प्रधानमन्त्रीको रुपमा देउवा निकम्मा भए, अब कांग्रेसलाई ठूलो धक्का पर्छ: डा. सुन्दरमणि दिक्षित

‘केपी ओलीको कारण अहिलेको स्थिति आएको हो, एमसीसीबारे राष्ट्रिय सहमति आवश्यक छ’: भीमसेनदास प्रधान ‘नेपालको ईतिहासमा यो भन्दा असफल सरकार मैले देखेको छैन्’: पोखरेल‘बजेट होलिडे भएर के भएको छ ?, अब केही दिनमै होलिडे खुल्छ र बजेट पारित हुन्छ’ : रामनारायण बिडारी संविधान कार्यान्वयनको पक्षमा केही उदासिनता देखिएको छ : डा. महतो प्रधानमन्त्रीको रुपमा देउवा निकम्मा भए, अब कांग्रेसलाई ठूलो धक्का पर्छ: डा. सुन्दरमणि दिक्षित ...........................................................................................................................................................................प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले अहिलेको राजनीतिक अवस्थाको सिर्जना एमाले अध्यक्ष केपी शर्मा ओलीको कारण भएको दाबी गरेका छन । संसद् विघटन गर्ने र संविधान मिच्ने काम ओलीले गरेको भन्दै त्यसलाई अहिलेको सरकारले ट्रयाकमा ल्याउने काम गरिरहेको उनको भनाई छ।रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सरकारको अहिले नै मूल्यांकन गर्नपनि नहुने तर्क गरे । उनले शेरबहादुर देउवा नेतृत्वको सरकार कांग्रेसको एकमना सरकार नभएको उल्लेख गर्दै गठबन्धनमा आवद्ध दलका कारण सरकारलाई पूर्णता दिने विषयमा ढिलाई भैरहेको स्पष्ट पारे।उनले कांग्रेसले सरकारको नेतृत्व गर्न पाउनु चिठ्ठा परेको जस्तै भएको पनि सुनाए । उनले भने,‘यो सरकार गठन भएको दुई महिना प्लस भयो, अहिले नै सरकारको मूल्यांकन गर्न मिल्दैन् । आजको समस्याको ईपिसेन्टर नै केपी ओली हो । यो अवस्था कसले ल्यायो ? त्यसको मूल्यांकन जनताले गर्छन् । हिजो केपी ओलीले संसद्मा एमसीसी पास गर्न सभामुखलाई धम्की दिने ? आज प्रतिपक्षमा हुँदा भूमिका फरक छ भनेर बोल्ने ? उहाँको भूमिका हेर्नुहोस न ? उहाँको पार्टी कांग्रेस र प्रचण्डले फुटाएको हो र ? उहाँकै कारणले फुटेको हो । बरु, सुरुमा त हाम्रो सभापतिजीको ओलीसँग सहकार्य थियो । चुनावमा जाँदा कांग्रेसलाई फाईदा हुन्छ भनेर । तर, पछि हामी संसद् विघटनको विरुद्धमा आन्दोलनमा होमियौं, संविधान बचाउने जिम्मा कांग्रेसको काँधमा छ ।’उनले अहिले कांग्रेसको एकमना सरकार नभएको उल्लेख गरे । उनले भने,‘एक मना सरकार हुँदा केपी ओलीले तीन वर्षसम्म केही गर्न सकेनन् । बरु, उल्टै उनले आफ्नै दलका नेताहरुको मानमर्दन गरे, तर आज हाम्रो सभापतिले प्रचण्डको मानमर्दन गरेको छैन् । हामीले त सम्मानका साथ पर्खिएको हो । मन्त्रिमण्डल विस्तार भएपछि डेलिभरको कुरा आउँछ । नागरिक समाजका अगुवाले बाटो देखाउने हो । त्यसलाई प्रधानमन्त्रीले स्विकार गर्नुपर्छ ।’वर्तमान सरकारसँग जनताले गल्ती नगरोस भन्ने अपेक्षा राखेको पनि उनले सुनाए । उनले भने,‘खराब काम नगरोस भन्ने छ ।’ उनले संविधान कार्यान्वयन गर्ने निकायमा बस्नेहरु संघीयता पक्षधर भएको भए राम्रोसँग कार्यान्वयन हुनेथियो भन्ने पनि टिप्पणी गरे । उनले भने,‘केपी ओली त सरकारको नेतृत्वमा हुँदा संविधान कुल्चिने काम भयो, नेतृत्वमा संघीयता पक्षधर बस्यो भने त्यो राम्रो कार्यान्यन हुन्छ ।’उनले नेपालको संविधान २०७२ विश्वकै राम्रो संविधान भएको दाबी गरे । उनले भने,‘हाम्रो संविधान विश्वमै अहिलेसम्मकै यो जस्तो राम्रो छैन् । हामीकहाँ राष्ट्रपति महिला बनेको छ । अधिकारका सुनिश्चितता गरिएको छ । यो संविधान कार्यान्वयनको पक्षमा नेताले बिगारेको हो । तर, यो संविधान राम्रो छ। संविधान बचाउनको लागि गठबन्धन बनेको हो ।’उनले सरकारले केही दिनमै पूर्णता पाउने पनि दाबी गरे । सरकारले पूर्णता पाएपछि सरकारले द्रुत गतिमा सेवा प्रवाह गर्ने उनको विश्वास छ । सरकारले अहिले कोभिड–१९ लाई प्राथमिकतामा राखेर काम गरेको पनि उनले सुनाए । उनले एमसीसीको लागि राष्ट्रिय सहमित आवश्यक रहेको बताए । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद कृष्णभक्त पोखरेलले नेपालको संविधान विश्वमै राम्रो संविधान भएको दाबी गरे । उनले भने,‘नेपालको संविधान २०७२, देशको ७ औं संविधान हो । ६ वटा संविधान जनताले लेखेको होईन । २०७२ को संविधानमा जनताको चाहना प्रतिनिधित्व भएको छ। दुनियाँमा यस्तो तहको सहमति भएको छैन् । ९० प्रतिशतभन्दा बढिको सहमतिमा यो संविधान आएको हो । प्रयोगको सन्दर्भमा हिजो अस्विकार गर्नेहरु पनि आज कार्यान्वयनको चरणमा सँगै आउनुभएको छ । संविधानमा सबै अधिकार सुनिश्चितता गरेको छ । कार्यान्वयनको चरणमा जाँदा अब राजनीतकि मुद्दा सबै सकियो भन्ने लाग्दथ्यो । मैले यो चार वर्षमा एक पटक पनि कुनै पनि पार्टीको विरुद्धमा बोेलेको छैन् ।’उनले दलहरुको बीचमा राष्ट्रियताको सवालमा एकमत कायम हुनुपर्नेमा जोड दिए । उनले भने,‘राष्ट्रियताको मुद्दामा दलहरुबीच साझा दृष्टिकोण बनाउन सकिएन, यो दुःखको कुरा हो । आज बजेट होलिडे मनाउनुपर्ने अवस्था सिर्जना भयो । सरकार गठन भएको दुई महिना बितिसक्दापनि यसलाई पूर्णता दिन सकेको छैन् । बजेट समयमा पास भएन ।’सरकारले नेकपा एमालेलाई टुक्राउनको लागि समय बढि खर्चिदा मुलुक आज समस्यामा परेको उनको टिप्पणी छ । उनले भने,‘माधव नेपाललाई पार्टी फुटाउनको लागि पर्याप्त समय दिएरमात्रै सरकारले हाउस बोलायो, उसले महत्वपूर्ण समय खेर फाल्यो ।’उनले संविधान परिवर्तनशील दस्तावेज भएकोले आवश्यकत्ता र औचित्यको आधारमा संशोधन हुने सुनाए । उनले भने,‘महिलाहरुमाथि आज पनि विभेद छ । नेपालको संविधान गर्वका साथ भन्छु लोकतान्त्रिक संविधान, विश्वको राम्रो हो । यसमा धेरै राम्रा चिज छन् । संघीयताको सवालमा रिभ्यु गर्नुपर्छजस्तो मलाई लागिरहेको छ । खर्च जुन भैरहेको छ, त्यो परीणाममुखी देखिएको छैन । संविधान कार्यान्वयनको क्रममा रहेकाले दलहरुबीच १५–२० वर्षसम्म सहकार्य गर्नुपर्छ ।’उनले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारको दुई महिना कार्यकाल पूर्ण रुपमा असफल भएको दाबी गरे । उनले भने,‘नेपालको ईतिहासमा यो भन्दा असफल सरकार मैले देखेको छैन् ।’सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा राष्ट्रियसभाका सदस्य रामनारायण बिडारीले सरकार असफल नभएको दाबी गरे । उनले भने,‘यो सरकार खासगरी प्रधानमन्त्री शेरबहादुर देउवाजीले ६६ दिनमा गर्नुपर्ने काम गर्नुभयो । कति गर्ने ? एउटा राम्रो काम भनेको ओलीजीलाई हटाईदियौं । उहाँलाई हटाएसँगै प्रतिगमन सच्याउने काम भयो । प्रधानमन्त्रीले कोभिड १९ उपचारमा तिव्रता गर्नुभयो । मन्त्रिपरिषद् विस्तार किन ढिलाई भनेर तपाईँहरुलाई किन टाउको दुखाई ? सरकार त चलिरहेको छ । सानो मन्त्रिमण्डल हुँदा किन टाउको दुखाई ?’उनले एमसीसीबारे अध्ययन गरेर सशोधन गर्नुपर्ने वा नपर्ने भन्ने कुरा बाहिर आउनुपर्नेमा जोड दिए । उनले एमसीसी नेपालको हित हुनेगरि पारित हुने विश्वास दिलाए । तर, उनले एमसीसी सदनमा आउने विषय नभएको जिकिर गरे ।उनले आफूहरु पनि संविधान संशोधनको पक्षमा रहेको सुनाए । उनले भने–‘भारतको संविधान १०५ पटक संशोधन भयो । अमेरिकाको संविधान ११३ पटक सशोधन भयो । संविधान भनेकै समयानुकुल बनाउने कुरा हो । यो समयसापेक्ष कुरा हो । संशोधन गर्नुपर्छ भन्ने दल पनि चुनाव लडेर आए ।’उनले आफूहरुले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको मुद्दा नछोडेको पनि जिकिर गरे । संविधान जारी गर्नको लागि कांग्रेससँग सहमति कायम गर्न त्यो मुद्दा थाँती राखेको उनको भनाई थियो । उनले भने,‘कांग्रेससँग सहमति नहुने भएपछि कार्यकारी राष्ट्रपति भएन । हामीले पदसँग साटेको होईन ।  ओलीको कारण देशमा लफडा सुरु भयो । प्रतिनिधिसभा भंग बेठिक थियो भनेर सर्वोच्चले भन्यो । ओलीलाई आपत अहिले के परेको छ, संसद् चल्यो भने ओलीजीको राजनीति सिद्दियो, त्यसैले उहाँ जे गर्दा संसद् चल्दैन त्यही गर्नुहुन्छ ।’उनले एमाले सांसदहरुले मर्यादापालकको टाउकोमा चढेर, फोहोर पनि गरेर, टोकिदिएर गलत काम गरेको टिप्पणी गरे । तर, यो हर्कतको नाईके केपी ओली भएको उनको टिप्पणी छ । उनले भने,‘सभामुखलाई माईक हान्ने हाम्रो योजना थियो भनेर सांसदले भन्नुभयो, तर केपी ओलीले यस्तो तयारी थिएन भनेर भन्नुभयो, त्यसो हो भने खोई त अनुशासनको कारबाही ?’उनले बजेट होलिडे भएर के भएको छ ? भन्दै प्रश्न गरे । उनले भने,‘अब केही दिनमै होलिडे खुल्छ, बजेट पारित हुन्छ। अध्यादेश ल्याएर विचल्ली पारेको केपी ओलीले हो । दर्जनौं अध्यादेश ल्याएका ओलीको विरुद्धमा हामीले एक अध्यादेश ल्याएको, ओली ड्याम्मै ढले ।’ उनले वर्तमान संविधान बेठिक नभएको जिकिर गरे । उनले भने,‘यो संविधान उपयुक्त छ । ठीक छ । संशोधन हुँदै जान्छ । नेपालको संविधान पनि संशोधनयोग्य छ । तर, यो राम्रो छ । संसारमै यति धेरै महिला अधिकार भएको संविधान विरलै छ । अमेरिका र भारतमा छैन् ।’ उनले संसद् अवरोध गर्ने काम नगर्न पनि एमालेलाई र यसका अध्यक्ष ओलीलाई आग्रह गरे । उनले भने,‘उहाँको चेत खुलोस । फेरि अध्यादेशको राज हुन्छ । संसद् चल्न दिईएन भने अध्यादेश आउँछ । संसद् विघटन गर्ने र चल्न नदिने मान्छे एउटै हो–केपी ओली । उहाँले माधव नेपाललाई हटाएपछि मात्रै संसद् चल्न दिन्छु भन्ने होला, अब माधव नेपालले ओलीविरुद्ध राज्यविद्रहोको अपराधको मुद्दा नहालेसम्म म पनि संसद् चल्न दिन्न भन्नुभयो भने के हुन्छ ?’ वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र महतोले वर्तमान संविधानलाई संशोधन गर्नुपर्ने भएपनि यसको विकल्प खोज्न नहुने टिप्पणी गरेका छन् । उनले भने,‘यो रगतको छिटामा यो संविधान जारी भएको हो । यो कुरा हामीलाई थाहा नै छ । समानुपातिक–समावेशीताको सवालमा केही समेट्न खोजिएको हो। जनसंख्याको आधारमा निर्वाचन क्षेत्र पनि राखिएको छ, मधेशवादी दलहरुले संविधानमाथि पूर्ण अपनत्व देखाएका छैनन् । अहिले उहाँहरुबाट कालो दिवस मनाउने क्रम जारी छ ।’नेपालको संविधान–२०७२ युगानतकारी रहेको उनको भनाई छ । उनले भने,‘संघीयता र गणतन्त्रको मामिलामा युगान्तकारी छ । संविधानसभामा रहेका दलहरुले जनतालाई धेरै विश्वास दिलाएका थिए । राजनीतिक समस्या समाधान भयो, अब जनताका जनजिविकाको कुरा उठाउने भनेर । प्रदेशहरु असफल भएका छन् । संघपनि असफल भएको छ । ईमानदारितापूर्वक प्रदेश र स्थानीय तह बलियो होस भनेर संघले अधिकार प्रत्यायोजना गरेको छैन् ।’उनले संविधानको कार्यान्वयनको पक्षमा केही उदासिनता देखिएको बताए । उनले भने,‘कार्यान्वयन गर्ने निकाय उदार हुनुभएन । देशको भन्दापनि दलगत स्वार्थ, दलभित्रपनि व्यक्तिगत स्वार्थ र दलमा पनि आफ्नो गुटको स्वार्थमा लाग्नुभएको हो । दलहरु विस्तारै गुट र गिरोहमा रुपान्तरण हुने क्रमको प्रारम्भ भएको छ । अहिले पनि धेरै समय बाँकी छ । अलिहेको सन्दर्भमा, न्यायापालिकाको साख पनि तिव्र गतिमा ह«ास हुँदै आएको छ ।’उनले संविधानलाई परिमार्जन गर्नुपर्नेमा जोड दिए । तर, संविधानलाई विकल्पको रुपमा हेर्न नहुने उनको तर्क छ । उनले भने,‘अहिले जनतामा नैराश्यता छाएको छ। मधेशवादी दलहरुको मागलाई सम्बोधन गर्नुपर्छ । यो संविधान अहिलेपनि पूर्ण छैन् । संशोधन गर्ने ठाउँ छ । सुधार गर्दै जाने हो । दलका नेताहरुले व्यवहार र सोच मात्रै पनि परिवर्तन गर्ने हो भने, जनहितलाई केन्द्रमा राख्ने हो भने संविधान सफल हुन्छ ।’नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालको ईतिहासकै निकम्मा प्रधानमन्त्रीको रुपमा चित्रण गरेका छन् । उनले भने,‘दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने, त्यो पनि २० प्रतिशतमा झारे, देउवा त चारपटक असक्षम भैसके । यसपालि त खत्तम नै पारे । अब कांग्रेस नै डुब्दैछ । देउवाको काम हेरेर के भन्नु ? देउवाजी मात्रै होईन अब पाँच दलीय गठबन्धन नै असफल भयो । प्रधानमन्त्रीको रुपमा देउवा निकम्मा भए । अब कांग्रेसलाई ठूलो धक्का पर्छ । गठबन्धनलाई पनि धक्का पर्छ ।’उनले एकथरीले संसद् विघटन गर्दा संविधान र लोकतन्त्र बलियो बनाउन भनेर भनेको र संसद् पूनःस्थापित भएपछि अर्कोथरिले पनि त्यही संविधान र लोकतन्त्र बलियो बनाउन भनेर भनेकोमा आफूलाई आश्चर्य लागेको बताए । उनले भने,‘संसद् विघटन गरेपनि लोकतन्त्र बलियो बनाउन भन्छन् । पूनःस्थापना भएपछि पनि लोकतन्त्रको लागि भन्छन् । यो कस्तो कुरा हो ? संविधान कच्चा नभएको भए आजको अवस्था कसरी आउँथ्यो ? अहिले पहिलोपटक बजेट होलिडे भयो मुलुकमा । लोकतन्त्र र संविधान नै हामीले हेर्ने हो, अहिले त्यागी र तपश्वी नेता हामीसँग छैनन् । पुष्पलाल, विपी, गणेशमान, मदन भण्डारीजस्ता नेता छैनन्, अहिलेको नेता असफल भए । सिस्टम नै गलत छ । राष्ट्रपति या देशमा प्रत्यक्ष निर्वाचित प्रणालीमा जानुपर्छ भनेर त हामीले पहिलेदेखि नै भन्दै आएको हो नि । यसको लागि संविधान नै परिमार्जन गरौं । कतिपयले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको कुरा गर्दा अधिनायकवादको कुरा गर्छन्, तर चेक एण्ड ब्यालेन्स राखौं न । दुई तिहाई मत ल्याउँदा पनि निरंकुश भयो नि । अहिलेका पात्रहरु पटक्कै ठीक भएनन् । शीर्ष नेताहरुलाई त्यही दलका दोस्रो तहका नेताहरुले विदा गर्नुपर्छ । माथिल्लो तहका नेताहरु सबैलाई रिटार्यड गर्नुपर्छ । देशको औषधी गर्ने चिकित्सकहरु ६० वर्षमा रिटायर्ड हुनुपर्ने, अनि ८०, ९० वर्ष पुगिसक्दा पनि नेताहरुलाई रिटार्यड गर्नुपर्दैन ?’ 

सम्बन्धित सामग्री

देउवा निकम्मा भए कांग्रेसलाई डुबाए : डा. सुन्दरमणि दिक्षित

काठमाडौं । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालको ईतिहासकै निकम्मा प्रधानमन्त्रीको रुपमा चित्रण गरेका छन् । शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले दल विभाजनसम्बन्धी अध्यादेश, त्यो पनि २० प्रतिशतमा झारेर देउवाले अक्षम भएको पुष्टि गरेको बताए । ‘चारपटक असक्षम भैसके । यसपालि त खत्तम नै पारे । अब कांग्रेस […] The post देउवा निकम्मा भए कांग्रेसलाई डुबाए : डा. सुन्दरमणि दिक्षित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

हामी भ्रष्टाचार र चाकडीमा त नम्बर वान भयौं : डा. सुन्दरमणि दिक्षित (भिडिओसहित)

काठमाडौं, १७ साउन । नागरिक समाजका अगुवा तथा बरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षितले प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको सरकारको नेतृत्व गरेकोले मन्त्रिपरिषद विस्तारमा ढिलाई भैरहेको स्पष्ट पारेका छन् । उनले माओवादी केन्द्र र जसपा नेपालले मन्त्रीको नाम दिन ढिलाई गरेकोले मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको जिकिर गरे । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस […]

कोरोनाको समयमा कहीँ नभएको भ्रष्टाचार नेपालमा भईदियो : डा. सुन्दरमणि दिक्षित

नागरिक समाजका अगुवा डा.  सुन्दरमणि दिक्षितले पछिल्लो समय कोरोना संक्रमण बढ्न थालेको भन्दै जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उता, सरकारले पनि भ्रष्टाचार रोक्न नसकेको उनको टिप्पणी छ । उनले भने,‘सरकारले कहाँ भ्रष्टाचार […]