सिटिजन्स बैंक–बर्दिवास जनसेवा अस्पताल सम्झौता

काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेसनल र सर्लाहीको बर्दिवास जनसेवा अस्पतालबीच व्यावसायिक साझेदारीका लागि सम्झौता भएको छ । उक्त अस्पतालमा बैंकको कार्डमार्फत भुक्तानी गर्दा सेवाग्राहीलाई १० प्रतिशत छूट दिने सम्झौता भएको हो । मंगलवार भएको उक्त सम्झौताबाट ग्राहक वर्ग लाभान्वित हुने विश्वास बैंकको छ । बैंकले मोबाइल बैंकिङमार्फत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी गर्न सक्ने सुविधा समेत उपलब्ध गराएको जानकारी दिएको छ । त्यस्तै प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, कार्डलेस विथड्रल र मुद्दती खाताका लागि अनलाइनमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको बैंकले बताएको छ । कार्ड स्वाइप र अनलाइन बैंकिङमा पनि क्यासब्याक दिइने बैंकले बताएको छ । ‘योजना अन्तर्गत डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले पोस मेशिन र अनलाइनमार्फत रू. १ हजार वा बढीको कारोबार गर्दा एकमुष्ट रू. २ सय क्यासब्याक दिइनेछ’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित सामग्री

सिटिजन्स र विनायक अस्पतालबीच छुट सम्झौता

सिटिजन्स बैंक र काठमाडौंस्थित विनायक अस्पताल तथा प्रसूति गृहबीच सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्र भएको छ । सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले विनायक अस्पताल तथा प्रसूति गृहका सेवामा १० प्रतिशतसम्म छुट पाउनेछन् ।

सिटिजन्स बैंक र द मेडिसिटी हस्पिटलबीच सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारत स्थित मेदान्त– द मेडिसिटी हस्पिटल बीच बिहीबार दिल्लीमा सम्झौता भएको छ । सिटिजन्स बैंक र द मेडिसिटि अस्पताल बीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहकलाई अस्पतालको सेवा शुल्कमा १५५ सम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । शुक्रबार दिल्ली स्थित मेदान्त अस्पतालमा उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी […]

सिटिजन्स बैंक र मेडिसिटी बीच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतस्थित मेदान्त–द मेडिसिटी अस्पताल बीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्झौता गरेको छ।...