सबैभन्दा धेरै कालोबजारी र कृत्रिम अभाव सिर्जना हुने समयमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग नेतृत्वविहीन बनेको छ । बजारमा हुने कालोबजारी, उपभोक्ता ठगी र कृत्रिम अभावमाथि प्रत्यक्ष निगरानी राख्ने निकायको रुपमा रहेको विभाग नेतृत्वविहिन हुँदा चाडबाडको मुखमा बजार अनुगमनको काम अलपत्र बनेको छ ।सरकारले दशैं तिहार जस्ता नेपालीका ठूला चाडपर्वको मुखमा विभागलाई नेतृत्व विहिन बनाएको छ । महानिर्देशक लिलाप्रसाद शर्मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रशासन शाखामा सरूवा भएपछि विभाग नेतृत्वविह