ओली सत्तामा फर्किने भयले एमसीसी टेबल गर्न राजी भए प्रचण्ड र नेपाल

ओली र देउवा मिल्दा प्रधानन्यायाधीशविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव उल्टिने मात्र होइन, सभामुखलाई हटाउने खेल हुन्थ्यो । सभामुख फेरिँदा एकीकृत समाजवादीका १४ सांसदको पद जान सक्थ्यो । यसले धेरै नोक्सान आफैंलाई हुने देखेपछि प्रचण्ड र माधव नेपाल एमसीसी संसदमा टेबल गर्न सहमत भए ।

सम्बन्धित सामग्री

मोहन वैद्यले प्रचण्डलाई भने –एमसीसी राष्ट्रघाती छ, पास नगर्नुस्

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ बीच एमसीसीबारे छलफल भएको छ ।  ‘प्रचण्ड’ निवास खुमलटारमा मंगलबार बिहान भएको छलफलमा महासचिव वैद्यले एमसीसी सम्झौताका राष्ट्रघाती बुँदा संशोधन नगरी संसदमा टेबल गरेकोमा जिज्ञासा राखेका थिए । जवाफमा अध्यक्ष प्रचण्डले गठबन्धनमा सहमति भएर नै एमसीसी टेबल गरेको बताएका थिए । ‘एमसीसी र त्यससँग जोडिएका विषयमा कुराकानी भयो । उहाँ