माछापुच्छ्रे बैंकले ल्यायो कार्डलेस भुक्तानी सुविधा, ओटीपी गोप्य राख्दै सहज कारोबार हुने

काठमाडौं। एटीएममा डेविट कार्ड राखेर पैसा झिक्ने चलन पुरानो हुँदैछ। बैंकहरुले धमाधम सुरु गरेको कार्डलेस भुक्तानी सेवा माछापुच्छ्रे बैंकले पनि

सम्बन्धित सामग्री

सिटिजन्स बैंक र पार्क सफारी बीच १० % छूट दिने सम्झौता

चैत २६, चितवन । सिटिजन्स बैंक इन्टरनेसनल र चितवनस्थित पार्क सफारी रिसोर्ट बीच बैंकका कार्डबाहकहरुलाई १० प्रतिशत छूट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपछि कम्पनीका कार्डबाहकहरुले पार्क सफारी रिसोर्टका सबै सेवासुविधामा १० प्रतिशत छूट पाउने छन् । कम्पनीले यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास लिएको छ । कम्पनीले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था समेत गरेको छ । यस्तै, मोबाइल बैंकिङमार्फत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोस्टपेड मोबाइल बिल भुक्तानी, कार्डलेस विथड्रल र मुद्दती खाताको आवेदन दिन सक्नेलगायतका व्यवस्थासमेत गरेको जानकारी कम्पनीले दिएको छ । आगामी वैशाख ७ गतेको वार्षिकोत्सवलाई ध्यानमा राखेर कम्पनीले चैत ७ गतेदेखि वैशाख ७ गतेसम्म एक महीनाको लागि लागू हुने गरी विभिन्न सेवा सुविधामा भारी छूट र क्यास ब्याकलगायतका योजनाहरु पनि सार्वजनिक गरेको छ । सो योजनाअन्तर्गत डेबिट/ क्रेडिट कार्ड प्रयोगकर्ताहरुले पस मेसिन र अनलाईनमार्पmत १ हजार वा बढीको कारोबार गर्दा एकमुष्ट २०० रुपैयाँ क्यासब्याक दिइने छ ।  साथै कम्पनीले  ५ लाख रुपैयाँसम्मको दूर्घटना बीमा तथा ५० हजारसम्मको स्वास्थ्य बीमा सुविधासहितको सिटिजन्स संरक्षित बचत खाता खोल्दा बचतकर्ताहरुको लागि निःशुल्क डेबिट कार्ड, मोबाइल/ इन्टरनेट बैंकिङ, डिम्याट खाता प्रदान गर्नुका साथै देशभरका कुनै पनि बैकको एटीएमबाट निःशुल्क रकम निकाल्न सकिने व्यवस्था गरेको बताएको  छ ।

सिटिजन्स बैंक–बर्दिवास जनसेवा अस्पताल सम्झौता

काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेसनल र सर्लाहीको बर्दिवास जनसेवा अस्पतालबीच व्यावसायिक साझेदारीका लागि सम्झौता भएको छ । उक्त अस्पतालमा बैंकको कार्डमार्फत भुक्तानी गर्दा सेवाग्राहीलाई १० प्रतिशत छूट दिने सम्झौता भएको हो । मंगलवार भएको उक्त सम्झौताबाट ग्राहक वर्ग लाभान्वित हुने विश्वास बैंकको छ । बैंकले मोबाइल बैंकिङमार्फत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी गर्न सक्ने सुविधा समेत उपलब्ध गराएको जानकारी दिएको छ । त्यस्तै प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, कार्डलेस विथड्रल र मुद्दती खाताका लागि अनलाइनमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको बैंकले बताएको छ । कार्ड स्वाइप र अनलाइन बैंकिङमा पनि क्यासब्याक दिइने बैंकले बताएको छ । ‘योजना अन्तर्गत डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले पोस मेशिन र अनलाइनमार्फत रू. १ हजार वा बढीको कारोबार गर्दा एकमुष्ट रू. २ सय क्यासब्याक दिइनेछ’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सिटिजन्स बैंकको कार्डलेस सुविधा

काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेशनलले ग्राहक सुविधा लक्षित कार्डलेस क्यास विड्रल सेवा सुरु गरेको छ । यो सुविधामार्फत बंैकका मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकले बिनाकार्ड एटीएमबाट रकम  निकाल्न सक्नेछन् । यो प्रविधिमा मोबाइलमा पासवर्ड प्राप्त गरी सो पासवर्ड, निकाल्न खोजिएको रकम र मोबाइल नम्बर एटीएम मेसिनमा प्रविष्ट भएपछि रकम निकाल्न सकिनेछ । नयाँ प्रविधि सरल एवं सहज हुनुका साथै आफूसँग कार्ड नभएको अवस्थामा समेत एटीएमबाट पैसा निकाल्न सकिने बैंकले बताएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बिनाकार्ड एटीएमबाट पैसा निकाल्ने प्रविधि डिजिटल बंैकिङको क्षेत्रमा महत्वपूर्ण भएको बताए । ग्राहकले आफ्नो मोबाइलबाटै सम्पूर्ण बैंकिङ कारोबार गर्ने समय आएको र बैंकले पनि सोहीअनुसार काम गरिरहेको उनले जानकारी दिए । बैंकले यसअघि मोबाइलबाटै खाताको विवरण हेर्ने, विभिन्न उपयोगी सेवाको भुक्तानी, रकमान्तर, नयाँ कार्ड तथा पिन अनुरोध गर्ने, मुद्दती खाता खोल्ने, कर्जा अनुरोध गर्ने, अनलाइन खाता खोल्ने, केवाईसीजस्ता सुविधा दिँदै आएको छ । बैंकले हाल १७४ शाखामार्फत बैंकिङ सेवा दिँदै आएको छ भने छिट्टै काठमाडौं उपत्यकामा थप ६ शाखा विस्तारको तयारी भइरहेको बताएको छ ।