नेपालमा कोरोना निको हुने दर ९३ % :   स्वास्थ्य मन्त्रालय

असार १७, काठमाडौं । नेपालमा पछिल्लो पटक कोरोना संक्रमणबाट निको हुने दर ९३ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ ।  हालसम्म ६ लाख १४९ जना सङ्क्रमित निको भइसकेको पनि मन्त्रालयले बताएको छ । विगत २४ घण्टामा कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार १४५ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ३६८ पुगेको छ । यसैगरी सो अवधिमा ४ हजार १७ जना निको भएका छन् । हालसम्म ६ लाख १४९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।