मोरङको लेटाङमा विवाद, सुकुम्बासी परिचयपत्रले विवाद

मोरङको लेटाङमा मतदानका क्रममा विवाद भएको छ । सुकुम्बासी परिचयपत्र भएकाहरुको नाममा भोट हाल्न खोज्दा विवाद भएको हो । मोरङका एसपी शान्तिराज कोइरालाले दुई पक्षीबीच भएको विवाद अहिले समाधान गरेर मतदान सुचारु गरिएको बताए ।लेटाङ ४ स्थित शान्ति भगवती मावि केन्द्रमा सो विवाद भएको हो। सुकुम्बासीको परिचय पत्र ल्याएका केही व्यक्तिले मनपरी रुपमा मत हाल्न खाजेपछि विवाद उत्पन्न भएको थियो ।

सम्बन्धित सामग्री

मोरङमा भोलिदेखि कर्फ्यु खुकुलो

मोरङ : मोरङको लेटाङमा अनिश्चितकालीन कर्फ्यु खुकुलो बनाइएको छ। यौन दुर्व्यवहारको घटनाले उग्ररूप लिएर हिंसात्मक झडपमा एक महिला प्रहरीको मृत्यु भएपछि लेटाङमा कर्फ्यु लगाइएको थियो।जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले दिनको ६ घण्टा आवागमन गर्न पाउने छुटसहित भोलि बिहानबाट कर्फ्यु केही खुकुलो बनाएको हो।मोरङमा छात्रामाथि दुर्व्यवहार विवाद : लेटाङ तनावग्रस्त, एक महिला प्रहरीको मृत्युमोरङ प्रशासनका अनुसार भोलि बिहान ६ बजेदेखि १० बजेसम्म ४ घण्टा र दिनको ४ बजेदेखि बेलुकी ६ बजेसम्म २ घण्टा क

लेटाङमा एक महिला प्रहरीको ज्यान गएकोबारे छानबिन सुरु, आठ जना पक्राउ

काठमाण्डाै - मोरङको लेटाङमा भड्किएको हिंसामा एक महिला प्रहरीको ज्यान गएपछि प्रहरीले छानबिन थालेको छ । घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मन्जिल मुकारुङले जानकारी दिनुभयो । उहाँका अनुसार  छात्रालाई यौन दुर्व्यवहार गर्ने शिक्षकलाई पनि हिरासतमा राखिएको छ । शुक्रवार होलीको दिन एक शिक्षकले छात्रालाई दुर्व्यवहार गरेको विषयमा विवाद हुँदा हिजो स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको थियो । झडपमा प्रहरी जवान उर्मि...

महिला प्रहरीको ज्यान गएपछि मोरङको लेटाङमा बिहानैदेखि कर्फ्यु

काठमाण्डाै - स्थानीय बासिन्दा र प्रहरीबीचको झडपमा एक महिला प्रहरी जवानको ज्यान गएपछि मोरङको लेटाङमा आज बिहानैदेखि कर्फ्यु लगाइएको छ। मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लगाइएको हो ।  दक्षिणमा लेटाङ नगरपालिका-३ र ४, लेटाङ-५ का सबै क्षेत्र, उत्तरमा लेटाङ-६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङेखोला क्षेत्र र पश्चिममा चिसाङ खोला क्षेत्र तोकेर कर्फ्यु लगाइएको छ । शुक्रवार होलीको दिन एक शिक्षकले छात्रालाई दुर्व्यवहार गरेको विषयमा विवाद हुँदा हिजो स्था...

कामको पैसा नदिएको झोँकमा छुरा प्रहार गरेर हत्या

मोरङको लेटाङमा छुरा प्रहार गरेर शुक्रबार राति एक युवाको हत्या गरिएको छ । आपसी विवादका क्रममा दुई जना युवाले छुरा प्रहार गर्दा लेटाङ नगरपालिका–३ का २२ वर्षीय रोमन राईको मृत्यु भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार लेटाङ–३ कै १८ वर्षीय सुशील दर्जी र दिलबहादुर लिम्बूले राति ८ः४५ बजेतिर उनीमाथि छुरा प्रहार गरेका हुन् ।लेटाङकै त्रिशूली चोकमा दर्जी र लिम्बूको विवाद राईसँग भएको थियो । विवादकै क्रममा दुई जनाले छुरा प्रहार गी घाइते भएका राईको उपचारका लागि विराटनगरको व