काठमाण्डाै - बजारमा दिनहुँजसो अनुगमन भइरहेकाे भनिए पनि जथाभाबी भइरहेकाे मूल्यवृद्धि नियन्त्रण हुन सकेको छैन । बजारमा उत्पादकबाट उपभोक्तासम्म पुग्दा उपभोग्य सामग्रीको मूल्यमा ठूलो अन्तर रहेको पाइएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा बिक्री हुने सामानको मूल्य, परिणाम र गुणस्तरबारे गरेको अनुगमनमा किसान, उत्पादक र उपभोक्ताबीचको मूल्यमा ठूलो अन्तर पाइएको हो।
धादिङको धुनीबेंसी र नौबिसेदेखि चितवनको मुग्लिङ बजारसम्म गरेको अनुगमनमा यस्तो पाइएको हो ।
विभागका अनुसार निजी तथा सहक...