कांग्रेसको संस्थापन इतर समूह साझा उम्मेदवार तय गर्न छलफलमा

काठमाडौँ – नयाँ नेतृत्वका लागि दाबेदारी दिन आफ्नो पक्षका साझा उम्मेदवार तय गर्नका लागि नेपाली कांग्रेसको संस्थापन इतर नेता रामचन्द्र पौडेल पक्ष अहिले छलफलमा छ । गौशालाको अनुपम फुडल्याण्डमा पौडेल पक्षका नेताहरुबीच छलफल भइरहेको छ । साझा उम्मेदवार तय गर्नका लागि भइरहेको वार्तामा पौडेल पक्षका केन्द्रीय सदस्य, सांसद, जिल्ला सभापति तथा क्षेत्रीय सभापति सहभागी छन् […]

सम्बन्धित सामग्री

बोहोराटार पुगे काँग्रेस नेताहरु, पौडेललाई सभापतिको उम्मेदवार बनाउने तयारी

नेपाली काँग्रेसको संस्थापन इतर समूह केही दिनयता साझा उम्मेदवार तय गर्न छलफलमा जुटेको भएपनि नेताहरुको अडानका कारण सहमति जुट्न सकेको छैन । विशेषगरी सभापतिका आकांक्षी प्रकाशमान सिंह र डा.शेखर कोइरालाले आफ्नो दाबेदारी नछाडेपछि सहमति जुट्न नसकेको हो । यसैबीच काँग्रेसका नेताहरु मिनेन्द्र रिजाल, महेश आचार्य, गगनकुमार थापा, बलबहादुर केसी, अर्जुननरसिंह केसीलगायतका नेताहरु शुक्रबार बिहान पौडेल भेट्न उनको निवास बोहोराटार पुगेका छन् ।  लगातारको बैठकमा सहमति जुट्न नसकेपनि निराश भइ राजनीति बाटै सन्य

‘एक पटक यसै पटक’ भन्दै शेखर कोइरालाले सभापतिका लागि सुरु गरे प्रचार

काठमाडौँ -  नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले १४औं महाधिवेशनमा सभापतिका लागि प्रचार सुर गरेका छन् । संस्थापन इतर समूहमा सभापतिको साझा उम्मेदवार तय गर्न सकस भइरहेका बेला कोइराला बिहीबार अपराह्नदेखि सामाजिक सञ्जालमा ‘एक पटक यसै पटक’ भन्दै प्रचार अभियान छेडेका छन् । संस्थापन इतर समूह…

पौडेल समूहले आज पनि साझा उम्मेदवार तय गर्न सकेन, भोलि फेरि बैठक बस्ने

काठमाडौँ– सभापतिको साझा उम्मेदवार तय गर्न नेपाली कांग्रेसको संस्थापन इतर समूह बुधबार पनि असफल भएको छ । गत आइतबारयता लगातार सभापतिका आकांक्षी र नेताहरुबीच छलफल भए पनि साझा उम्मेदवार टुंगो लगाउन नसकेको हो । बुधबार गणेशमान भवन चाक्सीबारीमा सभापतिका आकांक्षी वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. […]

साझा उम्मेदवार तय गर्न दबाब दिँदै प्रकाशमान सिंहको घरमा प्रदर्शन

संस्थापन इतर समूहबाट सभापतिको साझा उम्मेदवार तय गर्न दबाब दिँदै चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको घरमा काँग्रेसका युवा नेताहरूले प्रदर्शन गरेका छन् ।नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सभापतिको साझा उम्मेदवार बनाउने सम्बन्धमा संस्थापन इतर समूह नेता सिंहको घरमा बैठक बसिरहेको समयमा मंगलबार राजेन्द्र बजगाइँको नेतृत्वमा आधा दर्जन बढीको सङ्ख्यामा भेला भएका युवा नेताहरूले साझा उम्मेदवारको विकल्प नभएको भन्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी नेपाल विद्यार्थी संघका पूर्व सह–महामन्त्

महाधिवेशनमा साझा उम्मेदवार ल्याउने घोषणा गर्दै कांग्रेसको संस्थापन इतर समूह

कांग्रेसको संस्थापन इतर समूहले साझा उम्मेदवार लिएर महाधिवेशनमा जाने घोषणाको तयारी गरेको छ । आज सानेपामा पत्रकार सम्मेलन गरेर महाधिवेशनमा संस्थापन इतरको साझा उम्मेदवार बनाउने घोषणा गर्न लागेको हो । संस्थापन पक्षसँग असहमत रहेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अहिलेसम्म साझा उम्मेदवार तय गर्न भने सकेको छैन ।  ‘महाधिवेशनमा संस्थापन इतर समूहको साझा उम्मेदवार हुन्छ भन्ने घोषणा गर्न लागेको हौ । वडा अधिवेशन शुरू हुनु अगाडि यो जानकारी गराउन पनि आवश्यक हुन्छ । तर, अहिल्यै को उम्मेदवार हुने भन्ने टुंगो लागे...

बोहोराटारमा कांग्रेसको संस्थापन इतर समूहको छलफल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूह सभापतिको साझा उम्मेदवार तय गर्नका लागि आन्तरिक छलफलमा जुट्ने भएको छ । साझा उम्मेदवार तय गर्ने बारेको छलफलका लागि संस्थापन इतर समूहका नेताहरु वरिष्ठ नेता रामचन्द्र पौडेलको निवासमा भेला हुँदै छन् ।

कांग्रेसमा संस्थापन इतर समूह सभापतिको साझा उम्मेदवार तय गर्न निरन्तर छलफलमा

काठमाडौँ – नेपाली कांग्रेसको संस्थापन इतर समूह आउँदो महाधिवेशनमा सभापतिको साझा उम्मेदवार चयन गर्नका लागि निरन्तर छलफलमा छन् । रामचन्द्र पौडेल पक्षधर नेताहरु शनिबार पनि साझा उम्मेदवारबारेको छलफलमा जुटेका छन् । नेता प्रकाशमान सिंहको चाक्सीबारी स्थित घरमा उनीहरु भेला भएका हुन् । शुक्रबार पनि संस्थापन इतरका नेताहरुबिच सोही स्थानमा छलफल भएको थियो । आउँदो महाधिवेशनमा […]