रौतहट : रौतहटको वृन्दावन नगरपालिका वडा नम्बर १ मा पतिपत्नीबीच भएको विवादमा पतिले हँसियाले घाँटी रेट्दा पत्नीको मृत्यु भएको छ।वृन्दावन नगरपालिका वडा नम्बर १ बलहरी गाउँको तामाङ टोलका ४० वर्षीय तीर्थ वाइबाले हँसियाले गर्धनमा प्रहार गर्दा उनकी पत्नी अन्दाजी ३५ वर्षीया सोतीमाया वाइबाको घटनास्थलमै मृत्यु भएको हो।दिउँसो बागमतीको बगरमा घाँस काट्न गएका पतिपत्नीबीच विवाद हुँदा तीर्थले हँसियाले पत्नीको घाँटी रेटेर हत्या गरेका थिए। अत्यधिक मापसे गरेका तीर्थले विवाद हुँदा आफूले पत्नीलाई हँसियाले घाँटी र