नेपाल सुपर लिगमा आजबाट प्ले अफ, फाइनल पुग्न पोखरा र धनगढी भिड्दै

काठमाडौं। काठमाडौंमा जारी नेपाल सुपर लिग फुटबलमा सोमबारदेखि प्ले अफ सुरु हुँदै छ। दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुने पहिलो क्वालिफायरमा पोखरा थन्डर्स र धनगढी एफसी भिड्दैछन्। लिग चरणका शीर्ष दुई टोलीबीच प्रतिस्पर्धा हुन लागेको हो। यो खेलको विजेता फाइनल पुग्ने छ। तर पराजित हुने टोलीको यात्रा भने सकिने छैन। मंगलबार काठमाडौं रेजर्स […]