पाल्पा : मालपोत कार्यालयका सबै सेवा रोकियो

पाल्पा : कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि मालपोत कार्यालय पाल्पाका सम्पूर्ण सेवा रोकिएका छन्। मंगलबार (आज) देखि यही साउन ३२ गते सोमबारसम्म कार्यालय बन्द रहने निमित्त प्रमुख इविन्द्रराज बस्यालले बताए।मालपोत अधिकृतसहित ५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयका सबै सेवा बन्द गर्नुपरेको र आन्तरिक काम भने भैरहने उनले बस्यालले जानकारी दिए।सेवाग्राहीमा कोरोना फैलिनसक्ने संभावना मध्यनजर गरी कार्यालयबाट प्रवाह हुने सबै प्रकारका सेवा एक हप्ताका लागि बन्द गर्नु परेको उनको भना