माधव पक्षको दोस्रो दिनको बैठकमा सहभागी भए सुरेन्द्र पाण्डे

नेकपा एमालेको माधवकुमार नेपाल पक्षको केन्द्रीय समितिको दोस्रो दिनको बैठकमा सुरेन्द्र पाण्डे सहभागी भएका छन् । पहिलो दिनको बैठकमा सहभागी नभएका उनी दोस्रो दिनको बैठकमा भने सहभागी भएका हुन् ।पीएसओलाई कोरोना देखिएको र आफू  कन्ट्याक्ट ट्रेसिङमा परेकाले बिहीबारको बैठकमा सहभागी हुन नपाएको पाण्डेले जानकारी गराएका थिए । कतिपयले देउवाले विश्वासको मत लिँदा उनीलगायतका केही सांसदले बहिस्कार गरेकाले नेपाल कित्ता छाडेको रुपमा समेत हेरेका थिए । आजको बैठकमा उनको सहभागितासँगै नेपाल पक्षलाई राहत मिलेको छ

सम्बन्धित सामग्री

गण्डकीमा कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजयी

कास्की – नेपाली कांग्रेसकाे गण्डकी प्रदेश सभा संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजयी हुनुभएकाे छ ।  केहीबरेअघि सकिएकाे मतगणनाअनुसार पाण्डेले १८ मत प्राप्त गर्नुभएकाे छ । उहाँका प्रतिस्पर्धी भोजराज अर्यालले आठ मत पाउँदा एक मत बदर भएको छ । संस्थापन पक्षबाट उम्मेदार बन्नुभएका पाण्डेको प्रस्तावकमा विन्दुकुमार थापा र समर्थकमा टकराज गुरुङ हुनुहुन्थ्याे । संस्थापन इतरबाट उम्मेदवार बन्नुभएका अर्यालको प्रस्तावकमा महेन्द्रध्वज जिसी र समर्थकमा पार्वती तामाङ हुनुहुन्थ्याे ।  गण्डकी प्रदेश सभामा कांग्रेसले प्रत्यक्षतर्फ १८...

कांग्रेस गण्डकीको संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे निर्वाचित

काठमाडौं : कांग्रेस गण्डकी प्रदेशको संसदीय दलमा सुरेन्द्र पाण्डे निर्वाचित भएका छन्। पाण्डेले १८ मत पाउँदा उनका प्रतिस्पर्धी भोजराज अर्यालले ८ मतमात्र पाए। संस्थापन पक्षबाट उम्मेदवार बनेका पाण्डेको प्रस्तावकमा बिन्दुकुमार थापा र समर्थकमा टकराज गुरुङ थिए। संस्थापनइतरबाट उम्मेदवार बनेका अर्यालको प्रस्तावक महेन्द्रध्वज जिसी र समर्थकमा पार्वती तामाङ थिए। गण्डकीमा कांग्रेसले…

गण्डकीमा कांग्रेसकै नेतृत्वमा सरकार, मुख्यमन्त्री मै हुँ : सुरेन्द्र पाण्डे

२३ मंसिर, पोखरा । चुनावी अभियानका क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १३ कात्तिकमा गोरखामा भनिदिए, सुरेन्द्र पाण्डे मुख्यमन्त्री बन्छन् ।’ कांग्रेसबाट गोरखा २ (१) मा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका पाण्डेलाई मुख्यमन्त्री बनाउन कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल भइसकेको बताए । चितवनबाट गोरखा पुगेर क्षेत्र नम्बर २ बाट प्रचण्डले जित्दा प्रदेश सभा २ मा […]

गोरखा २ 'ख' बाट कांग्रेसका सुरेन्द्र पाण्डे निर्वाचित

गोरखा २ 'ख' बाट नेपाली कांग्रेसका सुरेन्द्र पाण्डे निर्वाचित भएका छन् ।

चितवन-१ मा घण्टीको अग्रता कायमै, सुरेन्द्र पाण्डे दोस्रो

६ मंसिर, काठमाडौं  । चितवन-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले अग्रता कायम राखेका छन् । दोस्रो स्थानमा नेकपा एमालेका सुरेन्द्र पाण्डे आएका छन् । मंगलबार दिउँसोसम्म १९ हजार ८१९ मत गणना हुँदा ढकालले ६ हजार ३६७ मत ल्याउँदा एमालेका पाण्डेले ६ हजार ४८ मत पाएका छन् । त्यस्तै नेपाली कांग्रेसका विश्व पौडेलले ५ हजार […]

सुरेन्द्र पाण्डे : प्रतिकूल चुनावी अंकगणितमा ‘ह्याट्रिक’ प्रयास

चितवन निर्वाचन क्षेत्र नं. १ बाट यसअघि दुई पटक निर्वाचित एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे ह्याट्रिकको दाउमा छन् । अवस्था भने यसपटक २०७४ को जस्तो अनुकूल छैन ।

सुरेन्द्र पाण्डे माधव नेपाल पक्षधर बैठकमा किन गएनन्

काठमाडौं, २१ साउन । नेकपा एमालेको माधवकुमार नेपाल पक्षधर केन्द्रीय सदस्यहरुको बैठकमा सुरेन्द्र पाण्डे अनुपस्थित भएपछि चासो भएको छ । लामो समययता नेपालको साथमा रहेका पाण्डे बैठकमा नजानुले कतिपय केन्द्रीय सदस्यहरुले मुखामुख गरेका थिए । पाण्डे भने आइशोलेशनमा छन् । उनका चालक कोरोना भाइरसको संक्रमित भएपछि उनी कन्ट्रयाक ट्रेसिङमा परेका छन् । पाण्डेसँग बुझ्दा उनले […]

भीम रावललाई सुरेन्द्र पाण्डे र झपट रावलले रोक्न खोज्दा…

काठमाडौं, ३ साउन । सभामुख अग्निप्रसाद सापकोटालाई सांसद पदबाट राजीनामा बुझाएर बाहिर आएका नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पत्रकारसामु पत्र पढ्दै थिए । यत्तिकैमा उनलाई रोक्न सुरेन्द्र पाण्डे र झपट रावल अगाडि बढे । रावलले तान्न खोजे । पाण्डेले त पत्र नै तान्न खोजे । तर, रावल जंगिए । उनले भने,‘प्लीज प्लीज ।’ त्यसपछि दुवै […]

ओली र नेपालपछि विष्णु पौडेल र सुरेन्द्र पाण्डे पनि पुगे मेरियट

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ताका लागि होटल मेरियट पुगेको केही बेरमा उपप्रधानमन्त्री समेत रहेका नेता विष्णु पौडेल पनि पुगेका छन् । पाैडेलसँगै सुरेन्द्र पाण्डे पनि बैठक स्थल पुगेका छन् । एमाले विवाद समाधान गर्ने प्रयासस्वरुप अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता भइरहेका बेला पौडेल र पाण्डे पनि मेरियट पुगेका हुन् । यसअघि अध्यक्ष ओलीले नेता नेपालसहित २७ जना नेताहरुलाई स्पष्टिकरण सोधेको भोलिपल्ट अर्थात गत बैशाखमा ८ गते पनि ओली र नेपाल हो

ओलीलाई स्पष्टीकरण सोधिएको पत्र बोकेर सुरेन्द्र पाण्डे बालुवाटारमा

प्रधानमन्त्री एवं विभाजन अघिको नेकपाका अध्यक्ष (हाल नेकपा ओली समूहका अध्यक्ष) केपी शर्मा ओलीसँग स्पष्टीकरण सोधिएको पत्र बोकेर नेकपा (प्रचण्ड–नेपाल) समूहका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे बालुवाटार पुगेका छन् । प्रचण्ड–नेपाल समूहले ओलीलाई अध्यक्षबाट हटाएको घोषणा गरे पनि केन्द्रीय समिति सदस्यमा यथावत राखेको थियो । अझै पनि पार्टी हित विपरीतका गतिविधि जारी राखेको भन्दै पार्टीको साधारण सदस्यबाटै किन नहटाउने ? भनेर स्पष्टीकरण सोध्ने निर्णय प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठकले गरेको थियो । सोही...