चोरी शिकारी नियन्त्रण गर्न मचान निर्माण

कञ्चनपुर, २७ भदौ: शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चोरी शिकारी नियन्त्रण गर्न पाँच ठाउँमा थप मचान(वाच टावर) निर्माण गरिएका छन् । नेपाल–भारत सीमा क्षेत्र, चुरे क्षेत्र र वन्यजन्तुको चोरी शिकारी हुनसक्ने सम्भावित क्षेत्रमा निकुञ्ज कार्यालयले मचान निर्माण गरेको हो । चोरी शिकारी नियन्त्रण गर्न मचान निर्माण गरिएको निकुञ्ज कार्यालयका सूचना अधिकारी रविन चौधरीले बताए । “निकुञ्ज कार्यालयको […]

सम्बन्धित सामग्री

दोब्बरले बढे शुक्लाफाँटामा पाटे बाघ

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटे बाघको सङ्ख्या दोब्बरले बढेको छ । पाटे बाघको सङ्ख्या बढेर ३६ पुगेको छ । निकुञ्ज कार्यालयका निमित्त प्रमुख संरक्षण अधिकृत मनोज ऐरका अनुसार १६ पोथी, १२ भाले र लिङ्ग नखुलेका बाघको सङ्ख्या आठ रहेको छ । बाघको बासस्थानमा सुधारसँगै आहारा प्रजातिको पर्याप्तता, पानीको व्यवस्था, चोरी शिकारी पूर्णरुपमा नियन्त्रण हुनुका […]

क्लाफाँटा निकुन्जमा पाटे बाघ दोव्वरले बढे

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटे बाघको सङ्ख्या दोब्बरले बढेको छ। पाटे बाघको सङ्ख्या बढेर ३६ पुगेको छ । निकुञ्ज कार्यालयका निमित्त प्रमुख संरक्षण अधिकृत मनोज ऐरका अनुसार १६ पोथी, १२ भाले र लिङ्ग नखुलेका बाघको सङ्ख्या आठ रहेको छ । बाघको बासस्थानमा सुधारसँगै आहारा प्रजातिको पर्याप्तता, पानीको व्यवस्था, चोरी शिकारी पूर्णरुपमा नियन्त्रण हुनुका साथै […]

सीमामा हुने अपराध नियन्त्रण गर्न समन्वय गर्ने प्रतिबद्धता

नेपालगञ्ज । सीमामा हुने अपराध नियन्त्रण गर्न नेपाल र भारतका सुरक्षा अधिकारीले एकआपसमा समन्वय गरेर अघि बढ्ने भएका छन् । नेपालगञ्जमा बुधवार सम्पन्न नेपाल र भारतका १५ जिल्लाका सुरक्षा अधिकारीको बैठकले सीमामा हुने अपराधलाई नियन्त्रण गर्न दुवै देशले समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता गरेका हुन् ।      लुम्बिनी र सुदूरपश्चिम प्रदेशका आठ जिल्लाका सुरक्षा अधिकारीले लागूऔषध नियन्त्रण र नेपालमा अपराध गरेर भारतमा लुकेका अभियुक्तलाई नियन्त्रण गर्न सहयोग गरिदिन भारतीय अधिकारीसमक्ष आग्रह गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार बैठकमा हातहतियार, मानव बेचबिखन, फरार अभियुक्त नियन्त्रण, लागूऔषध रोकथाम, चोरी शिकारी, तस्करी नियन्त्रण र आवागमन सहज बनाउने विषयमा छलफल भएको छ । भारतीय अधिकारीले उत्तर प्रदेशमा उपनिर्वाचन हुन थालेकाले नेपालतर्फबाट हुन सक्ने घुसपैठ नियन्त्रणमा सहयोग गरिदिन आग्रह गरेका थिए । नेपालका तर्फबाट लुम्बिनी र सुदूरपश्चिम प्रदेशका सीमावर्ती आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभागका प्रहरी उपरीक्षकको सहभागिता थियो । भारतमा सहजरूपमा कारोबार हुँदा लागूऔषध नेपालमा सहजै भित्रिएको भन्दै त्यसमा कडाइ गरिदिन भारतीय सुरक्षा अधिकारीलाई आग्रह गरेको प्रमुख जिल्ला अधिकारी खत्रीले बताए । बैठकमा भारतको महाराजगञ्ज, सिद्धार्थनगर, बलरामपुर, बहराइच, लखिमपुर, श्रावस्ती, पिलिभित जिल्लाका डीएम, एसपी, गोरखपुर र देवीपाटनका अतिरिक्त महानिरीक्षक र डीआईजीको सहभागिता थियो । रासस

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ‘वाच टावर’ निर्माण

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चोरी शिकार नियन्त्रणका लागि पाँच ठाउँमा मचान (वाच टावर) निर्माण गरिएका छन् । नेपाल भारत सीमा क्षेत्र, चुरे क्षेत्र र वन्यजन्तुको चोरी शिकारी हुनसक्ने सम्भावित क्षेत्रमा निकुञ्ज कार्यालयले मचान निर्माण गरेको हो । चोरी शिकारी नियन्त्रण गर्नका लागि मचान निर्माण गरिएको निकुञ्ज कार्यालयका सूचना अधिकारी रविन चौधरीले बताए । ‘निकुञ्ज कार्यालयको कम उपस्थिति हुने क्षेत्रमा सुरक्षा व्यवस्था थप मजबुत बनाउन मचान निर्माण गरेका छौं,’ उनले भने, ‘झाडी र बाक्लो घाँसका कारण गस्ती टोलीले चोरी शिकारमाथि निगरानी राख्न गाह्रो हुने गरेको थियो ।’ मचान निर्माण भएपछि टाढैबाट हेर्न सकिने र नियन्त्रण गर्न सकिने उनको भनाइ छ । निकुञ्जको नेपाल–भारत सीमा क्षेत्र नजिकै गतवर्ष पाटे बाघ मरेको अवस्थामा फेला परेको थियो । रासस

चोरी शिकारी र काठ तस्करी नियन्त्रण गर्न ड्रोन गस्ती

चोरी शिकारी नियन्त्रण गर्न डिभिजन वन कार्यालय कञ्चनपुरका डिभिजनल वन अधिकृत अजय विक्रम मानन्धर ड्रोन गस्तीको शुभारम्भ गर्दै । चोरी शिकारी, जग्गा अतिक्रमण र काठ तस्करीलगायत नियन्त्रण गर्न बिहीबारदेखि वन कार्यालयले ड्रोन क्यामेराको सहायताले वन गस्ती शुरु गरेको छ । तस्वीर- राजेन्द्रप्रसाद पनेरु/ रासस

वन्यजन्तु चोरी शिकारी नियन्त्रण गर्न मनास्लु संरक्षण क्षेत्रमा गस्ती

१६ चैत, गोरखा । उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्रमा हुने वन्यजन्तु चोरी शिकारी नियन्त्रणका लागि गस्ती बढाइएको छ । वडास्तरमा यसअघि नै गठन भइसकेको वन्यजन्तु चोरी शिकारी विरुद्धको इकाईले गस्ती बढाएको हो । चुमनुव्री गाउँपालिकाको प्रत्येक …

आखेटोपहार र बन्दुकसहित पाँच पक्राउ

डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु जस्तो देखिने आखेटोपहार र भरुवा बन्दुकसहित पाँच जना पक्राउ परेका छन् ।  चोरी शिकारी नियन्त्रण एकाइले त्रिपुरासुन्दरी नगरपालिका–११ बाट उनीहरुलाई पक्राउ गरी निकुञ्ज कार्यालय सुलिगार्ड ल्याएको...

आखेटोपहार र बन्दुकसहित पाँच पक्राउ

डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु जस्तो देखिने आखेटोपहार र भरुवा बन्दुकसहित पाँच जना पक्राउ परेका छन् । चोरी शिकारी नियन्त्रण एकाइले त्रिपुरासुन्दरी नगरपालिका–११ बाट उनीहरुलाई पक्राउ गरी निकुञ्ज कार्यालय सुलिगार्ड ल्याएको हो । स्थानीयवासीका अनुसार पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका–११ का मनबहादुर बुढा, चन्द्रप्रसाद बुढा, वडा नं ७ का गोकर्ण बुढा, चन्द्र केसी र सूर्यबहादुर बुढा छन् । उनीहरुबाट दुई थान भरुवा बन्दुक, ५० थान गोली, दुई डिब्बा बारुद, बार

शे–फोक्सुण्डो निकुञ्जमा ड्रोनबाट गस्ती

डोल्पा : शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले चोरी शिकारी रोक्न ड्रोन क्यामेराबाट गस्ती गर्ने भएको छ। हिउँद याममा हुने चोरी शिकारी रोक्न निकुञ्ज क्षेत्रमा अत्याधुनिक ड्रोन क्यामेराको प्रयोग गरेर निगरानी गरिने भएको हो। नेपालकै गहिरो ताल फोक्सुण्डोमा आयोजित १६औं जिल्लास्तरीय वन्यजन्तु अपराध नियन्त्रण इकाइको बैठकबाट यस्तो निर्णय गर...

डोटीमा वन्यजन्तु चोरीशिकारी बढ्यो

डोटी - डोटीका ग्रामीण भेगवाट वन्यजन्तुको चोरीशिकारी गर्ने क्रम बढेको छ । तर चोरी शिकारी नियन्त्रण गर्न प्रभावकारी काम हुन सकेको छैन । जिल्लाका विभिन्न सामुदायिक र सरकारी वनमा रतुवा मृग, बँदेल, घोरल, कालिज लगायतका वन्यजन्तुको चोरी शिकारी हुने गरेपनि नियन्त्रणका लागि प्रभावकारी काम नभएको स्थानीयवासीन्दाको भनाई छ ...