जुम्लाको सिंजा उपत्यकामा पर्ने ३ वटा गाउँपालिकामा रहेको ३ सय ७० घरधुरी बाढीपीडितलाई राहत वितरण गरिएको छ । कनकासुन्दरीका १ सय ५० घरधुरी, हिमा गाउँपालिका १ सय २० घरधुरी र सिंजा गाउँपालिका भित्रका १ सय घरधुरी गरी ३ सय ७० घरधुरीलाई राहत वितरण गरिएको हो । गएको असोज अन्तिम साता अविरल बर्षासँगै आएको बाढीपहिरोले सिंजा उपत्यकाका भित्र पर्ने ३ वटा पालिका सवै भन्दा धेरै धनजनको क्षति भएको थियो ।नेपाल सरकारले सिंजा क्षेत्रलाई संकटग्रस्त क्षेत्रका रुपमा घोषणा गरेको छ। उक्त क्षेत्रका बाढीपहिरो प्रभा