कर्मचारीमा कोरोना सङ्क्रमणपुष्टि भएपछि मालपोत सेवा बन्द

स्याङजा मालपोत कार्यालयका कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि कार्यालय बन्द गरिएको छ । कार्यालयमा रहेका १२ कर्मचारीमा एन्टिजिन परीक्षण गराउँदा पाँचमा कोभिड– १९ पुष्टि भएपछि बुधबारदेखि सम्पूर्ण सेवा बन्द गरिएको कार्यालय प्रमुख रविन अधिकारीले बताए  ।कर्मचारीमा ज्वरो आउने, जिउ दुख्ने, रुघाखोकी लाग्ने जस्ता लक्षण देखिएपछि स्थानीय प्राथमिक अस्पतालमा परीक्षण गराउँदा सङ्क्रमण पुष्टि भएकाले  जिल्ला प्रशासन कार्यालयको स्वीकृतिमा कार्यालय बन्द गरिएको उनको भनाइ थियो । 

सम्बन्धित सामग्री

कोहलपुरबाट मालपोत र नापी सेवा

नेपालगन्ज– बाँकेको कोहलपुर नगरपालिकाबाट मालपोत र नापी कार्यालयको सेवा शुभारम्भ गरिएको छ । सेवाग्राहीलाई सरल र सहज तरिकाबाट सेवा प्रदान गर्ने उद्देश्यले बुधबार एक कार्यक्रमका बीच भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठ चौधरीले औपचारिक रूपमा उद्घाटन गरेसँगै सेवा सुचारु भएको हो । कार्यालयको सेवा प्रवाह शुभारम्भ गर्दै मन्त्री चौधरीले कोहलपुर क्षेत्रका नागरिकहरू मालपोत […]

भरतपुर मालपोत कार्यालयको सेवा बन्द

चितवन : प्रमुखसहित चार जना कर्मचारीमा कोरोना संक्रमण भएपछि भरतपुर मालपोत कार्यालयको सेवा बन्द गरिएको छ।आज कार्यालयले सूचना प्रकाशित गरी कार्यालय प्रमुखसहित चार जनामा संक्रमण देखिएकोले केही दिनको लागि सेवा स्थगित गरिएको जनाएको छ। सूचना अनुसार आजदेखि माघ १६ गतेसम्म सेवा स्थगित हुनेछ।कार्यालयका सूचना अधिकारी हेम तिमिल्सिनाले कार्यालय प्रमुख, एक मालपोत अधिकृत र दुईजना नायब सुब्बामा कोरोना संक्रमण भएको छ। संक्रमित कर्मचारीको सम्पर्कमा आएका अन्य कर्मचारीहरू होम आइसोलेसनमा बस्नु परेकोले सेवा प्रवाह गर्

सुर्खेतमा मालपोत कार्यालयको सेवा दुई साता बन्द

२ भदौ, सुर्खेत । मालपोत कार्यालय सुर्खेतले बुधबारदेखि अत्यावश्यक बाहेकका सेवा दुई साताका लागि बन्द गरेको छ । कार्यालयले सूचना जारी गर्दै कार्यरत कर्मचारीहरूमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएपछि दुई साता सेवा प्रवाह स्थगन गरिएको जनाएको छ । सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा रही प्रदान गरिँदै आएका सम्पूर्ण सेवा भदौ २ देखि १५ गतेसम्म स्थगन गरिएको […]

पाल्पा : मालपोत कार्यालयका सबै सेवा रोकियो

पाल्पा : कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि मालपोत कार्यालय पाल्पाका सम्पूर्ण सेवा रोकिएका छन्। मंगलबार (आज) देखि यही साउन ३२ गते सोमबारसम्म कार्यालय बन्द रहने निमित्त प्रमुख इविन्द्रराज बस्यालले बताए।मालपोत अधिकृतसहित ५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयका सबै सेवा बन्द गर्नुपरेको र आन्तरिक काम भने भैरहने उनले बस्यालले जानकारी दिए।सेवाग्राहीमा कोरोना फैलिनसक्ने संभावना मध्यनजर गरी कार्यालयबाट प्रवाह हुने सबै प्रकारका सेवा एक हप्ताका लागि बन्द गर्नु परेको उनको भना

मालपोत कार्यालयको सेवा अब डिजिटल प्रविधिबाट

सिमकोट – जिल्ला मालपोत कार्यालयले डिजिटल प्रविधिबाट सेवा प्रवाह गर्न थालेको छ। पेपरलेस कार्यालय बनाउने लक्ष्यसाथ सेवा प्रविधिबाट काम गर्न विस्तार गरिएपछि सेवाग्राहीलाई अनलाइनबाटै सेवा दिन थालिएको हो। जिल्ला मालपोत कार्यालय हुम्लामा जग्गा रजिस्ट्रेसनको काम गर्न आएकी वसन्ती शाहीले पहिलेजस्तो कागजी लेखापढी नभएर कम्प्युटरबाट गर्न पाएको बताइन्। उनले काम पनि छिटो र सेवाग्राहीले ढिलोसम्म कुर्नु […]

मालपोत कार्यालयको सेवा प्रवाह भू–सेवा केन्द्र मार्फत

मालपोत कार्यालयको सेवा प्रवाहका लागि आगामी आइतबारदेखि अनिवार्य भू–सेवा केन्द्रमार्फत सञ्चालन हुने भएको छ । जिल्ला मालपोत कार्यालयबाट प्रवाह हुँदै आएको सेवा प्रवाहलाई विकेन्द्रित गरी भू–सेवा केन्द्रमार्फत सहज बनाउन लागिएको हो ।मालपोत कार्यालयको सेवा प्रवाह स्थानीय तहबाट गर्ने भनिएपनि कार्यन्वयनमा चुनौति देखिएको छ । मालपोत कार्यालयका सेवा प्रवाहका लागि स्थानीय तहमा भू–सेवा केन्द्र सञ्चालनका लागि […]

मालपोत र नापी कार्यालयका सेवा स्थगित

जनकपुरधाम । कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै आजदेखि धनुषा जिल्लाको मालपोत र नापी कार्यालयद्वारा प्रवाह गरिँदै आएको सेवा स्थगन गरिएको छ । मालपोत कार्यालयद्वारा जारी सूचनाअनुसार धनुषा जिल्लामा पनि कोरोना प्रभावितको सङ्ख्या बढ़दै गएकाले महामारीको प्रकोपबाट बच्न मुद्दाबाहेकका सेवा अर्को सूचना नभएसम्मका लागि स्थगन गरिएको छ । कार्यालय प्रमुख वासुप्रसाद कोइरालाले भीडभाड कम गरी कार्यालय […]

धनुषाको मालपोत र नापी कार्यालयको सेवा बन्द

जनकपुरधाम : धनुषाको मालपोत र नापी कार्यालय आजदेखि अनिश्चितकालका लागि बन्द गरिने भएको छ।  कोरोनाको संक्रमण बढ्दै गएको भन्दै सेवाग्राहीको अत्यधिक घुइँचो हुने मालपोत र नापी कार्यालयले सेवा बन्द गर्ने निर्णय भएको हो।धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको निर्देशनमा अत्यधिक घुइँचो हुने दुई कार्यालयको सेवा अर्को सूचना नभएसम्म स्थगन गर्ने निर्णय भएको जानकारी दिए। मालपोत तथा नापी कार्यालयमा सेवाग्राहीको अत्यधिक घुइँचो हुने भएको र यसले कोरोना संक

आइतबारदेखि धनुषाको मालपोत र नापी कार्यालयका सेवा बन्द

भूमिसुधार तथा मालपोत कार्यालय धनुषाले मुद्दाबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ

मालपोत कार्यालय काभ्रेले बार अनुसार सेवा दिने

मालपोत कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकले बुधबारदेखि बारअनुसारको सेवा दिने भएको छ।