ओलीको डरले एमसीसी टेबल गर्न यसरी सहमत भए प्रचण्ड–माधब

सत्ता साझेदार नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीको बोली र व्यवहारबीच तालमेल नहुँदा एमसीसी संसदमा टेबल भएरै छाड्यो । संसदमा सत्तापक्षकै सांसदको विरोध र सडकमा सत्ता पक्षीय दलकै भातृ संगठनहरुको नाराबाजी र प्रदर्शनकै बीचमा एसमसीसी सम्झौता अनुमोदनका लागि संसदमा टेबल भएको छ ।एमसीसीलाई नेपालको संसदमा टेबल हुन १० वर्ष लाग्यो । १० वर्षमा नेपालमा ८ वटा सरकार आए । सरकारै पिच्छे आ–आफ्ना अर्थमन्त्री आए । तर, सम्झौता अनुमोदनका लागि संसदमा दर्ता हुनु अगाडीसम्म कुनै गाईगुई सुनिएन ।३० असार २०७६ मा तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले एमसीसी अनुमोदनका लागि संसदमा दर्ता गरेका थिए । यो प्रक्रियाको विरोध तत्कालिन सत्ताको नेतृत्व गरिरहेको दल नेकपाले नै गर्यो । एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेकपाका प्रमुख सचेत देव गुरुङले संसद बैठकमा समय मागेर एमसीसीको विरोध गरे । जनार्दन शर्मा नक्कली बिरामी बन्नुपर्योतत्कालिन नेकपा भित्र केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शक्ति संघर्ष चुलिएका बेलादेखि एमसीसीलाई राजनीतिक एजेण्डा बनाईयो । तत्कालिन नेकपाभित्र एमसीसीको पक्ष र विपक्षमा नेताहरु विभाजित भए ।२८ मंसिर २०७६ बाट सुरु भएको तत्कालिन नेकपाको स्थायी कमिटी बैठकको एजेण्डा नै एमसीसी बन्यो । त्यो बैठकबाट भीम रावल, देव गुरुङ, जनार्दन शर्मा लगायतका नेताले एमसीसी सम्झौता अनुमोदन गरिए नेपालमा अमेरिकी सेना आउने भनेर गलत भाष्य निर्माण गरिदिए । त्यसपछि सर्वसाधारण जनता झस्किए ।२८ मंसिर २०७६ बाट सुरु भएको तत्कालिन नेकपाको स्थायी कमिटी बैठकमा २ पौष २०७६ मा जनार्दन शर्माले लिखित धारणा राख्दै एमसीसी सैन्य गठबन्धन अन्तर्गत छैन भन्ने पुष्टि गर्नुपर्ने र त्यसपछि मात्रै अनुमोदन हुनुपर्ने बताए । तर, देशमा उथलपुथल भएको राजनीतिले उनै शर्मालाई अर्थ मन्त्रालयको कुर्सीमा पुर्यायो ।आफैँले विरोध गरेको एमसीसी संसदमा टेबल गर्नुपर्ने भूमीकामा उनै जनार्दन शर्मा देखा परे । तर, अन्तिममा आएर उनी ‘नक्कली’ बिरामी बनेर संसद बैठकमै आएनन् । आफ्नो जिम्मेवारीबाट भागेर अर्थमन्त्री नक्कली बिरामी बनेर बसेपछि भदौ २०७४ सालमा एमसीसी सम्झौतामा नेपालको तर्फबाट हस्ताक्षर गरेका तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चार मन्त्रीका हैसियतमा अर्थमन्त्री शर्माको तर्फबाट एमसीसी संसदमा प्रस्तुत गरे ।प्रधानमन्त्री बन्नु अघि प्रचण्डसामु देउवाको त्यो सर्ततत्कालिन नेकपाभित्रको शक्ति संघर्षले सर्वोच्चबाट नेकपा २ टुक्रा मात्रै भएन, एमालेको माधब नेपाल समूहले नयाँ पार्टी नै बनायो । पार्टी भित्रकै प्रचण्ड–माधब नेपालको समूहले काम गर्न नदिएपछि  तत्कालीन प्रधानमन्त्री ओलीले ५ पौष २०७७ मा प्रतिनिधिसभा भंग गरिदिएपछि प्रचण्ड र माधब नेपाल काँग्रेससँग नजिक भए ।प्रचण्ड र माधबको लामो प्रयासमा देउवा गठबन्धन गर्न र आफू प्रधानमन्त्री बन्न राजी भएका थिए । तर, त्यतिबेला देउवाले आफू प्रधानमन्त्री भए एमसीसी कार्यान्वयन गर्नैपर्ने सर्त प्रचण्ड–नेपालका सामू राखेका थिए ।‘तपाईंहरुले एमसीसी संसदबाट पास गराउन आफ्नै पार्टीको नेतृत्वको सरकारलाई त सहयोग गर्नुभएन, अहिलेको यो अवस्था आयो’ देउवाले त्यतिबेला भनेका थिए, ‘मलाई प्रधानमन्त्रीका रुपमा समर्थन गर्नुहुन्छ भने एमसीसी पास गराउनुपर्छ, म प्रधानमन्त्री बनेपछि एमसीसी कार्यान्वयन गर्नैपर्छ ।’बैशाख २०७८ मा काँग्रेसका वालकृष्ण खाँण र माओवादीका वर्षमान पुनले एमसीसी पेश गर्नुअघि संसदमा संकल्प प्रस्ताव पारित गर्ने र त्यसपछि एमसीसी अनुमोदन गर्ने प्रस्ताव तयार पारे । यसमा देउवा र प्रचण्ड सहमत भए । देउवाको सर्तमा प्रचण्ड मन्जुर भएपछि अहिलेको सत्ता गठबन्धन सम्भव भएको थियो । ओली सत्तामा फर्किने डरमाओवादी अध्यक्ष प्रचण्डले ‘ढुलमुले’ प्रवृत्ति देखाएपछि देउवा रुष्ट बने । स्थानीय तहको निर्वाचनको मिति पनि देउवाले पेलेरै तोकेका थिए ।एमसीसीका सम्बन्धमा प्रचण्डसँग विश्वस्त हुन नसकेपछि देउवाले ओलीसँग छलफल अघि बढाए । ओली अहिलेको सत्ता गठबन्धन टुटोस् भन्ने चाहन्छन् । देउवा र उनको पार्टी काँग्रेस पनि गठबन्धनमा खुशी छैन । यहीँ गठबन्धन लिएर चुनावमा जाने पक्षमा काँग्रेस छैन ।त्यसैले एमसीसी पास गराउन एमालेले सहयोग गर्ने बचन दिएको खण्डमा गठबन्धन तोड्न देउवा राजी जस्तै देखिए । तर, एमसीसीकै कारण सत्ता गठबन्धन टुक्रिए एमाले अध्यक्ष ओली फेरि सत्तामा फर्किने डर प्रचण्ड र माधवलाई भयो ।प्रचण्ड र माधबले देउवासँग शुक्रबार छलफल गरेर गठबन्धन कायमै राखेर संसदमा एमसीसी टेबल गर्न दिने सहमति गरे ।‘एमसीसी पारित हुनु र गठबन्धन टुट्नुमध्ये गठबन्धन टुट्नु चाहिँ देशका लागि घातक हुन्छ भन्ने निष्कर्ष निकालेरै हामीले संसदमा एमसीसी टेबल गर्न दिने सहमति गरेका हौँ’ नेकपा समाजवादीका एक नेता भन्छन्, ‘हामीले यो सहमति नदिएको भए देउवा जी त ओलीसँग मिल्नुहुन्थ्यो, ओलीसँग देउवा मिल्नुभन्दा बरु एमसीसी यहीँ गठबन्धले टेबल गरौँ भन्ने कुरा भयो ।’१४ सांसदमाथि कारबाही हुने भयओली र देउवाबीच निरन्तरको संवादले प्रचण्ड र माधब झस्किएका थिए । देउवा ओलीसँग मिलेको अवस्थामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव उल्टिने र सभामुख अग्नि सापकोटालाई हटाउन सक्ने भयले प्रचण्ड र माधब एमसीसी टेबल गर्न दिन सहमत भएका हुन् ।‘यदि अग्नि सापकोटा सभामुखबाट हटाईएको खण्डमा एमालेले कारबाही गरेका १४ सांसदको पद जाने जोखिम पनि प्रचण्ड माधबले देखेका थिए । यस्तो अवस्थामा माधब नेपालको एकीकृत समाजवादी पार्टी नै नरहन सक्थ्यो’ एक जना विश्लेषक भन्छन्, ‘१० सांसदले त पार्टी बन्दैन, पार्टी विभाजनलाई सजिलो बनाउने गरी पहिला जारी भएको अध्यादेश अनुसार पनि एमालेका १२१ सांसदको २० प्रतिशत पुर्याउन २४ सांसद चाहियो, १० सांसद २० प्रतिशत होइन । त्यहीँ पनि त्यो अध्यादेश निष्कृय भईसक्यो ।’मूलतः माधबको पार्टी जोगाउने र चुनावमा काँग्रेसको हात समातेर माओवादी र एकिकृत समाजवादीको अस्तित्व कायम राख्ने गरी एमसीसी संसदमा टेबल भएको ती विश्लेषकको दाबी छ ।

सम्बन्धित सामग्री

ओली सत्तामा फर्किने भयले एमसीसी टेबल गर्न राजी भए प्रचण्ड र नेपाल

ओली र देउवा मिल्दा प्रधानन्यायाधीशविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव उल्टिने मात्र होइन, सभामुखलाई हटाउने खेल हुन्थ्यो । सभामुख फेरिँदा एकीकृत समाजवादीका १४ सांसदको पद जान सक्थ्यो । यसले धेरै नोक्सान आफैंलाई हुने देखेपछि प्रचण्ड र माधव नेपाल एमसीसी संसदमा टेबल गर्न सहमत भए ।

जसपा पनि एमसीसीको पक्षमा !

जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य राजकिशोर यादवले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रति आफ्नो पार्टीको पनि समर्थन रहेको जिकिर गरेका छन् । संसद बैठकपछि रातोपाटीसँग कुरा गर्दै नेता यादवले टेबल गर्नका लागि पार्टी सहमत हुनु भनेको नै एमसीसीप्रति समर्थन जनाउनु रहेको बताए । उनले भने, ‘संसदमा एमसीसी टेबल गर्नका लागि जसपाले समर्थन जनाएको हो, अब त्यसलाई पास गराउन पनि सहयोग गर्नुपर्छ ।’ एमसीसी नेपालको हितमा रहेको र नेपालमा हुने विकासलाई कसैले पनि अवरुद्ध गर्न नहुने तर्क गर्दै

एमसीसी संसदमा टेबल गर्न गठबन्धन सहमत, आजै टेबल हुने

काठमाडौं : सत्तारुढ पाँच दलीय गठबन्धनले अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता संसद्मा टेबल गर्ने सहमति गरेको छ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको गठबन्धनको बैठकमा एमसीसी टेबल गर्ने सहमति भएको नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जनाकारी दिए। आज बसेको गठबन्धनको बैठकपछि पत्रकारसँग कुरा गर्दै कार्कीले भने ‘गठबन्धनमा सहमति भएको छ। आज संसद्‌ एमसीसी टेबल हुन्छ।’एमसीसीका विषयमा गठबन्धनको बैठकमा पाँचै पार्टीका नेताहरूले आ–आफ्नो धारणा राखेका थिए। उनीह

भोलीको संसद बैठकमा एमसीसी टेबल गर्न प्रचण्ड–माधब सहमत

माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी एमसीसी संसदमा टेबल गर्न सहमत भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाकोको प्रयास र अमेरिकाको दबाबपछि गठबन्धन जोगाउने गरी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल एमसीसी सम्झौता संसदमा टेबल गर्न सहमत भएका हुन् । सत्ता गठबन्धनका एक नेताका अनुसार प्रचण्ड र माधव नेपाल एमसीसी संसदमा टेबल गर्न सहमत भएसँगै आइतबारको संसद बैठकमा एमसीसी टेबल हुनेछ । यसबारे अन्तिम निर्णय भने आइतबारको संसद बैठकअघि बस्ने सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले गर्नेछ । शनिबार बसेको एकीकृत समाजवादीको पोलिटब्युरो बैठकले पनि एमसीसी संसदमा टेबल गर्नुपर्ने निष्कर्ष निकालेको थियो । अमेरिकाले  १६ फागुन (२८ फेब्रुअरी) भित्र संसदबाट एमसीसी अनुमोदन नभए फिर्ता हुनसक्ने भन्दै बताउँदै आएको छ ।

एमसीसीको सकस : प्रचण्डभन्दा माधव नेपाल लचक !

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को ‘लफडा’ थप दुई दिन लम्बिएको छ । सत्तारुढ दलका नेताहरुबीच बिहीबार र शुक्रबार भएका छुट्टाछुट्टै छलफलमा आगामी आइतबारको संसद बैठकमा एमसीसी टेबल गर्न र त्यसबेलासम्म दलहरुबीचको वार्ता र संवादलाई पनि निरन्तरता दिँदै निकासको बाटो पहिल्याउन नेताहरु सहमत भएका हुन् । सत्तारुढ दलबीच आइतबार बिहान पुनः छलफल गरी सोही दिन एमसीसी टेबल हुने गठबन्धनका नेताहरुको भनाइ छ ।त्यसअघि फागुन ७ गते शनिबार सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको स्थायी कम

संसदमा आज पनि एमसीसी टेबल नहुने

शुक्रबार बिहान बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी टेबल नगर्न सहमत भएका हुन् ।

आजको बैठकमा एमसीसी पेश नगर्ने गठबन्धनमा सहमति, अर्को बैठक ८ गते

सत्ता गठबन्धनका शीर्ष नेताको छलफल सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान भएको शीर्ष नेताको छलफलमा आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्ने सहमति भएको छ । बालुवाटारको छलफलपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आठ गते अर्को बैठक बस्ने सहमति भएको जानकारी दिए । उनले भने, ‘अर्को बैठक फागुन ८ गते बस्ने सल्लाह भयो । प्रधानमन्त्रीले आजै एमसीसी टेबल गर्नुपर्छ भन्नुभयो तर हामीले आठ गतेसम्म कुर्न आग्रह गर्यौ । त्यसमा उहाँ सहमत हुनुभयो ।’

एमसीसीमा सहमति नजुटेपछि गठबन्धन धरापमा

काठमाडौं, ५ फागुन । एमसीसी टेबल गर्ने वातावरणको प्रयास गरेपनि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहमत नहुँदा सत्ता गठबन्धनको बैठक विना निष्कर्ष टुंगिएको छ । आज बसेको बैठकमा दलहरु आ आफ्नो अडानमा बसेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी टेबल गरेर टुंगोमा जान आग्रह गरेपनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुरानै अडान दोहोराएको […]

अन्ततः एमसीसी टेबल गर्नबाट ‘ब्याक’ भए देउवा

सत्ता गठबन्धन नै भत्किने खतरा उत्पन्न भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी टेबल गर्ने तयारीबाट अन्ततः ब्याक भएका छन् । बुधबार एमसीसी टेबल नगर्न आग्रह गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवासँग बालुवाटारमा भेट गरेपछि देउवा आजको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्न सहमत भएका हुन् ।    सत्ता साझेदार दल माओवादी केन्द्रको बुधबार बसेको संसदीय दलको बैठकले संशोधन बिना एमसीसी पारित हुन नसक्ने निर्णय गरेको थियो ।  जबरजस्ती एमसीसी टेबुल गरिए सरकारबाटै बाहिरिने माओवादीले न

सभामुख एमसीसी टेबल गराउन यसरी सहमत भए

काठमाडौं, ३ फागुन । केही हप्ता अघि मात्र सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी टेबल नगराउने संकेत गर्दै कडा टिप्पणी गरेका थिए । उनले गृहजिल्ला काभ्रे पुगेर आफूले मनपरी हुन नदिने बताए । यसै हप्ता उनको बोली लचिलो भयो । दलहरु निर्णायक रहेको र आफू अम्पायर मात्र हुँ भने । उनले एमसीसी टेबल गर्ने संकेत गर्दै दलहरुले […]