दुई ‘स’ को विपक्षमा माओवादी–समाजवादी

काठमाडौँ । स्थानीय निर्वाचनमा काँग्रेसको नेतृत्वमा गठबन्धन गरेर चुनावमा गएका ५ दलमध्येका नेकपा माओवादी र नेकपा एकीकृत समाजवादी आगामी निर्वाचनमा हालको गठबन्धनबाहेकको विकल्प पनि सोच्न थालेका छन् । आगामी मङ्सिरमा हुने प्रदेश र प्रतिनिधि सभा चुनावमा हालको सत्ता गठबन्धनलाई नै निरन्तरता दिनुपर्नेमा यी दलमा विवाद नभए पनि दुवै दलले विकल्प पनि सोच्न थालेका हुन् । दुवै दल दुई ‘स’ अर्थात ‘शरण र सती’ को विपक्षमा उभिँदै आफ्नो रणनीति बनाउन व्यस्त छन् ।माओवादीले गठबन्धनका नाममा काँग्रेस