वाणिज्य विभागले एकैसाथ थाल्यो देशव्यापी अनुगमन, एकै दिन ३४ कम्पनीलाई कारबाही

वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले एकसाथ देशव्यापी बजार अनुगमन सुरु गरेको छ । विभागले तीन सरकारको माध्यमबाट देशव्यापी अनुगमन थालेको हो । बजार अनुगमनमा वाणिज्य विभाग, प्रदेश सरकारका विभाग र स्थानीय तह र ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत अनुगमन सुरु गरिएको विभागले बताएको छ । विभागका महानिर्देशक लीलाप्रसाद शर्माले एकै दिन देशैभरका ७१ वटा कम्पनीलाई कारबाही गरेको बताए । यसक्रममा विभागले २५ वटा फर्मको अनुगमन गर्दै ९ वटालाई कारबाही गरेको छ । यस्तै, प्रदेश १ को वाणिज्य आपूर्ति तथा उपभोक्