एमसीसी अनुमोदन नभएकोमा अमेरिकाको चिन्ता

काठमाडौं, कार्तिक १५। संसद्को पछिल्लो अधिवेशनबाट एमसीसी सम्झौता अनुमोदन नभएकोमा अमेरिकाले चिन्ता व्यक्त गरेको छ । संसद् अधिवेशन कात्तिक १२ गते अन्त्य भएको थियो । अमेरिकास्थित एमसीसीको मुख्यालयले एक विज्ञप्ति जारी गर्दै एमसीसी अनुमोदन नै नगरी अधिवेशन अन्त्य हुनुले नेपालका दसौँ लाख घरपरिवारले एमसीसीबाट पाउने सुविधामा थप ढिलाइ हुन पुग्ने बताएको छ । एमसीसीले सम्झौता […]

सम्बन्धित सामग्री

भोलीको संसद बैठकमा एमसीसी टेबल गर्न प्रचण्ड–माधब सहमत

माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी एमसीसी संसदमा टेबल गर्न सहमत भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाकोको प्रयास र अमेरिकाको दबाबपछि गठबन्धन जोगाउने गरी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल एमसीसी सम्झौता संसदमा टेबल गर्न सहमत भएका हुन् । सत्ता गठबन्धनका एक नेताका अनुसार प्रचण्ड र माधव नेपाल एमसीसी संसदमा टेबल गर्न सहमत भएसँगै आइतबारको संसद बैठकमा एमसीसी टेबल हुनेछ । यसबारे अन्तिम निर्णय भने आइतबारको संसद बैठकअघि बस्ने सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले गर्नेछ । शनिबार बसेको एकीकृत समाजवादीको पोलिटब्युरो बैठकले पनि एमसीसी संसदमा टेबल गर्नुपर्ने निष्कर्ष निकालेको थियो । अमेरिकाले  १६ फागुन (२८ फेब्रुअरी) भित्र संसदबाट एमसीसी अनुमोदन नभए फिर्ता हुनसक्ने भन्दै बताउँदै आएको छ ।

एमसीसी अनुमोदन नभए द्विपक्षीय सम्बन्धमा प्रभाव पर्ने अमेरिकाको चेतावनी

काठमाडौं । अमेरिकाले एमसीसी सम्झौता फागुन १६ भित्र संसदबाट अनुमोदन नभए नेपाल-अमेरिका सम्बन्ध प्रभावित हुने दोहोर्याएको छ । अमेरिकी विदेश मन्त्रालयले एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने वा नगर्ने नेपालको स्वेच्छिक र सार्वभौम अधिकार भए पनि सम्झौता अनुमोदन नहुँदा द्विपक्षीय कुटनीतिक सम्बन्धमा प्रभाव पर्ने बताएको हो । भारतीय पत्रिका हिन्दूस्तान टाइम्ससँग कुरा गर्दै अमेरिकी विदेश मन्त्रालयका […]

एमसीसी अनुमोदन नभए नेपाल संकटमा पर्न सक्ने संकेत

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालबाट अनुमोदन नभए झनै संकटको सामना बेहोर्नुपर्ने भएको छ । एमसीसीको विषयमा माओवादी केन्द्रले दुई थरी कुरा राख्दा जटिल मोडमा पुगेको हो । अमेरिकालाई आउँदो फागुन १६ भित्र एमसीसी पास गर्ने प्रतिबद्धता पत्र पठाएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाहिर संशोधन नभई पास हुँदैन भन्ने तर्क राख्दा […] The post एमसीसी अनुमोदन नभए नेपाल संकटमा पर्न सक्ने संकेत appeared first on राजधानी राष्ट्रिय दैनिक.

“एमसीसी अनुमोदन नभए पनि सम्बन्धमा कुनै असर पर्नेछैन” : उपाध्यक्ष फतेमा

अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) उपाध्यक्ष फतेमा सुमारले मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट) प्रतिनिधिसभाबाट शीघ्र अनुमोदन हुने विश्वास व्यक्त गर्दै यदि अनुमोदन नभए पनि दुई देशबीचको सुमधुर सम्बन्धमा कुनै असर नपर्ने बताउनुभएको छ । एमसीसी सम्झौताबाट नेपाल र अमेरिकाबीचको ७३ वर्षदेखिको सहकार्य र साझेदारी अझ सुदृढ हुने बताउँदै फतेमाले नेपालको आर्थिक–सामाजिक रूपान्तरणलाई केन्द्रमा राखेर नेपाल सरकार …