माओवादी समाजवादी गठबन्धनका कार्यकर्ताको कुटाइबाट एमाले कार्यकर्ता घाइते

कञ्चनपुर : भीमदत्त नगरपालिका १९ बागफाँटामा नेकपा माओवादी केन्द्र र समाजवादी गठबन्धनका कार्यकर्ताले एमालेका दुई कार्यकर्तामाथि आज कुटपिट गरेका छन्। कुटपिट गरिएकामध्ये एक जनाको टाउकोमा चोट लागेको छ।एमालेको चुनावी प्रचारमा जाँदै गरेका अन्जु कार्की चौधरी र राजेन्द्र अवस्थीलाई गठबन्धन कार्यकर्ताले कुटपिट गरेका हुन्। माओवादी केन्द्रका भीमदत्त नगर अध्यक्ष अशोक चन्द र रघुबीर धामी लगायतले उनीहरुलाई कुटपिट गरेको भन्दै प्रहरी बिटमा निवेदन दिएका छन्।कुटपिट गरिएकी कार्की अघिल्लो निर्वाचनमा माओवादी