एनएसएल : काठमाण्डाै रेजर्ससँग एक–शून्यले हार्‍याे बुटबल

काठमाण्डाै – नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा काठमाण्डौ रेजर्सले बुटवल लुम्बिनीलाई हराएको छ ।  त्रिपुरेश्वरको दशरथ रङ्गशालामा मङ्गलवार भएको खेलमा काठमाण्डौले बुटवललाई एक–शून्यले हराएको हो । काठमाण्डौका लागि खेलको पाँचो मिनेटमा स्टेफेन विनोङ समिरको गोल निर्णायक बन्यो । यो जितसँगै काठमाण्डौ चार खेलमा सात अङ्क जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिँदा बुटवल चार खेलमा पाँच अङ्कसहित चौथो स्थानमा पुगेको छ ।  प्रतियोगितामा बुधवार (भोलि) धनगढी एफसी र पोखरा थन्डर्स खेल्दैछन् ।  

सम्बन्धित सामग्री

असोज २३ गतेदेखि एनएसएल आयोजना गर्न दिने एन्फाको निर्णय

नेपाल सुपर लिग (एनएसएल) आयोजना गर्न एन्फाले मिति तय गरेको छ । बुधबार बसेको एन्फा कार्यसमिति बैठकले असोज २३ देखि मङ्सिर २ गतेसम्म एनएसएल आयोजनाका लागि मिति तय गरेको हो । एनएसएल गर्ने नगर्ने विषयमा अध्यक्ष पंकज विक्रम नेम्वाङको संयोजकत्वमा समिति तयार पारेको थियो । तर, छलफलका क्रममा नै एनएसएलका लागि मिति तय भएको हो । ‘समिति गठन भएको हो । तर, छलफलका क्रममा निर्णय भएपछि असोज २३ का लागि मिति दिएको हो,’ बैठकमा सहभागी एक सदस्यले रातोपाटीलाई भने ।

विवाद समाधान नभएसम्म 'एनएसएल' दोस्रो संस्करण नहुने

सहिद स्मारक ए डिभिजन लिगका चार क्लवले नेपाल सुपर लिग (एनएसएल) प्रति असन्तुष्टी जनाएपछि दोस्रो संस्करणको एनएसएल अन्योलमा परेको छ । तत्कालिन अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष र एनएसएलको...

एन्फा र एनएसएल आयोजकबीच छलफल हुने

काठमाडौं, २६ असार । अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल सुपर लिग (एनएसएल) आयोजकबीच छलफल हुने भएको छ । गत शुक्रबार एन्फा र असन्तुष्ट ‘ए’ डिभिजन लिगका चार क्लबबीचको बैठकले एनएसएल आयोजनाको सम्झौता रद्द गर्न आगामी कार्यसमिति बैठकमा सिफारिस गर्ने निर्णय गरेको थियो । यससँगै चौधरी ग्रुप स्वामित्वमा रहेको नेपाल स्पोर्टस् इभेन्ट्स एण्ड म्यानेजमेन्ट […]

एन्फा र एनएसएल आयोजकबीच छलफल हुने

काठमाडाैँ- अखिल नेपाल फुटबल संघ (एन्फा)र नेपाल सुपर लिग (एनएसएल) आयोजकबीच छलफल हुने भएको छ। गत शुक्रबार एन्फा र असन्तुष्ट ‘ए’ डिभिजन लिगका चार क्लबबीचको बैठकले एनएसएल आयोजनाको सम्झौता रद्द गर्न आगामी कार्यसमिति बैठकमा सिफारिस गर्ने निर्णय गरेको थियो। यससँगै चौधरी ग्रुप स्वामित्वमा रहेको नेपाल स्पोर्टस् इभेन्ट्स एण्ड म्यानेजमेन्ट कम्पनी र एन्फाबीच केही समयमै बैठक […]

एनएसएल गर्न एन्फाको अनुमति!

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) गर्न आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) लाई अनुमति दिएको छ । एन्फा महासचिव इन्द्रमान तुलाधरले एनएसएल आयोजकलाई पत्राचार गर्दै दोस्रो संस्करणको एनएसएल नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले मागेकै मिति अर्थात भदौ २५ देखि कात्तिक ५ […]

एनएसएल अनिश्चित

काठमाडौं । विवाद मुछिएको नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण सञ्चालन फेरि अनिश्चित बनेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले एनएसएल सञ्चालनका लागि मिति स्वीकृति दिएको भोलिपल्ट (बिहीबार) एनएसएल आयोजक र सहभागी १० टोलीले तोकिएको मितिमा प्रतियोगिता सञ्चालन र सहभागिताका लागि असमर्थ रहेको भन्दै संयुक्त विज्ञप्ति जारी गरेका छन् । एनएसएल आयोजकको मागअनुसार नै […] The post एनएसएल अनिश्चित appeared first on राजधानी राष्ट्रिय दैनिक.

निर्धारित समयमा एनएसएल हुन नसक्ने

नेपाल सुपर लिग (एनएसएल) निर्धारित समयमा हुन नसक्ने भएको छ । फ्रेन्चाइज फुटबल प्रतियोगिता निर्धारित समयमा गर्न नसकिने आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट कम्पनीले बताएको छ । आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट कम्पनी र एनएसएलमा आबद्ध १० टिमको संयुक्त बैठकले एनएसएल गर्न नसकिने बताएको हो । १० क्लबहरुले अखिल नेपाल फुटबल संघ (एन्फा)कै पदाधिकारीहरुबाट एनएसएल गोल्डकपको मान्यतामा हुन्छ भन्नु दुःखद भएको बताएका छन् । उनीहरुले एन्फाको असहयोग र असन्तुष्ट क्लबको विरोधका कारण नि

एनएसएल तोकिएको मितिमा नहुने

काठमाडौं (हाम्रो खेलकुद)– विवादका कारण अन्ततः नेपाल सुपर लिग (एनएसएल) सञ्चालन फेरि अनिश्चित बनेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एनएसएल सञ्चालनका लागि मिति स्वीकृति दिएको भोली पल्ट बिहीबार एनएसएलका आयोजक र सहभागी १० टोलीले तोकिएको मितिमा प्रतियोगिता सञ्चालन र सहभागिताका लागि असमर्थ रहेको संयुक्त विज्ञप्तीमार्फत जानकारी दिएका छन् । एनएसएलको आयोजकको माग […]

आयोजकले नै राख्यो सर्त, एनएसएल अनिश्चित

१० चैत, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबल अनिश्चित बनेको छ । ए डिभिजन क्लबहरुले असन्तुष्टि जनाइरहेका बेला आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्ट र १० क्लबले पनि नयाँ सर्त अघि सारेका हुन् । हेर्नुहोस् एनएसएल आयोजक र क्लबहरुको विज्ञप्ति

अभिषेकले बुटवलबाट एनएसएल खेल्ने

२२ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय टिमका फरवार्ड अभिषेक रिजालले बुटवल लुम्बिनी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् । बुटवलले अभिषेकलाई विदेशी खेलाडीको स्थानमा टिममा राखेको हो । बुटवलका महाप्रबन्धक राजुकाजी शाक्यले अभिषेकले बुटवलबाट खेल्ने पुष्टि गरे । ‘हामीले उनलाई विदेशी खेलाडी अर्मान्डको स्थानमा टिममा राखेका हौं,’ शाक्यले अनलाइनखबरसँग भने । एनएसएल अघि […]