सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक-एकजना नायव महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका डीआईजी वसन्त लामा र सशस्त्र प्रहरीका डीआईजी नारायणदत्त पौडेललाई एआईजीमा बढुवा गरेको हो ।