सरकारी लेखाको आन्तरिक लेखा परीक्षण गराउन तयार भयो छुट्टै संयन्त्र

३१ असार, काठमाडौं । सरकारी लेखाको आन्तरिक लेखा परीक्षण गराउन अब छुट्टै संयन्त्र तयार भएको छ । यस्तो संयन्त्रले आगामी आर्थिक वर्ष २०७८/७९ बाट काम थाल्ने छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार आन्तरिक लेखा परीक्षण यसअघि लेखा समूहका कर्मचारीलाई न्यूनतम अवधि तोकी खटाउने गरिएको थियो । यसरी खटाउँदा एउटै कर्मचारीबाट लेखापालन र आन्तरिक लेखा परीक्षण […]

सम्बन्धित सामग्री

काठमाण्डौ महानगरकाे सेवा आजदेखि काठमाण्डौ प्लाजाबाट

काठमाण्डाै - काठमाण्डौ महानगरपालिकाले आजदेखि काठमाण्डौ प्लाजाबाट सेवा दिने तयारी गरेको छ । सुन्धारामा रहेको महानगरको कार्यालय काठमाण्डौ प्लाजामा सारिएको छ । प्रशासन विभागसँगै प्रमुख प्रशासकीय अधिकृतको सचिवालय, अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय र पाँचौँ तलामा रहेको वित्त विभाग, आन्तरिक लेखा परीक्षण एकाईलगायतका कार्यालय नयाँ भवनमा सारिएको छ । अहिले १४ विभागीय र ५८ महाशाखाले भाडाकै घरबाट विभिन्न १० ठाउँबाट सेवा दिइरहेका छन् । महानगरका सहायक प्रवक्ता दीपक अधिकारीका अनुसार अहिले प्लाजामा सरसफाइ गर्ने, इन्टरनेट राख्ने...

काठमाडौं महानगरमा ५ विभागीय प्रमुख हेरफेर

६ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकामा ५ विभागीय प्रमुखहरु हेरफेर भएका छन् । महानगरका अनुसार महानगरको सामाजिक विकास विभागका दीपक अधिकारी प्रशासन विभागमा आएका छन् भने वित्त विभागका यादव घिमिरे आन्तरिक लेखा परीक्षण विभागमा सरुवा भएका छन् । विभागकै गोपाल पोखरेललाई सामाजिक विकास विभागमा, नुरनिधि न्यौपाने मेयरको सचिवालय तथा विभागीय प्रमुखमा र सहायक प्रवक्ता रहेका प्रशासन […]

१३ खर्ब ९ अर्ब बजेट खर्च गर्दा साढे २८ अर्ब बेरुजु

१६ मंसिर, काठमाडौं । नेपालमा एक वर्षको अवधिमा साढे २८ अर्ब रुपैयाँ बराबरको बेरुजु देखिएको छ । महालेखा नियन्त्रकको आन्तरिक लेखा परीक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/७९ मा मात्र विनियोजन, राजस्व, धरौटी र कार्य सञ्चालन कोषतर्फको लेखा परीक्षणबाट २८ अर्ब ४९ करोड ३५ लाख रुपैयाँ बेरुजु कायम भएको हो । सरकारले यस आवमा कुल १६ […]

… मुगु भ्रमणको नूतन अनुभव !

विभिन्न रमणीय स्थलहरूको स्वप्निल बहार लुटी बिहान ६ बजे उठ्यौं। सनातनी नित्यकर्म स्वरूप हातमुख धोई चियापान पछि प्रेम कार्की, होम दाइ र म लक्षित कार्यारम्भतर्फ लागियो, काम थियो – सीमा प्रहरी चौकीको आन्तरिक लेखा परीक्षण ! १० बजेतिर खाना खाई पुनः त्यही काममा जुटेर ४ बजाइयो। आलुको झारा खाई असई घिमिरेजी, प्रेमजी र म छ्याङ […]

बेरुजु १२२ % बढ्यो

अघिल्लो आर्थिक वर्ष २०७६-०७७ को तुलनामा गत आर्थिक वर्ष २०७७-०७८ मा बेरुजु करिब १२२ प्रतिशतले बढेको महालेखा नियन्त्रक कार्यालयको आन्तरिक लेखा परीक्षण प्रतिवेदनले देखाएको छ । बुधबार कार्यालयले सार्वजनिक गरेको लेखापरीक्षणको सारांशमा बजेट खर्चतर्फ २५ अर्ब २६ करोड रुपैयाँ बराबरको बेरुजु देखिएको छ ।आर्थिक वर्ष ०७६-०७७ मा भने ११ अर्ब ३९ करोड ९७ लाख रुपैयाँ […]

नेपाल लेखा परीक्षण व्यवस्थापन प्रणाली कार्यान्वयनमा

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक निकायको अन्तिम लेखा परीक्षणलाई सूचना प्रविधिको माध्यमबाट सम्पन्न गर्न नेपाल लेखा परीक्षण व्यवस्थापन प्रणाली (न्याम्स) कार्यान्वयनमा ल्याएको छ । अब लेखा परीक्षण, योजना, प्रतिवेदन, सम्परीक्षणलगायत सम्पूर्ण कार्य सो प्रणालीका माध्यमबाट हुने कार्यालयले जनाएको छ । उक्त प्रणाली आजदेखि नै कार्यान्वयनमा आएको छ । अब सार्वजनिक निकायले आन्तरिक लेखा परीक्षण […]

जनकपुरधाम उपमहानगरको आर्थिक कारोबार ठप्प

जनकपुरधाम उपमहानगरपालिकाले नयाँ आर्थिक वर्षको खाता सञ्चालन गर्न नसक्दा दुई महिनाभन्दा लामो समयदेखि आर्थिक कारोबार हुन सकेको छैन । स्थानीय तहको आन्तरिक लेखा परीक्षण विवरण प्राप्त गरेपछि कोष तथा लेखा नियन्त्रकको कार्यालयले सम्बन्धित स्थानीय तहको खाता नयाँ आर्थिक वर्षका लागि नवीकरण गराउने प्रावधान छ । तर जनकपुरधाम उपमहानगरपालिकाले आन्तरिक लेखा परीक्षणको फाइल कोष तथा लेखा नियन्त्रकको कार्यालयलाई उपलब्ध नगराएका कारण अझै खाता सञ्चालन हुन नसकेको हो ।नगर प्रमुख लालकिशोर साहले अघिल्लो आर्थिक वर्षको आन्तर

गुणस्तरीय आन्तरिक लेखा परीक्षण

वित्तीय उत्तरदायित्वको अन्तिम मूल्याङ्कनकर्ता सर्वोच्च लेखा परीक्षण निकाय र संसद् भए पनि उत्तरदायित्वको आधार सिर्जना गर्ने काम व्यवस्थापन (कार्यकारिणी) को हो । व्यवस्थापनले सङ्कलित राजस्व, विनियोजित रकम र सार्वजनिक सम्पत्तिको तथ्यगत हिसाब राख्ने, विश्लेषण गर्ने र हिसाब बुझाउने काम गर्दछ । आर्थिक कारोबारलाई व्यवस्थित, स्वच्छ र शुद्ध बनाई सोको विवरण र प्रतिवेदन महालेखा परीक्षक (र यसमार्फत संसद्) लाई बुझाउने र आफूबाट सम्पादित वित्तीय कारोबारको स्पष्ट परीक्ष