प्रधानमन्त्री एवं विभाजन अघिको नेकपाका अध्यक्ष (हाल नेकपा ओली समूहका अध्यक्ष) केपी शर्मा ओलीसँग स्पष्टीकरण सोधिएको पत्र बोकेर नेकपा (प्रचण्ड–नेपाल) समूहका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे बालुवाटार पुगेका छन् ।
प्रचण्ड–नेपाल समूहले ओलीलाई अध्यक्षबाट हटाएको घोषणा गरे पनि केन्द्रीय समिति सदस्यमा यथावत राखेको थियो । अझै पनि पार्टी हित विपरीतका गतिविधि जारी राखेको भन्दै पार्टीको साधारण सदस्यबाटै किन नहटाउने ? भनेर स्पष्टीकरण सोध्ने निर्णय प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठकले गरेको थियो ।
सोही...