प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडबीच बिहीबार मर्जरमा जाने सम्झौतामा हस्ताक्षर भएको छ। काठमाडौँमा एक कार्यक्रमबीच प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट सञ्चालक समिति अध्यक्ष सुभाष अमात्य र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट सञ्चालक समिति अध्यक्ष मनोरञ्जन रमण शर्माले सो सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। दुवै कम्पनीको स्वाप रेसियो १ः१ अनुपातमा […]

सम्बन्धित सामग्री

प्रभु महालक्ष्मी लाइफको एकीकृत कारोबार सुरु

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको एकीकृत कारोबार सुरु भएको छ । नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले एकीकृत कारोबार सुरुवात गरेका हुन् । प्राधिकरणले जीवन बिमा कम्पनीको चुक्तापुँजी पाँच अर्ब पुर्‍याउने निर्देशन जारी गरेपछि २०७९ असार ३० गते प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडबीच मर्जर भएको हो । जेठ २६ गते साधारणसभाबाट […]

जीवन बीमा व्यवसाय : वैशाखमा चालू आवकै सबैभन्दा थोरै बीमा शुल्क आर्जन

काठमाडौं । वैशाखमा जीवन बीमा कम्पनीहरूले आर्जन गरेको बीमा शुल्क चालू आवकै सबैभन्दा कम रहेको छ । १० महीनाको अवधिमा असोजमा बाहेक हरेक महीना कम्तिमा १० अर्ब रुपैयाँभन्दा बढी बीमा शुल्क आर्जन गरेका कम्पनीहरूले वैशाखमा भने ९ अर्ब ३७ करोड रुपैयाँ मात्रै बीमा शुल्क आर्जन गरेका छन् । यो बीमा शुल्क पछिल्लो १० महीना यताकै सबैभन्दा कम हो । कम्पनीहरूले चैतमा ११ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेका कम्पनीले फागुनमा १० अर्ब ३३ करोड, माघमा ११ अर्ब ७३ करोड, पुसमा १२ अर्ब १३ करोड र मंसिरमा १३ अर्ब ५० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । त्यस्तै कात्तिकमा १० अर्ब २३ करोड, असोजमा ९ अर्ब ७३ करो८, भदौमा १० अर्ब ९० करोड र साउनमा १५ अर्ब ५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । साउनमा आर्जन गरेको बीमा शुल्क नै चालू आवको सबैभन्दा धेरै बीमा शुल्क हो । साउन पछि मंसिरमा आर्जन गरेको बीमा शुल्क चालू आवकै दोस्रो धेरै हो । किन घट्यो बीमा शुल्क आर्जन ? देशमा देखिएको आर्थिक सुस्तीको असर बीमा व्यवसायमा परेको बीमा कम्पनीहरूको भनाइ छ । आर्थिक मन्दीमा पहिलो आवश्यक्ता परिवारको आवश्यक्ता र त्यसपछि मात्रै अन्य कुरा पर्दा बीमा व्यवसाय निकै खुम्चिएको कम्पनीकोहरू दाबी छ । नेशनल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (CEO) सुरेश खत्री आर्थिक मन्दीकै कारण बीमा व्यवसाय खस्किएको बताउँछन् । 'बीमितहरूले बीमा पोलीसी नविकरण गर्न अहिले नसकिने बताइरहेका छन् । उनीहरूको पहिलो आवश्यक्ता परिवारको छाक टार्ने भएको छ।' खत्रीले भने, 'जीवन बीमा भनेको फोर्स सेभिङ हो, मन्दीको बेला यो प्राथमिकतामा परेको छैन ।' 'सहकारीको व्यवसाय राम्रो भएको बेलामा व्यवसायिक अभिकर्ताले सहकारी मार्फत बीमितको पोलीसी नविकरण गरिदिन्थे । अहिले सहकारीहरू पनि समस्यामा परेपछि अन्य विकल्पबाट नविकरण सम्भव भएन । त्यसैले बीमा व्यवसाय यो वर्षकै न्युत स्तरमा आएको हो ।' उनले भने । अहिले नयाँ पोलीसीको विक्री पनि घटेको र नविकरण पनि ठप्पै भएको कम्पनीहरूको भनाइ छ ।  महीना प्रथम बीमा शुल्क (रु लाखमा) नवीकरण बीमा शुल्क (रु लाखमा) बीमा शुल्क (रु लाखमा) साउन 22,033.45 128,540.40 150,573.86 भदौ 26,124.99 83,734.80 109,859.79 असोज 22,796.96 74,537.96 97,334.93 कात्तिक 20,217.15 82,129.66 102,346.81 मंसिर 21,536.38 113,510.41 135,046.79 पुस 29,070.30 92,288.07 121,358.37 माघ 22,792.46 94,601.25 117,393.71 फागुन  20,673.03 82,665.25 103,338.27 चैत 24,808.16 85,287.54 110,095.70 वैशाख 23,225.91 70,523.31 93,749.22                                                                                         स्रोत: नेपाल बीमा प्राधिकरण बीमा शुल्क घट्दा पनि बीमा संस्थान र सानीमा रिलायन्सको बीमा शुल्क बढ्यो चालू आर्थिक वर्षको चैत महीनाको तुलनामा वैशाख महीनामा राष्ट्रिय बीमा संस्थान र सानीमा रिलायन्सको व्यवासायमा मात्रै सुधार आएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको वैशाख महीनामा जीवन बीमा कम्पनीहरुले ९ अर्ब ३७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।  कम्पनीहरुले चैत महीनामा भने ११ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । चैत महीनाको तुलनामा वैशाखमा कम्पनीहरूको बीमा शुल्क १४ दशमलव ८५ प्रतिशतले घटेको छ ।  सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानको चैत महीनाको तुलनामा वैशाखमा बीमा शुल्क ३१ दशमलव ६० प्रतिशतले बढेको छ । प्राधिकरणका अनुसार चैत महीनामा ३६ करोड ३४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको संस्थानले वैशाखमा ४७ करोड ८३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।  त्यस्तै सानीमा रिलायन्सको चैत महीनाको तुलनामा वैशाखमा बीमा शुल्क ३७ दशमलव ७१ प्रतिशतले बढेको छ । प्राधिकरणका अनुसार चैत महीनामा २४ करोड ७२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको संस्थानले वैशाखमा ३४ करोड ०५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अन्य बीमा कम्पनीहरुको अवस्था के छ? बीमा कम्पनी चैत महीनाको बीमा शुल्क (रु लाखमा) वैशाख महीनाको बीमा शुल्क (रु लाखमा) फरक प्रतिशत राष्ट्रिय बीमा संस्थान 3634.54 4,783.09 31.60 नेशनल लाइफ इन्स्योरेन्स 11523.53 10,216.80 -11.34 नेपाल लाइफ इन्स्योरेन्स 28825.42 23,920.03 -17.02 लाइफ इन्स्योरेन्स कपोरेशन  14472.88 12,434.42 -14.08 मेट लाइफ 4862.5 3,973.08 -18.29 एशियन लाइफ इन्स्योरेन्स  6021.08 4,946.10 -17.85 गुरास लाइफ इन्स्योरेन्स* 2551.01 1,493.44 -41.46 प्राइम लाइफ इन्स्योरेन्स* 3762.42 1,865.62 -50.41 आइएमई लाइफ इन्स्योरेन्स 3638.44 2,794.56 -23.19 युनियन लाइफ इन्स्योरेन्स* 5777.86 4,744.84 -17.88 सन नेपाल लाइफ इन्स्योरेन्स 2901.21 2,635.70 -9.15 रिलायन्स लाइफ इन्स्योरेन्स* 499     रिलायबल नेपाल इन्स्योरेन्स 3838.25 2,639.83 -31.22 सिटिजन्स लाइफ इन्स्योरेन्स 4451.17 4,024.39 -9.59 सानीमा लाइफ इन्स्योरेन्स* 443.99     प्रभु लाइफ इन्स्योरेन्स 1547.58 1,364.69 -11.82 महालक्ष्मी लाइफ इन्स्योरेन्स 1679.62 1,266.56 -24.59 सुर्य ज्योती लाइफ इन्स्योरेन्स 7192.46 5,729.13 -20.35 सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स* २४७२.७५ 3,405.22 37.71 हिमालन लाइफ इन्स्योरेन्स*   1,511.73   जम्मा 110095.71 93,749.23 -14.85 स्रोत: नेपाल बीमा प्राधिकरण *सानिमा लाइफ र रिलायन्स लाइफ मर्जर अघि चैत ८ गते सम्म छुट्टाछुट्टै र मर्जर पछि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट व्यवसाय शुरु गरेको।  *गुराँस लाइफ, प्राइम लाइफ र युनियन लाइफले मर्जर अघि वैशाख २८ गते सम्म छुट्टाछुट्टै र मर्जर पछि हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट व्यवसाय शुरू गरेको ।

बीमा क्षेत्रमा चार मर्जर सफल, अझै १३ कम्पनी मर्जर प्रक्रियामा

काठमाडौं । हालसम्ममा चार इन्स्योरेन्स कम्पनीको मर्जर सफल भएको छ । निर्जीवन बीमा कम्पनीतर्फ सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनीको मर्जर प्रक्रिया सफल भएको हो । त्यस्तै जीवन बीमा कम्पनीतर्फ सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको मर्जर प्रक्रिया पनि सफल भएको छ ।  नेपाल बीमा प्राधिकरणले २०७८ चैत १० गते जीवन तथा निर्जीवन बीमा कम्पनीहरूलाई पूँजी बढाउन निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार २०७९ चैत मसान्तसम्म जीवन बीमा कम्पनीहरूले न्यूनतम रू. ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरूले रू. २ अर्ब ५० करोड चुक्तापूँजी पुर्‍याउनुपर्नेछ । नियामक निकाय नेपाल बीमा प्राधिकरणले मर्जरबाटै पूँजी बढाउन निर्देशन दिएसँगै बीमा कम्पनीहरू मर्जरमा गएर तोकिएको चुक्तापूँजी पुर्‍याउने तयारी गरिरहेका छन् । मर्जर सफल भएका चार कम्पनीमध्ये पनि केही कम्पनीको चुक्तापूँजी नेपाल बीमा प्राधिकरणले तोकेबमोजिम पुगेको छ भने केहीको अपुग देखिन्छ । निर्जीव बीमा कम्पनीतर्फ सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको पूँजी बीमा प्राधिकरणले तोकेबमोजिम पुगेको छ भने बाँकी दुई कम्पनीको अझै अपुग देखिन्छ । त्यस्तै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको पूँजी अपुग नै छ ।  हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनी एक आपसमा मर्ज भई साउन १ गतेदेखि हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार शुरू गरिसकेका छन् । एभरेष्ट इन्स्योरेन्सको १०० कित्ता शेयर बराबर हिमालयन जनरलको ८५ किता अर्थात् १ः०.८५ को स्वाप रेशियो कायम हुने गरी यी दुई कम्पनी मर्जरमा गएका हुन् । मर्जरपछि बनेको हिमालयन एभरेष्ट कम्पनीको चुक्तापूँजी रू. २ अर्ब २३ करोड रहेको छ । यसरी हेर्दा कम्पनीले बीमा प्राधिकरणले तोकेको चुक्तापूँजी अझै पुर्‍याएको छैन । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई २ दशमलव ७५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ३० करोड पुग्नेछ । बोनस शेयर वितरणपछि पनि कम्पनीको चुक्तापूँजी अझै रू. २० करोड अपुग रहेको छ ।  सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनीले फागुन १७ गतेदेखि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार शुरू गरेका छन् । यी दुई कम्पनी समान हैसियतमा मर्जरमा गएका हुन् । मर्जरपछि बनेको कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ८० करोडभन्दा माथि पुगेको छ ।   त्यस्तै सानिमा जनरल इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिई सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको नामबाट कात्तिक ७ गतेदेखि एकीकृत कारोबार शुरू गरेका हुन् । यी दुई कम्पनी पनि सामान हैसियत अर्थात् १ः१ अनुपातमा मर्जरमा गएका हुन् । मर्जरपछि बनेको कम्पनीको चुक्तापूँजी रू. २ अर्ब पुगेको छ । कम्पनीले बीमा प्रधिकरणले तोकेको पूँजी पुर्‍याउन अझै रू. ५० करोड अपुग रहेको छ ।  त्यस्तै जीवन बीमा कम्पनीतर्फ सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले पुस ७ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार शुरू गरेका छन् । सूर्या लाइफ इन्स्योरेन्सको १ कित्ता शेयर बराबर ज्योति लाइफको शून्य दशमलव ८२ कित्ता (१ः०.८२) अनुपातमा मर्जरमा गएका हुन् । यी दुई कम्पनी एक आपसमा गाभिएपछि बनेको कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ५४ करोड पुगेको छ । कम्पनीलाई बीमा प्राधिकरणले तोेकेको पूँजी पुर्‍याउन रू. ४६ करोड अपुग रहेको छ ।  हाल १३ ओटा इन्स्योरेन्स कम्पनी मर्जर प्रक्रियामा रहेका छन् । जसमध्ये ६ निर्जीवन र ७ जीवन बीमा कम्पनीहरू रहेका छन् ।  निर्जीवन बीमा कम्पनीतर्फ आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स र युनाईटेड इन्स्योरेन्स कम्पनीले मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । त्यस्तै जीवन बीमा कम्पनीतर्फ महालक्ष्मी लाइफ इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्स, सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स र तीन कम्पनी यूनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरिसकेका छन् । जीवन बीमा कम्पनीमध्ये रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले मर्जरमा जान नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृति पाएका छन् । बाँकी कम्पनीहरूले बीमा प्राधिकरणबाट स्वीकृति पाएपछि आवश्यक प्रक्रिया पूरा गरेर एकीकृत कारोबार शुरू गर्नेछन् ।

प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच मर्जर हुने

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडबीच मर्ज हुने भएका छन् । दुवै कम्पनीका प्रमुख मर्जरमा जान सम्झौता भएको हो । सम्झौतापत्रमा प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट सञ्चालक समिति अध्यक्ष सुभाष अमात्य र महालक्ष्मी लाइफ इन्स्योरेन्सका तर्फबाट सञ्चालक समिति अध्यक्ष मनोरञ्जन रमण शर्माले हस्ताक्षर गरेका छन् । दुवै...

प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच मर्जरको सम्झौता

प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच बिहीबार मर्जरमा जाने सहमति भएको छ । काठमाडौंमा एक कार्यक्रमका बीच प्रभुका तर्फबाट सञ्चालक समिति अध्यक्ष सुभाष अमात्य र महालक्ष्मीका तर्फबाट सञ्चालक समिति अध्यक्ष मनोरञ्जन रमण शर्माले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।  दुवै कम्पनीको स्वाप रेसियो १ः१ अनुपातमा एक आपसमा गाभिने छ भने मर्जर पछि कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड रहनेछ । मर्जर पछि सञ्चालक समितिको अध्यक्षमा हालका प्रभु लाइफ इन्स्योरेन्सका स

प्रभु लाइफ र महालक्ष्मी लाइफबीच भयो मर्जर सम्झौता, ५ अर्ब पुँजी कसरी पुर्‍याउला?

काठमाडौं। प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडबीच मर्जरमा जाने सम्झौतामा हस्ताक्षर भएको छ ।  काठमाडौंमा एक