आम जनता र नेकपा माओवादी समाजवादीबीच एकता हुने

काठमाडौ । आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी पार्टीबीच एकता हुने भएको छ । पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी र कर्णजीत बुढाथोकी अध्यक्ष रहेको उक्त पार्टी आम जनता पार्टीसंग एकताबद्ध हुने र नयाँ पार्टीको नाम भने आम जनता पार्टी नै रहने आजपाका प्रचार प्रसार विभाग उपप्रमुख निवेश यादवले जानकारी दिए […] The post आम जनता र नेकपा माओवादी समाजवादीबीच एकता हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी बीच एकता हुने

काठमाडौं : आम जनता पार्टी (आजपा) र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी पार्टीबीच एकता गर्ने सहमति भएको छ।  प्रभु साह नेतृत्वको आम जनता पार्टी र कर्णजीत बुढाथोकी अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबिच एकता हुने निर्णय भएको आजपाका प्रचार प्रसार विभाग उपप्रमुख निवेश यादवले जानकारी दिए। नयाँ पार्टीको नाम भने…

नेकपा (माओवादी समाजवादी)को घोषणापत्र सार्वजनिक

पार्टीले वैज्ञानिक समाजवाद स्थापना नभइसकेको सङ्क्रमणकालीन चरणमा सबै राजनीतिक दल, पक्षको स्वामित्व सुनिश्चित् हुनेगरी अग्रगामी राजनीतिक निकासको लागि राष्ट्रिय राजनीतिक जन–परामर्श सम्मेलनमार्फत जनपक्षीय, सर्वदलीय राष्ट्रिय संयुक्त सरकार गठन गर्नेसमेत घोषणा ...

नेकपा (माओवादी समाजवादी)को घोषणापत्र सार्वजनिक

काठमाडौं । नेकपा (माओवादी समाजवादी)ले आगामी मङ्सिर ४ गतेको निर्वाचनलाई लक्षित गरी घोषणापत्र सार्वजनिक गरेको छ । कर्णजित बुढाथोकी नेतृत्वको सो पार्टीले आज पत्रकार सम्मेलन गरी वैज्ञानिक समाजवाद स्थापनाको लागि जनविद्रोहमार्फत वैचारिक, राजनीतिक, सङ्गठनात्मक, आर्थिक, सङ्घर्ष र अन्तरराष्ट्रिय आधार तय गर्ने प्रतिवद्धता गरेको छ । पार्टीको चुनाव चिह्न ‘महिला र पुरुषको तस्बिर’ रहेको छ । […]

देउवाकै विरुद्ध बन्ला त डडेलधुरामा माओवादी,समाजवादी गठबन्धन?

काठमाडौँ– डडेलधुरा कांग्रेस आगामी निर्वाचनमा एक्लै होमिने भनेसँगै प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्लामा सत्ता गठबन्धनको विवाद चरम उत्कर्षमा पुगेको छ। केन्द्रको निर्णय लत्याउँदै एक्लै चुनाव लड्ने रणनीति बनाएपछि गठबन्धनमा आबद्ध अन्य दल कांग्रेसविरुद्ध लाग्ने तयारीमा छन्। यसका लागि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका जिल्ला नेताहरु छुट्टाछुट्टै तथा सामूहिक छलफलमा छन्। […]

दुई ‘स’ को विपक्षमा माओवादी–समाजवादी

काठमाडौँ । स्थानीय निर्वाचनमा काँग्रेसको नेतृत्वमा गठबन्धन गरेर चुनावमा गएका ५ दलमध्येका नेकपा माओवादी र नेकपा एकीकृत समाजवादी आगामी निर्वाचनमा हालको गठबन्धनबाहेकको विकल्प पनि सोच्न थालेका छन् । आगामी मङ्सिरमा हुने प्रदेश र प्रतिनिधि सभा चुनावमा हालको सत्ता गठबन्धनलाई नै निरन्तरता दिनुपर्नेमा यी दलमा विवाद नभए पनि दुवै दलले विकल्प पनि सोच्न थालेका हुन् । दुवै दल दुई ‘स’ अर्थात ‘शरण र सती’ को विपक्षमा उभिँदै आफ्नो रणनीति बनाउन व्यस्त छन् ।माओवादीले गठबन्धनका नाममा काँग्रेस

माओवादी समाजवादी गठबन्धनका कार्यकर्ताको कुटाइबाट एमाले कार्यकर्ता घाइते

कञ्चनपुर : भीमदत्त नगरपालिका १९ बागफाँटामा नेकपा माओवादी केन्द्र र समाजवादी गठबन्धनका कार्यकर्ताले एमालेका दुई कार्यकर्तामाथि आज कुटपिट गरेका छन्। कुटपिट गरिएकामध्ये एक जनाको टाउकोमा चोट लागेको छ।एमालेको चुनावी प्रचारमा जाँदै गरेका अन्जु कार्की चौधरी र राजेन्द्र अवस्थीलाई गठबन्धन कार्यकर्ताले कुटपिट गरेका हुन्। माओवादी केन्द्रका भीमदत्त नगर अध्यक्ष अशोक चन्द र रघुबीर धामी लगायतले उनीहरुलाई कुटपिट गरेको भन्दै प्रहरी बिटमा निवेदन दिएका छन्।कुटपिट गरिएकी कार्की अघिल्लो निर्वाचनमा माओवादी

गठबन्धनमा सहमति : तीन महानगर कांग्रेसलाई, माओवादी, समाजवादी र जसपालाई एक–एक

काठमाडौँ- सत्तारुढ दलहरू महानगरपालिकाको भागबण्डा गर्ने विषयमा सहमतिमा पुगेका छन् । आज बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा सहमति जुटेको हो । सहमतिअनुसार देशका ६ वटा महानगरपालिकामध्ये तीन वटा नेपाली कांग्रेस र एक/एक वटा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको भागमा परेको छ । बैठकमा सहभागी एक नेताका अनुसार कांग्रेसको भागमा काठमाडौँ, ललितपुर […]

माओवादी समाजवादी र जनसमाजवादी पार्टीले चुनावी तालमेल र पार्टी एकता गर्ने

काठमाडौं: कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी समाजवादी) र सुवासराज काफ्ले नेतृत्वको जन समाजवादी पार्टी नेपालबीच स्थानीय चुनावमा तालमेल गर्ने सहमति भएको छ।आज पत्रकार सम्मेलन गर्दै दुई पार्टीबीच चुनावी गठबन्धन गर्ने सहमति भएको घोषणा गरिएको हो।दुवै पार्टीले आ–आफ्नो चुनाव चिन्ह प्रयोग गरी आगामी स्थानीय तह निर्वाचनमा भाग लिने र दुवै पार्टीको सहमतिमा उम्मेदवारहरू खडा गर्ने साथै एक पार्टीका उम्मेदवारलाई अर्को पार्टीले सघाउने सहमति भएको छ।त्यस्तै, दुवै पार्टीका अध्यक्षको नेतृत्वमा स्थान

नेकपा (माओवादी समाजवादी) र जनसमाजवादी पार्टी नेपालबीच चुनावी तालमेल गर्ने सहमति

काठमाडौं, २ बैशाख । कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी समाजवादी) र सुवासराज काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी नेपालबीच आगामी बैशाख ३० गते हुने चुनावमा तालमेल गर्ने सहमति भएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै दुई पार्टीबीच चुनावी गठबन्धन गर्ने सहमति भएको घोषणा गरिएको हो । दुवै पार्टीले आ–आफ्नो चुनाव चिन्ह प्रयोग गरी […]