एमसीसी अनुमोदन गर्ने माओवादीको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना(एमसीसी)मा व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ । आइतबार(आज) बिहान प्रचण्ड निवास खुमलटारमा बसेको नेताहरूको बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको एक नेताले बताए । प्रचण्डको निवास खुमलटारमा केन्द्रीय कार्यालयको विस्तारित बैठकपछि माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार गएका छन् ।

सम्बन्धित सामग्री

व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने माओवादीको निर्णय

माओवादी केन्द्रले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको छ । आज बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे निवास खुमलटारमा बसेको पूर्वस्थायी समितिको बैठकले उक्त निर्णय गरेको हो ।  ...

व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने माओवादीको निर्णय

आइतबार बिहान प्रचण्डको निवास खुमलटारमा बसेको बैठकले एमसीसी पास गर्न निर्णय गरेको छ । माओवादी केन्द्रको यो निर्णयसँगै संसदमा टेबल भएको एमसीसी पारित हुने सम्भावना बढेको छ ।

गठबन्धन जोगाउन एमसीसी संसदबाट अनुमोदन गर्ने माओवादीको निर्णय

काठमाडौं । सत्ता गठबन्धन भत्किने भएपछि नेकपा माओवादी केन्द्रले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । पूर्व स्थायी कमिटी सदस्य सम्मिलित केन्द्रीय कार्यालयको विस्तारित वैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको शिक्षामन्त्री देवेन्द्र पौडेलले जानकारी दिए । कांग्रेस र एमालेबीच सहमति अघि बढेपछि शुक्रवार नै प्रचण्ड र माधव नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तिममा […]

एमसीसी अनुमोदन गर्ने माओवादीको निर्णय

काठमाडौं, १५ फागुन । नेकपा माओवादी केन्द्रले एमसीसी सदनबाट अनुमोदन गर्ने निर्णय लिएको छ । आज बसेको माओवादी केन्द्रीय समितिको बैठकले व्याख्यात्मक विश्लेषणसहित अनुमोदन गर्ने निर्णय गरेको हो । माओवादी नेता वर्षमान पुनले एमसीसीको व्याख्यात्मक विश्लेषणसहित सदनबाट अनुमोदन गर्ने निर्णय लिएको जानकारी दिए । एमसीसीलाई माओवादीले समेत अनुमोदन गर्ने निर्णय लिएपछि सत्ता गठबन्धन जोगिने सम्भावना […]