पोखराको मतगणनामा विवाद

पोखरा महानगरपालिकाको मतगणनामा विवाद देखिएको छ । वडा नम्बर एकको मतगणनामा दलहरुबीच हिसाब नमिल्दा ५० मत पुन गनिन लागेको हो ।उता वडा नम्बर २ को मतगणनामा पनि विवाद भएको छ । सदर/बदरबारे विवाद हुँदा दुई नम्बर वडाको मतगणना रोकिएको छ । 

सम्बन्धित सामग्री

धादिङ क्षेत्र नम्बर १ काे मतगणनामा ढिलाइ

धादिङ - धादिङ क्षेत्र नम्बर १ काे मतगणनामा ढिलाइ भएकाे छ ।  धादिङ क्षेत्र नम्बर १ को मतपेटिका आइतवार रातिसम्म सङ्कलन गरिसकिएकाे भए पनि मतगणनामा भने ढिलाइ भएकाे हाे। मतगणनाका लागि सर्वदलीय र बैठक बसेर विधि तथा सामान्य नियमहरु तय गरिनु पर्ने भएकाले सोमवार बिहान ८ बजेदेखि उम्मेदवार प्रतिनिधि र दलका प्रतिनिधिहरुको बैठक बसिरहेकाे  क्षेत्रनम्बर १ का निर्वाचन अधिकृत कृष्ण कार्कीले जानकारी दिनुभयो।  धादिङ क्षेत्रनम्बर १ मा १ लाख ३२ हजार ३ सय ५४ मतदाता रहेकोमा ८१ हजार १ सय १६ जनाले मतद...

मुस्ताङको मतगणनामा कांग्रेसको अग्रता

मुस्ताङमा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले अग्रता बनाएका छन् । प्रारम्भिक मतपरिणाम अनुसार नेपाली कांग्रेसका थकालीले ५३७ मत, नेकपा एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनले ४२१ मत पाएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले १२ मत पाएका छन् ।

पछिल्लो मतगणनामा बालेन शाहको कति मत?

काठमाडौँ- काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले सोमबार बेलुकासम्मको मतगणनामा ४७ हजार ४ सय २९ मत ल्याएका छन्। उनकी प्रतिष्पर्धी गठबन्धन उम्मेदवार सिर्जना सिंहले २८ हजार ५ सय ६ मत ल्याएकी छन्। त्यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २७ हजार ६ सय ४२ मत ल्याएका छन्। काठमाडौँका २१ वटा वडामा मतगणना सकिसकेको छ […]

मधेस प्रदेशमा मतगणनामा सत्तारुढ दलले धाँधली गरेको महासेठको आरोप

जनकपुरधाम , ४ जेष्ठ : नेकपा एमालेका सचिव रघुवीर महासेठले मतदान शान्तिपूर्ण भए पनि कांग्रेसलाई जिताउन मतगणनामा खटेका निर्वाचन अधिकृतहरुबाट धाँधली गरिरहेको आरोप लगाएका छन् । एमालेका मधेश प्रदेशका इन्चार्ज समेत रहेका महासेठले बुधवार जनकपुरधाममा पत्रकार सम्मेलन गरी निर्वाचनमा प्रहरीको भूमिका राम्रो रहे पनि मतगणनामा निर्वाचन अधिकृतहरुले सत्ता गठबन्धनलाई जिताउन धाँधली गरिरहेको आरोप लगाए । निर्वाचनमा […]

कार्यकर्तालाई एमाले महासचिव पोखरेलको निर्देशन- ‘मतगणनामा चनाखो रहनू”

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले मतगणनामा चनाखो रहन नेता कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । उनले मतगणनाको क्रममा जनताले दिएको अमूल्य मतको सुरक्षा गर्नु कर्तब्य भएको बताए । ‘सत्ताको चरम दुरुपयोगका बाबजुद सूर्य चिन्हमा जनताले दिएको अमूल्य मतको सुरक्षा गर्नु पार्टी पंक्तिको कर्तव्य हो । मतगणनामा चनाखो रहौँ’, सामाजिक सञ्जाल फेसबुकमा मंगलबार लेखेका छन् […]

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मतगणनामा बिवाद

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको  मतगणनामा  कर्मचारीले बदमासी गरेको भन्दै बिवाद भएको छ  । नगरपालिकाको वार्ड  नम्बर २ को मतगणना गर्दा  कर्मचारीले ६९ लाई ९५  टिपाएपछि  बिवाद भएको हो ।बिवाद पछि सर्वदलीय बैठकले  तिलोत्तमा नगरपालिकाका कर्मचारी बाहेक अन्य कर्मचारी राखेर मतगणना गर्ने सहमति भएको छ । निर्वाचन अधिकृत माधव  लोहनीले नगरपालिका वाहेक अन्य कर्मचारी राखेर  मतगणना गर्ने तयारी भएको रातोपाटीलाई बताए । उनले कर्मचारीको गल्ती भेटिएपछि अन्य कर्मचारी र

सुरुवाती मतगणनामा बागी र स्वतन्त्र उम्मेदवारको रोचक अग्रता

काठमाण्डाै – पालिका चुनाव २०७९ मा चर्चामा आएका स्वतन्त्र तथा बागी उम्मेदवारहरू प्रारम्भिक मतगणनामा पनि प्रतिस्पर्धात्मक देखिएका छन् । सुरुवाती मतगणनामा ठूला दलहरू कांग्रेस, एमाले र माओवादीबीच प्रतिस्पर्धा भइरहे पनि स्वतन्त्र र बागी उम्मेदवारहरूको परिणाम पनि रोचक देखिन्छ । गठबन्धन वा टिकट वितरणप्रति असन्तुष्टि जनाएका तथा दलीय व्यवस्थालाई चुनौती दिँदै उम्मेदवार बनेकाहरूको पक्षमा पनि राम्रो जनमत देखिएको छ ।  सबैभन्दा बढी चासो र चर्चा भएको काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाह मतगणना सुरु हुँदादेखि नै अ...

चार वर्षअघि वडाध्यक्षमा पराजित स्वतन्त्र उम्मेदवार पुनः मतगणनामा विजयी

महोत्तरीको एक स्थानीय तहको वडामा पराजित भएका उम्मेदवार निर्वाचन भएको चार वर्षपछि अदालतको आदेशमा भएको पुनः मतगणनामा विजयी भएका छन् । महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नम्बर १० को वडाध्यक्षका लागि भएको मतगणनामा स्वतन्त्र उम्मेदवार रमेश कुमार राय विजयी भएका हुन् ।यसअघि नेपाली काँग्रेसबाट अरुणकुमार चौधरी धाँधली गरी निर्वाचित भएको भन्दै अदालतमा मुद्दा दायर भएको थियो । त्यसपछि अदालतको फैसलामा भएको पुनः मतगणनामा राय २ मतको झिनो मतान्तरले चार वर्षपछि निर्वाचित भएको निर्वाचन अधिकृत खगराज अधिकारीले जान