अत्यावश्यक वस्तुमा उपभोक्ता ठगिन नदिन अनुगमन तीव्र : वाणिज्य विभाग

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अत्यावश्यक वस्तुमा उपभोक्ता ठगिन नदिन अनुगमन तीव्र पारेको दाबी गरेको छ । कालोबजारी, कृत्रिम अभाव र मूल्यवृद्धि नियन्त्रणमा राख्नेगरी बजार अनुगमन गरिएको भन्दै विभागले सीमित स्रोत र साधनका बाबजुद पनि कामलाई तीव्रता दिएको दाबी गरेको हो । ठूला चाडपर्व र दैनिक बजारमा हुने कारोबारमा उपभोक्ता नठगिउन् […]

सम्बन्धित सामग्री

चाडपर्वलक्षित बजार अनुगमन तीव्र बनाउँदै वाणिज्य विभाग

वाणिज्य आपूर्ति उपभोक्ता संरक्षण विभागले चाडपर्वलक्षित बजार अनुगमनलाई तीव्र बनाउने भएको छ । नजिकिँदै गरेका चाडपर्वमा हुन सक्ने कालोबजारी रोक्नका लागि स्थानीय तहसँग सहकार्य गरेर अनुगमनलाई तीव्र बनाउने तयारी गरिएको वाणिज्य...

जनशक्ति नहुँदा बजार अनुगमन प्रभावकारी बनाउन सकिएन : वाणिज्य विभाग

काठमाडौँ : बजार अनुगमनका लागि कर्मचारी अभाव भएको गुनासो वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको छ ।विभागमा आज आयोजित भेटघाटका क्रमका महानिर्देशक गजेन्द्रकुमार ठाकुरले विभागको दैनिक कार्य सञ्चालनकै लागि कर्मचारी अभाव रहेको र बजार अनुगमनको कामसमेत प्रभावकारी हुन नसकेको बताए।“विभागका कार्यलयभित्रकै काम गर्नका लागि पर्याप्त कर्मचारी छैनन् । सूचना प्रविधि (आइटी) शाखामा अहिले कर्मचारी नै छैनन् । बजार अनुगमनमा खटिने कर्मचारीको पनि अभाव छ”, उनले भने, “अब चाँडबाड नजिकिँ

सिल गरिएको गोदामबाटै २७७ बोरा तिल र १५८ बोरा गहुँ गायब

२१ कात्तिक, काठमाडौं । ३० असोजमा वाणिज्य विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलगायतका निकायले कुलेश्वरको अभिषेक ट्रेडर्समा छापा मार्दा म्याद गुज्रिएको तिल, नरिवल, गहुँ फेला पार्‍यो । विभागले त्यसै दिन सार्वजनिक गरेको दैनिक अनुगमन प्रतिवेदनमा म्याद गुज्रिएको र अधिकतम खुद्रा बिक्री मूल्य स्पष्ट नभएको १८ बोरा नरिवल, ३१७ बोरा तिल, १५८ बोरा गहुँ फेला […]

चाडवाडको मुखमा नेतृत्वविहीन बन्यो वाणिज्य विभाग, अलपत्र बन्यो बजार अनुगमन

सबैभन्दा धेरै कालोबजारी र कृत्रिम अभाव सिर्जना हुने समयमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग नेतृत्वविहीन बनेको छ । बजारमा हुने कालोबजारी, उपभोक्ता ठगी र कृत्रिम अभावमाथि प्रत्यक्ष निगरानी राख्ने निकायको रुपमा रहेको विभाग नेतृत्वविहिन हुँदा चाडबाडको मुखमा बजार अनुगमनको काम अलपत्र बनेको छ ।सरकारले दशैं तिहार जस्ता नेपालीका ठूला चाडपर्वको मुखमा विभागलाई नेतृत्व विहिन बनाएको छ । महानिर्देशक लिलाप्रसाद शर्मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रशासन शाखामा सरूवा भएपछि विभाग नेतृत्वविह

बजार अनुगमन बढाउने समयमै वाणिज्य विभाग नेतृत्वविहीन

१७ भदौ, काठमाडौं । बजार अनुगमनको केन्द्रीय निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग नेतृत्वविहीन भएको छ । ठूला चाड पर्वको मुखैमा बजार अनुगमन तीव्र बनाउनु पर्ने समयमा सरकारले भने अनुगमनकारी निकाय नै कमजोर बनाएको हो । विभागका महानिर्देशक लिलाप्रसाद शर्मालाई मन्त्रालयले बिहीबार सरुवा गरेको मन्त्रालय स्रोतले बतायो । शर्मा मन्त्रालयको प्रशासन शाखामा सरुवा भएका […]

वाणिज्य विभागले एकैसाथ थाल्यो देशव्यापी अनुगमन, एकै दिन ३४ कम्पनीलाई कारबाही

वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले एकसाथ देशव्यापी बजार अनुगमन सुरु गरेको छ । विभागले तीन सरकारको माध्यमबाट देशव्यापी अनुगमन थालेको हो । बजार अनुगमनमा वाणिज्य विभाग, प्रदेश सरकारका विभाग र स्थानीय तह र ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत अनुगमन सुरु गरिएको विभागले बताएको छ । विभागका महानिर्देशक लीलाप्रसाद शर्माले एकै दिन देशैभरका ७१ वटा कम्पनीलाई कारबाही गरेको बताए । यसक्रममा विभागले २५ वटा फर्मको अनुगमन गर्दै ९ वटालाई कारबाही गरेको छ । यस्तै, प्रदेश १ को वाणिज्य आपूर्ति तथा उपभोक्

वाणिज्य विभाग एक महिनादेखि प्रमुखविहीन

बजारमा अस्वाभाविक मूल्य वृद्धिबजार अनुगमनको जिम्मेवारी पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग एक महिनादेखि प्रमुखविहीन भएको छ ।तत्कालीन महानिर्देशक प्रकाश पौडेल सरुवा भएसँगै नयाँ महानिर्देशक नियुक्त नभएकाले एक महिनादेखि विभाग प्रमुखविहीन भएको हो । असोज १६ गते तत्कालिन महानिर्देशकको सरुवा भएपछि अहिलेसम्म नयाँ महानिर्देशक नियुक्त नहुँदा बजार अनुगमन र कारबाहीको काम ठप्प अवस्थामा […]

वाणिज्य विभाग तीन सातादेखि नेतृत्वविहीन

४ कात्तिक, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग तीन साता देखि नेतृत्वविहीन बनेको छ । तत्कालिन विभागको नेतृत्वमा रहेका महानिर्देशक प्रकाश पौडेल असोज १३ गते सरुवा भएका थिए । सोही दिन मन्त्रालयले विभागको अनुगमन शाखा प्रमुख निर्देशक शिवराज सेढाईंको पनि सरुवा गरेको थियो । त्यसयता ती दुवै पद निमित्तको भरमा छ । विभाग […]

चाडपर्वमा चिनीको अभाव हुँदैन :  वाणिज्य विभाग

असोज १, काठमाडौं । नजिकिंदो दशैं तथा तिहारमा चिनीको अभाव हुने चर्चा परिचर्चा चलिरहेकै बेला भन्सार विभागले पर्वमा अभाव नहुने बरु मौज्दात रहेको बताएको छ ।   भन्सार विभागले चालू आर्थिक वर्षको पहिलो महीनमा भारतबाट मात्रै १ लाख ६३ हजार किलो चिनी आयात भएको बताएको छ । अवको करीब एक महीनापछि दशैं र त्यसपछि दिपावली तथा छटपर्व पर्दछ ।  ती पर्वमा चिनीको अत्याधिक खपत हुने गर्दछ । भन्सार विभागमा अभिलेख गरिएको  उक्त तथ्यांकलाई आधार मान्ने हो भने पनि नजिकिंदो पर्वमा चिनीको अभाव नहुने पुष्टि हुन्छ ।  यसैबीच वाणिज्य तथा आपूर्ति विभागले चिनी पर्याप्त भएकाले उपभोक्तालाई आवश्यक भन्दा बढी चिनी घरमा थुपारेर नराख्न भनेको छ । चिनी उत्पादक संघका अनुसार नेपालमा उद्योग र उपभोक्ताको दुवै गरी वार्षिक २ लाख ५० हजार मेट्रिक टन चिनी खपत हुने गरेको छ ।  व्यापारीहरू पसल तथा गोदाममा तीन महीनासम्म पुग्ने चिनी मौज्दात रहेको बताएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता शिवराज सेढाईंले बताए ।  बजारमा चिनी प्रतिकिलो ८५ देखि ९० रूपैयाँमा विक्री भइरहेको छ भने साल्ट ट्रेडिङको सहुलियत पसलमा प्रतिकिलो ७९ रूपैयाँले विक्री भइरहेको छ । खुद्रा बजारमा भने चिनीको मूल्य प्रतिकिलो ८५ रुपैयाँको हाराहारीमा विक्री भइरहेको छ ।  नजिकिदो पर्वसँगै  वाणिज्य तथा आपूर्ति विभाग, प्रहरी, स्थानीय निकायले चाडपर्वलाई  ध्यानमा राख्दै संयुक्त अनुगमन गर्ने हो भने खुद्रा बजारमा पनि चिनीको साविककै मूल्यमा पाइने उपभोक्ताहरुको भनाइ छ ।