सीमामा हुने अपराध नियन्त्रण गर्न समन्वय गर्ने प्रतिबद्धता

नेपालगञ्ज । सीमामा हुने अपराध नियन्त्रण गर्न नेपाल र भारतका सुरक्षा अधिकारीले एकआपसमा समन्वय गरेर अघि बढ्ने भएका छन् । नेपालगञ्जमा बुधवार सम्पन्न नेपाल र भारतका १५ जिल्लाका सुरक्षा अधिकारीको बैठकले सीमामा हुने अपराधलाई नियन्त्रण गर्न दुवै देशले समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता गरेका हुन् ।      लुम्बिनी र सुदूरपश्चिम प्रदेशका आठ जिल्लाका सुरक्षा अधिकारीले लागूऔषध नियन्त्रण र नेपालमा अपराध गरेर भारतमा लुकेका अभियुक्तलाई नियन्त्रण गर्न सहयोग गरिदिन भारतीय अधिकारीसमक्ष आग्रह गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार बैठकमा हातहतियार, मानव बेचबिखन, फरार अभियुक्त नियन्त्रण, लागूऔषध रोकथाम, चोरी शिकारी, तस्करी नियन्त्रण र आवागमन सहज बनाउने विषयमा छलफल भएको छ । भारतीय अधिकारीले उत्तर प्रदेशमा उपनिर्वाचन हुन थालेकाले नेपालतर्फबाट हुन सक्ने घुसपैठ नियन्त्रणमा सहयोग गरिदिन आग्रह गरेका थिए । नेपालका तर्फबाट लुम्बिनी र सुदूरपश्चिम प्रदेशका सीमावर्ती आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभागका प्रहरी उपरीक्षकको सहभागिता थियो । भारतमा सहजरूपमा कारोबार हुँदा लागूऔषध नेपालमा सहजै भित्रिएको भन्दै त्यसमा कडाइ गरिदिन भारतीय सुरक्षा अधिकारीलाई आग्रह गरेको प्रमुख जिल्ला अधिकारी खत्रीले बताए । बैठकमा भारतको महाराजगञ्ज, सिद्धार्थनगर, बलरामपुर, बहराइच, लखिमपुर, श्रावस्ती, पिलिभित जिल्लाका डीएम, एसपी, गोरखपुर र देवीपाटनका अतिरिक्त महानिरीक्षक र डीआईजीको सहभागिता थियो । रासस

सम्बन्धित सामग्री

ढोरपाटनमा वन्यजन्तु चोरीसिकार रोक्न चार जिल्लाको संयुक्त पहल

ढोरपाटनमा चोरी सिकार रोक्न सिकार आरक्षआसपासका चार जिल्लाले संयुक्त कारबाही चलाउने भएका छन् । बागलुङसहित आरक्षको प्रभाव क्षेत्रका चार जिल्लाका सुरक्षा प्रमुख सहभागी ‘वन्यजन्तु अपराध नियन्त्रण समन्वय बैठक’ले चोरी सिकारलाई शून्यनजिक बनाउने निर्णय गरेका हुन् ।

सीमा क्षेत्रको अपराध नियन्त्रण गर्ने सहमति

भारतको पिथौरागढ जिल्ला अन्तर्गत जोलजिवि एसएसबी क्याम्पमा नेपाल–भारत दुई देशका सुरक्षा अधिकारीहरुबीच संयुक्त बैठक सम्पन्न भएको छ । बैठकमा सीमा नाकामा हुने सीमा अपराधलाई नियन्त्रण गर्ने विषयमा सहकार्य र समन्वय गर्ने सहमति भएको अधिकारीहरुले बताउनुभएको छ ।

प्रदेश नं १ मा सम्भावित विपद् जोखिम क्षेत्रको ‘म्यापिङ’ गरिने

विराटनगर । प्रदेश नं १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयअन्तर्गत विपद् कार्यकारी समितिको बैठकले यही कात्तिक २ गते आएको अविरल वर्षा र त्यसपछिको बाढीपहिरोबाट प्रदेशमा भएको क्षतिको समग्र समीक्षा गरेको छ । सोमवार समितिका अध्यक्ष तथा आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीको अध्यक्षतामा बसेको बैठकले बाढीबाट भएको क्षति तथा प्रभावलाई सम्बोधन गर्ने निर्णय गरेको छ । वर्षा र त्यसपछिको डुबान, कटान तथा पहिरोबाट भएको क्षतिका विषयमा समग्र समीक्षा गर्दै पाँचथरको मिक्लाजुङ जोड्ने सडक सञ्चालन गर्न समन्वय गर्ने निर्णय भएको छ । सडक अवरुद्ध भएकाले खाद्यान्न तथा नुनलगायत सामग्री अभाव भयो भन्ने गुनासो आएकाले संघीय भौतिक पूर्वाधार मन्त्रालय र सडक डिभिजनसँग समन्वय गरेर तत्काल सडक मर्मत गर्दै सञ्चालन गर्न समन्वय गर्ने, वर्षा र बाढीबाट भएको मृत्युको विवरण प्राप्त भए पनि अन्य क्षतिको विवरण पूर्णरूपमा आउन बाँकी रहेकाले जिल्लास्थित दैवी प्रकोप उद्धार समितिबाट चाँडै लिने, १४ जिल्लामा विपद्जन्य के–के घटना हुन सक्छन् भन्ने जोखिम क्षेत्रको ‘म्यापिङ’ गरेर यकिन विवरण जिल्ला विपद् व्यवस्थापन समितिले १५ दिनभित्र मन्त्रालयमा पठाइसक्ने निर्णय भएको मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीले जानकारी दिए । प्रदेशका १४ वटै जिल्लास्थित विपद् व्यवस्थापन समितिलाई सम्भावित विपद्का कारण उत्पन्न परिस्थितिमा उद्धारका लागि आवश्यक पर्ने सामग्री आवश्यक भए मन्त्रालयमा माग गरेर पठाउने, बाढीपहिरोबाट भएको भौतिक संरचना आदि क्षतिको भौतिक पूर्वाधार मन्त्रालयबाट एकीकृत विवरण तयार गरी मर्मत गर्नुपर्ने सडक भए मर्मत गर्ने र पहिरोको दीर्घकालीन समाधान गर्नुपर्ने भए सोसमेत गर्ने निर्णय भएको छ । बैठकमा मन्त्री कार्कीले बाढीबाट प्रभावित क्षेत्रका नागरिकलाई सहज हुनेगरी काम गर्न विपद् व्यवस्थापन समितिलाई सक्रिय हुन निर्देशन दिएका थिए । सोमवार नै प्रदेश सुरक्षा समन्वय समितिको बैठक पनि सम्पन्न भएको छ । बैठकमा नेपाली सेना, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र सशस्त्र प्रहरीका प्रदेशस्तरीय प्रमुख सहभागी थियो । बैठकमा समग्र प्रदेशको सुरक्षा, अपराध नियन्त्रण, लागूऔषध नियन्त्रणका विषयमा निकायगत रूपमा प्रस्तुति गरिएको थियो । बैठकमा मन्त्री कार्कीले अपराध तथा सीमामा हुने चोरी, तस्करी नियन्त्रण गर्दै समग्र सुरक्षा व्यवस्था चुस्त बनाउनुपर्नेमा जोड दिए । बैठकले सुरक्षा अवस्था, सीमापार अपराध, चोरी, तस्करी नियन्त्रण जस्ता विषयमा जिल्ला सुरक्षा समितिलाई आवश्यक निर्देशन दिने र रिपोर्टिङको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको छ । रासस

गृह मन्त्रालयको मूल्याङ्कन : पर्वत उत्कृष्ट जिल्ला

गृह मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय पर्वत ‘ए ग्रेड’ मा परेको छ ।  विभिन्न ६ वटा विषयगत क्षेत्र समेटेर गरिएको मूल्याङ्कनमा पर्वत उत्कृष्ट १४ जिल्लाभित्र पर्न सफल भएको हो । गृह मन्त्रालयको नीति, योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखाले शान्तिसुरक्षा, अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागुऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, विकास निर्माण अनुगमन र समन्वय/सदाचारसँगै आर्थिक अनुशासन क्षेत

ढोरपाटन शिकार आरक्ष क्षेत्रमा वन्यजन्तु अपराध नियन्त्रण गर्न ब्युरो गठन

ढोरपाटन शिकार आरक्ष क्षेत्रमा अवैध रुपमा हुनसक्ने वन्यजन्तु र तिनको आखेटोपहारको ओसारपसार नियन्त्रणमा सघाउ पु-याउन जिल्लास्तरीय वन्यजन्तु अपराध नियन्त्रण ब्युरो गठन गरिएको छ । शिकार आरक्षका प्रमुख संरक्षण अधिकृतको संयोजकत्वमा ब्युरो गठन गरिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन तथा भूसंरक्षण विभाग र वन्यजन्तु कोषसमेतको पहलमा ब्युरो गठन गरेर काम थालेको प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताउनुभयो । शिकार आरक्ष क्षेत्रमा वन, वन्यजन्तु, वनस्पतिलगायत सम्पूर्ण जैविक विविधताको संरक्षण संवर्धन र व्यवस्थापनमा समेत सम्बन्धित सरोकारवाला निकायबीच समन्वय गर्ने र प्रभावकारी रुपमा आपसी संवाद, सहकार्य गर्ने जिम्मेवारी ब्यूरोले पाएको छ ।

सीमा अपराध नियन्त्रण गर्न नेपाल–भारतका अधिकारी सहमत

दार्चुला। सीमा अपराध नियन्त्रणका लागि नेपाल–भारतका सुरक्षा अधिकारीबीच सहकार्य गर्ने सहमति भएको छ । भारतको पिथौरागढ जिल्लाको सीमा चौकी गोठीमा सोमबार बसेको सुरक्षा अधिकारीको बैठकमा सबै खाले अपराध नियन्त्रण गर्न एक अर्कामा समन्वय र सहकार्य गर्ने सहमति भएको हो ।

अपराध नियन्त्रण गर्न सहकार्य

अपराध नियन्त्रणलगायतका विषयमा एकापसमा समन्वय गर्न पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुख सहमत भएका छन्।

नेपाल र भारतका अधिकारीहरुबीच कपिलवस्तुमा सीमा समन्वय बैठक

कपिलवस्तु - कपिलवस्तुसँग सीमा जोडिएको भारतको सिद्धार्थनगर जिल्लाको सुरक्षा अधिकारीहरुसँग कपिलवस्तुको तौलिहवामा शनिबार संयुक्त समन्वय बैठक सम्पन्न भएको छ । तौलिहवामा रहेकाे सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयमा सम्पन्न बैठकमा दुई देशको सीमा व्यवस्थापन, अन्तर सीमा अपराध नियन्त्रण, सीमा क्षेत्रमा हुने चोरी तस्करी नियन्...