सिटिजन्स बैंकको कार्डलेस सुविधा

काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेशनलले ग्राहक सुविधा लक्षित कार्डलेस क्यास विड्रल सेवा सुरु गरेको छ । यो सुविधामार्फत बंैकका मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकले बिनाकार्ड एटीएमबाट रकम  निकाल्न सक्नेछन् । यो प्रविधिमा मोबाइलमा पासवर्ड प्राप्त गरी सो पासवर्ड, निकाल्न खोजिएको रकम र मोबाइल नम्बर एटीएम मेसिनमा प्रविष्ट भएपछि रकम निकाल्न सकिनेछ । नयाँ प्रविधि सरल एवं सहज हुनुका साथै आफूसँग कार्ड नभएको अवस्थामा समेत एटीएमबाट पैसा निकाल्न सकिने बैंकले बताएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बिनाकार्ड एटीएमबाट पैसा निकाल्ने प्रविधि डिजिटल बंैकिङको क्षेत्रमा महत्वपूर्ण भएको बताए । ग्राहकले आफ्नो मोबाइलबाटै सम्पूर्ण बैंकिङ कारोबार गर्ने समय आएको र बैंकले पनि सोहीअनुसार काम गरिरहेको उनले जानकारी दिए । बैंकले यसअघि मोबाइलबाटै खाताको विवरण हेर्ने, विभिन्न उपयोगी सेवाको भुक्तानी, रकमान्तर, नयाँ कार्ड तथा पिन अनुरोध गर्ने, मुद्दती खाता खोल्ने, कर्जा अनुरोध गर्ने, अनलाइन खाता खोल्ने, केवाईसीजस्ता सुविधा दिँदै आएको छ । बैंकले हाल १७४ शाखामार्फत बैंकिङ सेवा दिँदै आएको छ भने छिट्टै काठमाडौं उपत्यकामा थप ६ शाखा विस्तारको तयारी भइरहेको बताएको छ ।  

सम्बन्धित सामग्री

सिटिजन्स बैंक–बर्दिवास जनसेवा अस्पताल सम्झौता

काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेसनल र सर्लाहीको बर्दिवास जनसेवा अस्पतालबीच व्यावसायिक साझेदारीका लागि सम्झौता भएको छ । उक्त अस्पतालमा बैंकको कार्डमार्फत भुक्तानी गर्दा सेवाग्राहीलाई १० प्रतिशत छूट दिने सम्झौता भएको हो । मंगलवार भएको उक्त सम्झौताबाट ग्राहक वर्ग लाभान्वित हुने विश्वास बैंकको छ । बैंकले मोबाइल बैंकिङमार्फत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी गर्न सक्ने सुविधा समेत उपलब्ध गराएको जानकारी दिएको छ । त्यस्तै प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, कार्डलेस विथड्रल र मुद्दती खाताका लागि अनलाइनमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको बैंकले बताएको छ । कार्ड स्वाइप र अनलाइन बैंकिङमा पनि क्यासब्याक दिइने बैंकले बताएको छ । ‘योजना अन्तर्गत डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले पोस मेशिन र अनलाइनमार्फत रू. १ हजार वा बढीको कारोबार गर्दा एकमुष्ट रू. २ सय क्यासब्याक दिइनेछ’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सिटिजन्स बैंक र एस.ई.ई.डी ल्याबबीच छूट सम्बन्धी समझदारी

फागुन २, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र एस.ई.ई.डी ल्याब प्रा. लि. बुटवल बीच सिटिजन्स बैंकको कार्डबाहकहरूलाई ३०% छूट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले एस.ई.ई.डी ल्याब प्रालिको सबै सेवा सुविधामा ३०% छूट पाउने भएका छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ । बैंकले हलसालै मोबाइलबाट कार्डलेस विथड्रल सेवाको पनि सुरुवात गरेको बताएको छ । यो सुविधा मार्पmत सिटिजन्स बैंकका मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकहरुले बीना कार्ड एटिएमबाट पैसा निकाल्न सक्नेछन् । यसबाहेक बैंकले मोबाइलबाटै मुद्दती खाताको आवेदन दिन सक्ने व्यवस्था समेत गरेको जानकारी बैंकले गराएको छ । सिटिजन्स बैंकले १७४ ओटा शाखा, १२३ ओटा ए.टि.एम. र ९२ ओटा शाखा रहित बैंकिङ ईकाईहरुबाट १३ लाखभन्दा बढि ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

सिटिजन्स बैंक र हंग्री फास्ट फूडबीच समझदारी

फागुन १, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र हंग्री फास्ट फुड निजगढ बीच सिटिजन्स बैंकको कार्डबाहकहरूलाई १५% छूट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  उक्त समझदारी पत्रमा हस्ताक्षर पश्चात सिटिजन्स बैंकका कार्डबाहकहरुले हंग्री फास्ट फुडको सबै सेवा सुविधामा १५ प्रतिशत छूट पाउने भएका छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ । मोबाइल बैकिङ मार्पmत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी जस्ता सुविधा बैंकले प्रदान गर्दै आएको छ ।  बैंकले हलसालै मोबाइलबट कार्डलेस विथड्रल सेवाको पनि सुरुवात गरेको छ । यो सुविधा मार्पmत सिटिजन्स बैकका मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकहरुले बिना कार्ड एटिएमबाट पैसा निकाल्न सक्नेछन् । यसबाहेक बैंकले मोबाइलबाटै मुद्दती खाताको आवेदन दिन सक्ने व्यवस्था समेत गरेको जानकारी बैंकले गराएको छ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले देशैभरी फैलिएका १७४ ओटा शाखा, १२३  ओटा ए.टि.एम. र ९२ ओटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करीब १३ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।