नेपालमा कोरोना निको हुने दर ९७ प्रतिशत

काठमाडौं, २२ कात्तिक । पछिल्लो २४ घन्टामा नेपालमा कोरोना भाइरसका ३ सय ९० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख १४ हजार ९ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज ४ सय २५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ९५ हजार ८ सय २२ जना […]

सम्बन्धित सामग्री

देशभर निको भए १ हजार ७८४ कोरोना संक्रमित

काठमाडौं। आज देशभर १ हजार ७८४ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ७१ हजार ८३ पुगेको छ। हाल नेपालमा कोरोना निको हुने दर ९३.५ प्रतिशत रहेको छ। अर्कातिर, हालसम्म देशभर कुल ७ लाख ८७ हजार ५ जनामा संक्रमण पुष्टि भएको छ।

नेपालमा कोरोना निको हुने पनि स्थिर

काठमाडौं, ८ साउन । नेपालमा कोरोना सङ्क्रमण बढेसँगै निको हुने दर पनि स्थिर रहेको छ । साउन १ गते निको हुने दर ९४.५ प्रतिशत रहेको थियो । साउन ७ गते पनि निको हुने दर साउन १ गतेकै जस्तो ९४.५ रहेको छ । अहिले निको हुने दर बढ्न सकेको छैन । साउन २ गतेदेखि साउन ४ […]

नेपालमा कोरोना निको हुने दर ९३ % :   स्वास्थ्य मन्त्रालय

असार १७, काठमाडौं । नेपालमा पछिल्लो पटक कोरोना संक्रमणबाट निको हुने दर ९३ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ ।  हालसम्म ६ लाख १४९ जना सङ्क्रमित निको भइसकेको पनि मन्त्रालयले बताएको छ । विगत २४ घण्टामा कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार १४५ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ३६८ पुगेको छ । यसैगरी सो अवधिमा ४ हजार १७ जना निको भएका छन् । हालसम्म ६ लाख १४९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

नेपालको कोरोना निको हुनेको संख्या ६ लाख नाघ्यो, निको हुने दर ९३.७ प्रतिशत

काठमाडौं। बितेको चौबिस घण्टामा देशभर रहेका कोरोना संक्रमितमध्ये आज ४ हजार १७ जना निको भएको छन्। योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ६ लाख १ सय ४९ पुगेको छ। नेपालमा रहेका कूल संक्रमितमध्ये ९३.७ प्रतिशत निको भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म ६ लाख ७६ हजार ५ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आज ३ हजार ८२ जना कोरोना संक्रमित निको भए

काठमाडौं। पछिल्लो चौबिस घण्टामा देशभर आज ३ हजार ८२ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै कोरोना निको हुनेको संख्या नेपालमा ५ लाख ४३ हजार ५२१ पुगेको छ। नेपालमा कोरोना निको हुने दर ८८.५ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज ५ हजार २२५ जना कोरोना संक्रमित निको भए

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर आज ५ हजार २२५ जना कोरोना संक्रमित निको भएको जनाएको छ। योसँगै कोरोना निको हुनेको संख्या नेपालमा ५ लाख २० हजार ८१६ पुगेको छ। नेपालमा कोरोना निको हुनेको दर ८६.२ प्रतिशत रहेको छ। नेपालमा हालसम्म ६ लाख ४ हजार ३९६ जनामा कोरोना पुष्टि भएको छ। संक्रमितमध्ये ८ हजार ३०५ जनाको मृत्यु भएको छ।

नेपालमा कोरोना निको हुनेको संख्या ५ लाख नाघ्यो

काठमाडौं। नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या पाँच लाख नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजसम्म नेपालमा ५ लाख ४ हजार ५३० जना कोरोना मुक्त भएको जनाएको छ। नेपालमा हालसम्म ३२ लाख ४८ हजार ५९२ नमुना परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये हालसम्म ६ लाख ११ हजार ३०८ जनामा कोरोना पुष्टि भएको छ।

आज देशभर ६ हजार ५७० जना कोरोना संक्रमित निको भए

काठमाडौं। पछिल्लो चौबिस घण्टामा देशभर ६ हजार ५७० जना कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ४ हजार ५३० पुगेको छ। नेपालमा कोरोना निको हुने दर ८४.७ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म ६ लाख ११ हजार ३०८ जनाका कोरोना संक्रमण भएको छ।

पछिल्लो २४ घण्टामा ९ हजार ८४१ जना संक्रमित निको भए

शुक्रबार ९ हजार ८४१ जना निको भएसँगै नेपालमा कोरोना निको हुनेको संख्या  ४ लाख २८ हजार ६७० जना पुगेको छ।

कोरोना निको हुने दर ७५.५ प्रतिशत

देशभर कोभिड–१९ संक्रमणका थप ९ हजार ४८३ संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार सार्वजनिक गरेको बुलेटिनमा २० हजार ५९६ पीसीआर र ७२० एन्टिजेन परीक्षणमा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको हो ।  मंगलवार देखिएकासँगै नेपालमा ४ लाख १३ हजार १११  संक्रमित पुगेका छन् ।  संक्रमण निको भई ५ हजार २२५ जना घर फर्किएका छन् । हालसम्म ३ लाख १२ हजार १९ निको भएर घर फर्किएका छन् । नेपालमा कोरोना निको हुने दर ७५.५ प्रतिशत रहेको छ ।