नेपाल सुपर लिग : आज धनगढी एफसी र पोखरा थन्डर्स खेल्दै

काठमाण्डाैै – नेपाल सुपर लिग एनएसएल फुटबलमा आज धनगढी एफसी र पोखरा थन्डर्स खेल्दैछन् । खेल बेलुकी साढे पाँच बजे दशरथ रङ्गशालामा सुरु हुनेछ । चार खेलमा सात अंकसहित धनगढी तालिकाको दोस्रो स्थानमा छ । आज विजयी भएमा धनगढी विराटनगरलाई पछि पार्दै शीर्ष स्थानमा पुग्नेछ । चितवन भने चार खेलमा दुई अंकका साथ तालिकाको पुछारमा छ । हिजो भएको खेलमा काठमाण्डौ रेजर्स एफसीले बुटवल लुम्बिनी एफसीलाई हराएको थियो ।

सम्बन्धित सामग्री

नेपाल सुपर लिगमा आजबाट प्ले अफ, फाइनल पुग्न पोखरा र धनगढी भिड्दै

काठमाडौं। काठमाडौंमा जारी नेपाल सुपर लिग फुटबलमा सोमबारदेखि प्ले अफ सुरु हुँदै छ। दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुने पहिलो क्वालिफायरमा पोखरा थन्डर्स र धनगढी एफसी भिड्दैछन्। लिग चरणका शीर्ष दुई टोलीबीच प्रतिस्पर्धा हुन लागेको हो। यो खेलको विजेता फाइनल पुग्ने छ। तर पराजित हुने टोलीको यात्रा भने सकिने छैन। मंगलबार काठमाडौं रेजर्स […]

नेपाल सुपर लिग प्लेअफ चरणमा प्रवेश, यस्तो छ फाइनल पुग्ने समीकरण

देशका विभिन्न शहरहरूलाई प्रतिनिधित्व गर्ने नौ फ्रेन्चाइजी टोलीबीचको प्रतिस्पर्धाबाट पोखरा थन्डर्स, धनगढी एफसी, काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी प्लेअफमा पुगेका छन् ।

नेपाल सुपर लिग: बुटवल र ललितपुर प्लेअफमा

धनगढी एफसी र काठमाडौं रेजर्र्सले नेपाल सुपर लिग (एनएसएल)को प्लेअफमा स्थान बनाइसक्दा शनिबारको प्रतिस्पर्धा अघि विराटनगर सिटी एफसी, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी प्लेअफको होड थिए।

पोखरालाई हराउँदै धनगढी एनएसएलकाे प्लेअफमा

काठमाण्डाै – धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको शीर्ष स्थानमा उक्लँदै शीर्ष स्थान (प्लेअफ) मा स्थान सुरक्षित गरेकाे छ ।  दशरथ रङ्गशालामा बुधवार (आज) भएको खेलमा पोखरा थन्डर्स एफसीलाई एक–शून्यले हराउँदै धनगढी एफसी तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । उसका लागि ६८ औँ दर्शन गुरुङले गोल गरे । आजको जीतसँगै धनगढी विराटनगरलाई पछि पार्दै १० अंकसहित शीर्ष स्थानमा पुगेको छ । पोखराको भने चार खेलमा पाँच अंक रहेको छ ।

एनएसएल : काठमाण्डाै रेजर्ससँग एक–शून्यले हार्‍याे बुटबल

काठमाण्डाै – नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा काठमाण्डौ रेजर्सले बुटवल लुम्बिनीलाई हराएको छ ।  त्रिपुरेश्वरको दशरथ रङ्गशालामा मङ्गलवार भएको खेलमा काठमाण्डौले बुटवललाई एक–शून्यले हराएको हो । काठमाण्डौका लागि खेलको पाँचो मिनेटमा स्टेफेन विनोङ समिरको गोल निर्णायक बन्यो । यो जितसँगै काठमाण्डौ चार खेलमा सात अङ्क जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिँदा बुटवल चार खेलमा पाँच अङ्कसहित चौथो स्थानमा पुगेको छ ।  प्रतियोगितामा बुधवार (भोलि) धनगढी एफसी र पोखरा थन्डर्स खेल्दैछन् ।

नेपाल सुपर लिग : काठमाडौंको विजयी सुरुवात

काठमाडौं। काठमाडौं रेजर्सले उद्घाटन खेलमा ललितपुर सिटी एफसीलाई १-० ले पराजित गर्दै पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा सफल सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन मेसौके ओलुमोउले निर्णायक गोल गरे। प्रतियोगितामा भोलिबाट दुई खेलहरू हुनेछन्। भोलिको पहिलो खेल विराटनगर एफसीविरुद्ध धनगढी एफसी र दोस्रो खेल पोखरा थन्डर्स र बुटवल लुम्बिनीबीच छ।