सिटिजन्स बैंक र पार्क सफारी बीच १० % छूट दिने सम्झौता

 चैत २६, चितवन । सिटिजन्स बैंक इन्टरनेसनल र चितवनस्थित पार्क सफारी रिसोर्ट बीच बैंकका कार्डबाहकहरुलाई १० प्रतिशत छूट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपछि कम्पनीका कार्डबाहकहरुले पार्क सफारी रिसोर्टका सबै सेवासुविधामा १० प्रतिशत छूट पाउने छन् । कम्पनीले यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास लिएको छ । कम्पनीले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था समेत गरेको छ । यस्तै, मोबाइल बैंकिङमार्फत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोस्टपेड मोबाइल बिल भुक्तानी, कार्डलेस विथड्रल र मुद्दती खाताको आवेदन दिन सक्नेलगायतका व्यवस्थासमेत गरेको जानकारी कम्पनीले दिएको छ । आगामी वैशाख ७ गतेको वार्षिकोत्सवलाई ध्यानमा राखेर कम्पनीले चैत ७ गतेदेखि वैशाख ७ गतेसम्म एक महीनाको लागि लागू हुने गरी विभिन्न सेवा सुविधामा भारी छूट र क्यास ब्याकलगायतका योजनाहरु पनि सार्वजनिक गरेको छ । सो योजनाअन्तर्गत डेबिट/ क्रेडिट कार्ड प्रयोगकर्ताहरुले पस मेसिन र अनलाईनमार्पmत १ हजार वा बढीको कारोबार गर्दा एकमुष्ट २०० रुपैयाँ क्यासब्याक दिइने छ ।  साथै कम्पनीले  ५ लाख रुपैयाँसम्मको दूर्घटना बीमा तथा ५० हजारसम्मको स्वास्थ्य बीमा सुविधासहितको सिटिजन्स संरक्षित बचत खाता खोल्दा बचतकर्ताहरुको लागि निःशुल्क डेबिट कार्ड, मोबाइल/ इन्टरनेट बैंकिङ, डिम्याट खाता प्रदान गर्नुका साथै देशभरका कुनै पनि बैकको एटीएमबाट निःशुल्क रकम निकाल्न सकिने व्यवस्था गरेको बताएको  छ ।

सम्बन्धित सामग्री

सिटिजन्स बैंक र चितवन पार्क सफारी रिसोर्टबीच सम्झौता

सिटिजन्स बैंकका ग्राहकले चितवनको पार्क सफारी रिसोर्टको सेवामा १० प्रतिशत छुट पाउने भएका छन् । यसका लागि बैंक र रिसोर्टबीच समझदारी भएको हो ।समझदारीपछि बैंकका कार्डवाहकले पार्क सफारी रिसोर्टका सबै सेवा सुविधामा १० प्रतिशत छुट पाउने बैंकले जनाएको छ ।बैंकले हालसम्म कार्ड नभएका ग्राहकलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था समेत गरेको […]

सिटिजन्स बैंक र पार्क सफारी रिसोर्टबीच छूट सम्झौता

काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेसनल र चितवनको सौराहास्थित पार्क सफारी रिसोर्टबीच ग्राहकलाई छूट दिने सम्झौता गरिएको छ । दुवै संस्थाबीच सिटिजन्स बैंकको कार्ड प्रयोगकर्तालाई रिसोर्टमा १० प्रतिशत छूट दिने सम्झौता भएको हो । सम्झौता अनुसार सिटिजन्स बैंकको कार्डबाट पार्क सफारी रिसोर्टमा १० प्रतिशत छूट पाउने बैंकले जानकारी दिएको छ । सम्झौताबाट बैंकका ग्राहक लाभान्वित हुनेछन् । बैंकले कार्ड नभएका आफ्ना ग्राहकलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन ‘सिटिजन्स इन्स्ट्यान्ट कार्ड’ दिने समेत जानकारी दिएको छ । त्यस्तै मोबाइल बैंकिङमार्फत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी गर्ने सुविधा पनि दिइएको बैंकले बताएको छ । बैंकले आगामी ७ वैशाखमा हुने वार्षिकोत्सवलाई ध्यानमा राखेर चैत ७ देखि वैशाख ७ गतेसम्म विभिन्न सेवामा छूट, क्यासब्याक लगायतको सुविधा दिने बताएको छ । उक्त अवधिमा डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताले पोस मेशिन र अनलाइनमार्फत रू. १ हजारभन्दा बढीको कारोबार गर्दा रू. २०० क्यासब्याक पाउने बैंकको भनाइ छ ।

सिटिजन्स बैंकका कार्डबाहकहरूलाई सफारी रिसोर्टमा १० प्रतिशत छुट

सिटिजन्स बैंक इन्टरनेसनल र चितवनको सौरहास्थित पार्क सफारी रिसोर्टबीच एक सम्झौता भएको छ ।  सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डबाहकहरूलाई सफारीले १० प्रतिशत छुट दिनेछ । सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले पार्क सफारी रिसोर्टका सबै सेवा सुविधामा १० प्रतिशत छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ...

सिटिजन्स बैंक र पार्क सफारी रिसोर्टबीच समझदारी

सिटिजन्स बैंक इन्टरनेसनल र चितवनको सौरहास्थित पार्क सफारी रिसोर्टबीच एक सम्झौता भएको छ ।  सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डबाहकहरूलाई सफारीले १०% छुट दिनेछ ।सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले पार्क सफारी रिसोर्टका सबै सेवा सुविधामा १०% छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।