नियन्त्रणबाहिर बजार महँगी : एक वर्षमा उपभोग्य वस्तुको मूल्य ४२ प्रतिशतले वृद्धि !

पछिल्लो समय बजार महँगी सहिनसक्नु गरेर बढेको छ । अन्तर्राष्ट्रिय बजारको प्रभाव पेट्रोलियम पदार्थको मूल्यमा लगातार वृद्धि भएसँगै अन्य दैनिक उपभोग्य वस्तु खाद्यान्न, दाल, चामल, तेल लगायत अत्यावश्यक वस्तुको बजार मूल्यसमेत आकासिन पुगेको हो । यसले आम सर्वसाधारणको दैनिकी पछिल्लो समय निकै कष्टकर बन्न पुगेको छ । मुख्यतः बजार मूल्यवृद्धिको प्रमुख कारक तत्त्व मानिएको पेट्रोलियम पदार्थको मूल्य गएको एक वर्षमा अधिकतम ४२ प्रतिशतसम्मले वृद्धि भएको छ । नेपाल आयाल निगम (एनओसी) ले पछिल्लो पटक (२०७९ असार ५ गते