जनकपुरधाम : धनुषामा मिक्सर गाडी दुर्घटना हुँदा एकजना घाइते भएका छन्।मंगलबार ढल्केवरबाट जनकपुरधामतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ प ०४४२ नम्बरको मिक्सर गाडी दुर्घटना हुँदा चालक घाइते भएको प्रहरी स्रोतले जानकारी दियो।दुर्घटनामा परेर मिथिला नगरपालिका-८ का ३३ वर्षीय समीर बुढा मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको हो। मगरको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको र अवस्था मध्यम रहेको अस्पताल स्रोतले जानकारी दियो।