बोहोराटार पुगे काँग्रेस नेताहरु, पौडेललाई सभापतिको उम्मेदवार बनाउने तयारी

नेपाली काँग्रेसको संस्थापन इतर समूह केही दिनयता साझा उम्मेदवार तय गर्न छलफलमा जुटेको भएपनि नेताहरुको अडानका कारण सहमति जुट्न सकेको छैन । विशेषगरी सभापतिका आकांक्षी प्रकाशमान सिंह र डा.शेखर कोइरालाले आफ्नो दाबेदारी नछाडेपछि सहमति जुट्न नसकेको हो । यसैबीच काँग्रेसका नेताहरु मिनेन्द्र रिजाल, महेश आचार्य, गगनकुमार थापा, बलबहादुर केसी, अर्जुननरसिंह केसीलगायतका नेताहरु शुक्रबार बिहान पौडेल भेट्न उनको निवास बोहोराटार पुगेका छन् ।  लगातारको बैठकमा सहमति जुट्न नसकेपनि निराश भइ राजनीति बाटै सन्य

सम्बन्धित सामग्री

रुपन्देही काँग्रेसका नेता यादव जसपा प्रवेश

नेपाली काँग्रेस रुपन्देही सिद्धार्थ नगरका पूर्व क्षेत्रीय सभापति मातृकाप्रसाद यादव जनता समाजवादी पार्टी प्रवेश गरेका छन् । आज भैरहवामा आयोजित एक कार्यक्रमका बीच यादव जसपामा प्रवेश गरेका हुन् । उनलाई लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सहसराम यादवले पार्टी प्रवेश गराएका छन् । बुधवार स्थानिय तहको टिकट वितरणमा काँग्रेसले मनोमानी गरेको भन्दै यादवले पार्टी परित्याग गरेका थिए ।जनता समाजवादी पार्टीले यादवलाई नगर प्रमुख पदको उम्मेदवार बनाउने तयारी गरेको छ । यादव रुपन्देही काँग्रेसमा  ला