कांग्रेस गण्डकीको संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे निर्वाचित

काठमाडौं : कांग्रेस गण्डकी प्रदेशको संसदीय दलमा सुरेन्द्र पाण्डे निर्वाचित भएका छन्। पाण्डेले १८ मत पाउँदा उनका प्रतिस्पर्धी भोजराज अर्यालले ८ मतमात्र पाए। संस्थापन पक्षबाट उम्मेदवार बनेका पाण्डेको प्रस्तावकमा बिन्दुकुमार थापा र समर्थकमा टकराज गुरुङ थिए। संस्थापनइतरबाट उम्मेदवार बनेका अर्यालको प्रस्तावक महेन्द्रध्वज जिसी र समर्थकमा पार्वती तामाङ थिए। गण्डकीमा कांग्रेसले…

सम्बन्धित सामग्री

गण्डकी कांग्रेस : संसदीय दलको नेतामा २ जनाको मनोनय दर्ता

गण्डकी प्रदेशमा कांग्रेस संसदीय दलको नेतामा २ जनाको मनोनय दर्ता भएको छ ।  कांग्रेस प्रदेश कमिटीले  बुधबार संसदीय दलको नेता छान्न कार्यतालिका तोकिएको थियो । सोही अनुसार २ जनाको उम्मेदवारी परेको हो । मनोनय दर्ताको समय २ बजेसम्म तोकिएको थियो । मतदान दिउँसो ३ बजेबाट सुरू हुने निर्वाचन मण्डल जनाएको छ । दलको नेताका लागि सुरेन्द्र पाण्डे र भोजराज अर्यालको मनोनय दर्ता भएको हो । दलको नेता बन्न ४ जनाले आकांक्षी देखाएपनि अन्तिममा २ जनाले मात्र मनोनय दर्ता गरेका हुन् । सुरेन्द्र पाण्डेको

गण्डकीः कांग्रेस संसदीय दलको नेतामा चारजनाको दाबी

गण्डकी प्रदेशमा कांग्रेस संसदीय दलको नेता सर्वसम्मत चयन नहुने भएको छ। प्रदेशको पहिलो ठूलो दल बनेको कांग्रेसमा संसदीय दलको नेता बन्न आकांक्षी धेरै भएपछि सर्वसम्मत नहुने देखिएको हो। हालसम्म गण्डकी कांग्रेस संसदीय दलको नेता बन्न चार जनाले दाबी गरेका छन्। सं...

गण्डकी प्रदेशमा सरकार बनाउने कसरत

गण्डकी । गण्डकी प्रदेशमा प्रत्यक्षतर्फ १७ सिट जितेर सबैभन्दा ठुलो पार्टी बनेको नेपाली काँग्रेसभित्र संसदीय दलको नेता बन्न नेताहरुबीच दौडधुप सुरु भएको छ । दलको नेता बन्न गण्डकी प्रदेशको काम चलाऊ सरकारका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापा र नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे प्रबल दाबेदारका रूपमा अघि सरेका छन् । थापा कास्की […]

गण्डकी काँग्रेसमा संसदीय दलको नेता बन्न थापा र पाण्डे भिड्दै

प्रत्यक्षतर्फ १७ सिटमा जित हासिल गर्दै गण्डकी प्रदेशमा सबैभन्दा ठुलो पार्टी बनेको नेपाली काँग्रेसभित्र संसदीय दलको नेता बन्न नेताहरुबीच दौडधुप सुरु भएको छ । दलको नेता बन्न नेताहरुमध्ये गण्डकी प्रदेशको काम चलाऊ सरकारका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापा र नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे प्रबल दाबेदारका रूपमा अघि सरेका छन् । थापा कास्की २ (ख) बाट दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका हुन् भने पाण्डे गोरखा क्षेत्र नं. २ (ख) बाट निर्वाचित भएका हुन