आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको म्याग्दीमा तयारी तीव्र पारिएको छ ।
चुनावका लागि आवश्यक सामग्री म्याग्दीमा आइपुगेको छ । निर्वाचन आयोगले मतदान केन्द्रमा आवश्यक पर्ने ५८ प्रकारका सामग्री पठाएको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले बताए ।