प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको सत्तारूढ गठबन्धनको बैठकले अमेरिकी सहयोग परियोजना (एमसीसी)मा व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ । बैठकपछि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सञ्चारकर्मीहरुलाई एमसीसी सैन्य सङ्गठनअन्तर्गत नभई विशुद्ध आर्थिक सहयोग हो भन्ने सन्दर्भमा सरकारले स्पष्ट गरेपछि आजै बस्ने प्रतिनिधिसभाले अनुमोदन गर्ने निर्णय बैठकले गरेको जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्री …