काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रणालीलाई पछ्याउने र कानुनको पालनामा सजग भएपछि बेरुजुको मात्रा घट्ने बताएका छन्। आन्तरिक लेखा परीक्षण तथा बेरुजु सम्परीक्षण एकाईले वडा सचिव, लेखापाल र इञ्जिनियरहरूसँग शुक्रबार गरेको अन्तरक्रियाका क्रममा उनले यस्तो बताएका हुन्। 'सानातिना कुरामा ख्याल नपुग्दा तथा यस्ता कुरालाई ध्यान नदिँदा कहिलेकाहीँ असल नियतले गरेका कामका विषयमा प्रश्न आउन सक्छन्।’ प्रमुख शाहले भने, ‘वित्तीय अनुशासनको पालना गरेर बेरुजु हुन नदिने व