चाडपर्वमा चिनीको अभाव हुँदैन :  वाणिज्य विभाग

असोज १, काठमाडौं । नजिकिंदो दशैं तथा तिहारमा चिनीको अभाव हुने चर्चा परिचर्चा चलिरहेकै बेला भन्सार विभागले पर्वमा अभाव नहुने बरु मौज्दात रहेको बताएको छ ।   भन्सार विभागले चालू आर्थिक वर्षको पहिलो महीनमा भारतबाट मात्रै १ लाख ६३ हजार किलो चिनी आयात भएको बताएको छ । अवको करीब एक महीनापछि दशैं र त्यसपछि दिपावली तथा छटपर्व पर्दछ ।  ती पर्वमा चिनीको अत्याधिक खपत हुने गर्दछ । भन्सार विभागमा अभिलेख गरिएको  उक्त तथ्यांकलाई आधार मान्ने हो भने पनि नजिकिंदो पर्वमा चिनीको अभाव नहुने पुष्टि हुन्छ ।  यसैबीच वाणिज्य तथा आपूर्ति विभागले चिनी पर्याप्त भएकाले उपभोक्तालाई आवश्यक भन्दा बढी चिनी घरमा थुपारेर नराख्न भनेको छ । चिनी उत्पादक संघका अनुसार नेपालमा उद्योग र उपभोक्ताको दुवै गरी वार्षिक २ लाख ५० हजार मेट्रिक टन चिनी खपत हुने गरेको छ ।  व्यापारीहरू पसल तथा गोदाममा तीन महीनासम्म पुग्ने चिनी मौज्दात रहेको बताएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता शिवराज सेढाईंले बताए ।  बजारमा चिनी प्रतिकिलो ८५ देखि ९० रूपैयाँमा विक्री भइरहेको छ भने साल्ट ट्रेडिङको सहुलियत पसलमा प्रतिकिलो ७९ रूपैयाँले विक्री भइरहेको छ । खुद्रा बजारमा भने चिनीको मूल्य प्रतिकिलो ८५ रुपैयाँको हाराहारीमा विक्री भइरहेको छ ।  नजिकिदो पर्वसँगै  वाणिज्य तथा आपूर्ति विभाग, प्रहरी, स्थानीय निकायले चाडपर्वलाई  ध्यानमा राख्दै संयुक्त अनुगमन गर्ने हो भने खुद्रा बजारमा पनि चिनीको साविककै मूल्यमा पाइने उपभोक्ताहरुको भनाइ छ ।  

सम्बन्धित सामग्री

चाडपर्वलक्षित बजार अनुगमन तीव्र बनाउँदै वाणिज्य विभाग

वाणिज्य आपूर्ति उपभोक्ता संरक्षण विभागले चाडपर्वलक्षित बजार अनुगमनलाई तीव्र बनाउने भएको छ । नजिकिँदै गरेका चाडपर्वमा हुन सक्ने कालोबजारी रोक्नका लागि स्थानीय तहसँग सहकार्य गरेर अनुगमनलाई तीव्र बनाउने तयारी गरिएको वाणिज्य...

जनशक्ति नहुँदा बजार अनुगमन प्रभावकारी बनाउन सकिएन : वाणिज्य विभाग

काठमाडौँ : बजार अनुगमनका लागि कर्मचारी अभाव भएको गुनासो वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको छ ।विभागमा आज आयोजित भेटघाटका क्रमका महानिर्देशक गजेन्द्रकुमार ठाकुरले विभागको दैनिक कार्य सञ्चालनकै लागि कर्मचारी अभाव रहेको र बजार अनुगमनको कामसमेत प्रभावकारी हुन नसकेको बताए।“विभागका कार्यलयभित्रकै काम गर्नका लागि पर्याप्त कर्मचारी छैनन् । सूचना प्रविधि (आइटी) शाखामा अहिले कर्मचारी नै छैनन् । बजार अनुगमनमा खटिने कर्मचारीको पनि अभाव छ”, उनले भने, “अब चाँडबाड नजिकिँ

खाने तेल नेपालतर्फ तस्करी भइरहेको छ : वाणिज्य विभाग

१४ जेठ, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपालमा खाने तेल तस्करी भएको जनाएको छ । विभागले एक सूचना जारी गर्दै कुन देशबाट तेल तस्करी भएको हो भन्ने नखुलाई तस्करीको तेल भएको र यस्ता कार्यलाई प्रोत्साहन नर्गन उद्योगी व्यवपारीहरुलाई आग्रह गरेको हो । विभागले खाने तेलको अवैध रुपमा आयात गरी कारोबार गरेको पाइएमा […]

बजार अनुगमन बढाउने समयमै वाणिज्य विभाग नेतृत्वविहीन

१७ भदौ, काठमाडौं । बजार अनुगमनको केन्द्रीय निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग नेतृत्वविहीन भएको छ । ठूला चाड पर्वको मुखैमा बजार अनुगमन तीव्र बनाउनु पर्ने समयमा सरकारले भने अनुगमनकारी निकाय नै कमजोर बनाएको हो । विभागका महानिर्देशक लिलाप्रसाद शर्मालाई मन्त्रालयले बिहीबार सरुवा गरेको मन्त्रालय स्रोतले बतायो । शर्मा मन्त्रालयको प्रशासन शाखामा सरुवा भएका […]

एमालेको उद्योग वाणिज्य विभाग दुगड र प्रसाइँको काँधमा

नेकपा एमालेले पार्टीका नेताहरुको कार्यविभाजन गर्दा उद्योग, वाणिज्य तथा आपुर्ति विभागमा पनि नेतृत्व टुंग्याएको छ । एमालेले १० औँ राष्ट्रिय महाधिवेशनपछि पहिलो अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्दै उद्योग, वाणिज्य तथा आपुर्ति विभागको प्रमुख र उपप्रमुख टुंगो लगाएको हो ।एमालेले यो विभागको प्रमुख र उपप्रमुखको जिम्मेवारी चर्चित उद्योगी र व्यापारीलाई दिएको छ । विभागको प्रमुखमा उद्योगी मतिलाल दुगड छन् भने उपप्रमुखमा मेडिकल व्यवसायी दुर्गा प्रसाइँ रहेका छन् । प्रमुख रहेका दुगड केपी ओली प्रधानमन्त्री हुँदा उद्योग राज्यमन्त्री बनेका थिए । पछि शक्ति सन्तुलनमा उद्योग मन्त्रालयको जिम्मेवारी आफूलाई साथ दिएका लेखराज भट्टलाई दिएर ओलीले दुगडलाई आफ्नो प्रमुख आर्थिक सल्लाहकार बनाएका थिए । उपप्रमुख प्रसाइँ भने आइतबार मात्रै सकिएको एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकबाट केन्द्रीय सदस्यमा मनोनित भएका व्यवसायी हुन् । उनी झापाको बि.एण्ड.सी. मेडिकल कलेजका सञ्चालक हुन् । नेकपा एकताको समयमा ओली र प्रचण्डलाई एकै ठाउँमा राखेर मार्सी चामलको खाना खुवाएको तस्बिर बाहिरिएपछि प्रसाइँ ‘भाइरल’ बनेका थिए ।

वाणिज्य विभाग एक महिनादेखि प्रमुखविहीन

बजारमा अस्वाभाविक मूल्य वृद्धिबजार अनुगमनको जिम्मेवारी पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग एक महिनादेखि प्रमुखविहीन भएको छ ।तत्कालीन महानिर्देशक प्रकाश पौडेल सरुवा भएसँगै नयाँ महानिर्देशक नियुक्त नभएकाले एक महिनादेखि विभाग प्रमुखविहीन भएको हो । असोज १६ गते तत्कालिन महानिर्देशकको सरुवा भएपछि अहिलेसम्म नयाँ महानिर्देशक नियुक्त नहुँदा बजार अनुगमन र कारबाहीको काम ठप्प अवस्थामा […]

वाणिज्यका कर्मचारी व्यापारी र एजेन्टका ब्रोकरहरू !

वाणिज्य विभागका अधिकृतहरू नै व्यापारीका एजेन्टवाणिज्य विभागमा आउन कर्मचारीहरू मरिहत्ते गर्छन् । निजामती प्रशासनमा वाणिज्य विभाग आकर्षक मध्येका कार्यलयहरुमा पर्छ । कुनै वेला दोस्रो भन्सार उपनामले पनि चिनिने वाणिज्य विभाग आउन मन्त्री र सचिव भन्दा तलको पावर चल्दैन । केही पावर ट्रेड युनियनका कर्मचारीको हुन्छ भन्छन् तर विभाग आएपछि यसको माहौल फरक देखिने कर्मचारीहरू बताउँछन् […]

वाणिज्य विभाग तीन सातादेखि नेतृत्वविहीन

४ कात्तिक, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग तीन साता देखि नेतृत्वविहीन बनेको छ । तत्कालिन विभागको नेतृत्वमा रहेका महानिर्देशक प्रकाश पौडेल असोज १३ गते सरुवा भएका थिए । सोही दिन मन्त्रालयले विभागको अनुगमन शाखा प्रमुख निर्देशक शिवराज सेढाईंको पनि सरुवा गरेको थियो । त्यसयता ती दुवै पद निमित्तको भरमा छ । विभाग […]

वाणिज्य विभाग भन्छ- बजारमा चिनीको अभाव छैन

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा चिनीको अभाव नभएको बताएको छ । विभागले आज बजारमा चिनीको अभाव नरहेकाले हल्लाको पछि लागेर आवश्यकताभन्दा बढी चिनी खरिद नगर्न भनेको हो ।पछिल्लो समय बजारमा चिनीको अभाव देखाएर मूल्य बढाउने चलखेल भएपछि आज विज्ञप्ति निकाल्दै विभागले यस्तो बताएको छ । ‘उपभोक्ताहरूमा भ्रम सिर्जना गर्ने खालका सूचना बाहिर ल्याई चिनीको मूल्य बढाउने प्रक्रिया सुरु भएको छ,’ विभागले भनेको छ, ‘तर, बजारमा आगामी ३ महिनाका लागि पुग्ने चिनी छ ।’बजारमा पर्याप्त

फेरि महँगियो खाने तेलः वाणिज्य विभाग बेखबर

काठमाडौं, वैशाख ६ । बजारमा खाने तेलको भाउ पुनः बढेको छ । गत माघको मध्यदेखि प्रतिलिटरमा २० रुपियाँसम्म घटेको तेलको भाउ पछिल्ला १५ दिनदेखि लिटरमा १० देखि १५ रुपियाँ पुनः बढेको छ । बजार सीमित उद्योगीको नियन्त्रणमा रहेको र सरकारका नियमनकारी निकायको बजारमा कमजोर उपस्थितिका कारण तेलको भाउ बिनाकारण महँगो भएको हो । नेपाल खुद्रा […]