सुर्खेतमा मालपोत कार्यालयको सेवा दुई साता बन्द

२ भदौ, सुर्खेत । मालपोत कार्यालय सुर्खेतले बुधबारदेखि अत्यावश्यक बाहेकका सेवा दुई साताका लागि बन्द गरेको छ । कार्यालयले सूचना जारी गर्दै कार्यरत कर्मचारीहरूमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएपछि दुई साता सेवा प्रवाह स्थगन गरिएको जनाएको छ । सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा रही प्रदान गरिँदै आएका सम्पूर्ण सेवा भदौ २ देखि १५ गतेसम्म स्थगन गरिएको […]