आईसीसी पुरुष विश्वकप लिग टूको त्रिकोणात्मक सिरिजअन्तर्गत स्कटल्यान्डविरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ । टिटवुड ग्लासगोमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको हो । नेपालविरुद्ध स्कटल्यान्डले केही बेरमा ब्याटिङको थाल्नेछ । नेपाल आज स्कटल्यान्डलाई हराउँदै सिरिजमा पहिलो जित निकाल्ने योजनामा छ । नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो । यता स्कटल्याण्ड दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा स्कटल्यान्डले नामिबियालाई ७७ रनले हराएको थियो । लिग टू को अंक