कांग्रेस संस्थापन इतर समूहको बैठक बेलुका फेरि बस्ने, पौडेल महाधिवेशन उद्घाटन सत्रमा सहभागी

काठमाण्डाै – नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक आज शुक्रवार बेलुका फेरि बस्ने भएको छ । महाधिवेशनको उद्घाटन सत्रपछि बेलुका बत्तीसपुतलीमा बैठक बस्ने र सभापतिमा साझा उम्मेदवार तय गर्ने निर्णय भएको नेताहरूले बताएका छन् । मिनेन्द्र रिजाल, महेश आचार्य, गगन थापा, बलबहादुर केसी, अर्जुननरसिंह केसीलगायतका नेताहरू वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न उहाँको निवास बोहोराटार पुग्नुभएको थियो । संस्थापन इतर समूह केही दिनदेखि निरन्तर साझा उम्मेदवार तय गर्न छलफलमा जुटेको भए पनि अझै सहमति बनेको छैन । संस्थापन इत...

सम्बन्धित सामग्री

नेताको प्रचार शैली : भित्तादेखि झोलासम्म शेरबहादुर देउवा

काठमाडौं : नेपाल कांग्रेसमा अहिले १४ औं महाधिवेशनको रौनक छाएको छ। १४ औं महाधिवेशन अन्तर्गत आज मनोनयन दर्ताको कार्यतालिका रहेको छ। तर आकांक्षी नेताहरुको व्यवस्थापन गर्न नसक्दा संस्थापन र संस्थापन इतर समूहले मनोनयन दर्ता गराउन सकेका छैनन्। सभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवा फेरि लड्ने निश्चित भइसकेको छ। संस्थापन इतर समूह साझा…

महाधिवेशनको उद्घाटनपछि साझा उम्मेदवार छान्न फेरि संस्थापन इतर समूह छलफलमा बस्ने

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन अहिले भृकुटीमण्डपमा भइरहेको छ। उद्घाटनसत्रमा सहभागी हुन कांग्रेस नेता, कार्यकर्ताका साथै विभिन्न दलका शीर्ष नेता कार्यक्रमस्थल पुगेका छन्। नेपाली कांग्रेसमा पदाधिकारी र केन्द्रीय सदस्यका लागि मंसिर २७ गते निर्वाचन हुँदैछ। तर, हालसम्म संस्थापनइतर समूहले सभापतिमा साझा उम्मेदवार छनोट गर्न सकेका छैनन्। महाधिवेशन…

कांग्रेस महाधिवेशन : मोरङको जिल्ला सचिव पदमा दुई मेयरले हारे चुनाव

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत मोरङमा भएको चुनावमा दुई मेयर पराजित भएका छन् । सचिव पदमा दुई मेयर पराजित भएका हुन् । सुन्दरहरैचा नगरपालिकाका मेयर शिव प्रसाद ढकाल र रतुवामाई नगरपालिकाका मेयर रविन राई पराजित भएका हुन् ।  सचिवमा संस्थापन पक्षबाट समूहबाट उठेको  सुन्दरहरैचा नगरपालिकाका मेयर ढकालले १ हजार ८४ मत प्राप्त गरे भने संस्थापन इतर समूह बाट बागी उठेका  रतुवामाई नगरपालिकाका मेयर राईले ४ सय ५५ मत मात्र प्राप्त गरेका छन् । जिल्ला सचिवमा संस्थापन इतर समूहका मोदराज घिमिरे र ल...

देउवाविरुद्ध यीमध्येबाट सभापतिको साझा उम्मेदवार

काठमाडौं, १३ मंसिर । नेपाली काँग्रेसको महाधिवेशन नजिकिदै गर्दा संस्थापन इतर समूह साझा उम्मेदवारको खोजीमा जुटेको छ । साझा उम्मेदवार बनाउन वरिष्ठ नेता रामचन्द्र पौडेल आफै जुटेका छन् । उनले सबैलाई मान्य हुने नामहरु अगाडि सारेको बुझिएको छ । पौडेलले आन्तरिक बैठकमा यसपटक आफूलाई साझा उम्मेदवार मान्न आग्रह गरेका थिए । तर, कोइराला परिवारका डा. […]

इलाम २ को महाधिवेशन प्रतिनिधि चयनमा संस्थापनइतर समूह बलियो

नेपाली काँग्रेस इलाम क्षेत्र नम्बर २ मा पनि संस्थापन इतर समूह नै बलियो देखिएको छ । महाधिवेशन प्रतिनिधिको निर्वाचनमा संस्थापन इतर समूहको प्यानलबाट धेरै निर्वाचित भएका छन् । २५ जना महाधिवेशन प्रतिनिधि निर्वाचित क्षेत्र नम्बर २ मा संस्थापन शेरबहादुर देउवा निकट १० जना निर्वाचित भएका छन् । १५ जना संस्थापन इतर समूहको प्यानलबाट निर्वाचित भएको बताइएको छ । १० जना महाधिवेशन प्रतिनिधि चयन हुने खुलातर्फ भेषराज आचार्य (६६५), तारा थापा (६३०), होम दुलाल(६०५),  पूर्णप्रसाद गौतम (५८२), केशव थापा (५७१),

इलामको क्षेत्र नम्बर १ मा संस्थापन इतर समूह बलियो

मंगलबार सम्पन्न नेपाली कांग्रेसको १४औं महाधिवेशनमा इलाको क्षेत्र नम्बर १ को महाधिवेशन प्रतिनिधिको निर्वाचनमा संस्थापन शेरबहादुर देउवा इतर समूह बलियो देखिएको छ । क्षेत्र नम्बर १ बाट निर्वाचित हुने २६ महाधिवेशन प्रतिनिधिमध्ये पार्टी सभापति निकट दुई समूहबाट १० जना र सभापति इतर समूहको दुई समूहबाट समूहबाट १६ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । इलाममा संस्थापन देउवा पक्षबाट पूर्व जिल्ला सभापति केशव थापा र डम्बर खड्काले फरक-फरक प्यानल बनाएर चुनावी मैदान उत्रिएका थिए । संस्थान इतर समूहका व

कांग्रेस महाधिवेशनः १० जिल्लाको परिणाम आउँदा पौडेल समूह बलियो

काठमाडौँ – हिमाली जिल्लाहरुको अधिवेशनमा नेपाली कांग्रेसको संस्थापन इतर समूह बलियो देखिएको छ। १४औँ महाधिवेशन अन्तरगत दसैँ अघि हिमाली क्षेत्रका २१ जिल्लामा अधिवेशन भइरहेको छ। २१ मध्ये परिणाम आएका १० जिल्ला मध्ये ६ जिल्लाको नेतृत्व वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले हात पारेको छ भने चार जिल्लाको सभापति संस्थापन पक्षले पाएको छ। संस्थापन इतर समूहबाट मुस्ताङमा […]

जिल्ला सभापति ठमेल छलफलमा, केन्द्रीय सदस्यलाई महाराजगन्ज निम्ता

काठमाडौँ । नेपाली काँग्रेसको निर्धारित १४औँ महाधिवेशन तोकिएको समयमा नहुने भएपछि काँग्रेस भित्रको संस्थापन इतर समूह आक्रामक बनेको छ । सोमबार बिहानै इतर समूहका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवामाथि चोटिलो प्रहार गर्दै असफल व्यक्ति सधैँ सत्तामा पुग्ने गरेको सामाजिक सञ्जालमार्फत लेखेका थिए । ‘यो देशकै विडम्बना हो, सर्वत्र असफल व्यक्तिहरू बारम्बार सत्ता सम्हाल्न पुग्छन्,’ पौडेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

कांग्रेसमा महाधिवेशन: शक्ति देखाउन समूहपिच्छे रणनीति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको रन्को सुरु भएको छ । ७ देखि १० फागुन २०७७ मा १४औं महाधिवेशन गर्ने निर्णय गरेको कांग्रेसभित्र संस्थापन समूह, संस्थापन इतर समूह र पुरानो संस्थापन समूह (कोइराला परिवार) कसरी महाधिवेशनलाई आफ्नो पक्षमा पार्न सकिन्छ भन्नेतर्फ अघि बढिसकेका छन् । संस्थापन समूहबाट फेरि पनि सभापतिका लागि शेरबहादुर …