लकडाउनमा सुरु गरेको व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी

बर्दिया - आफ्नै गाउँमा तरकारी खेती गरेर पनि मनग्य कमाउन सकिन्छ भन्ने उदाहरण बर्दियाको ठाकुरबाबा नगरपालिका-४ लसिउरा फाँटा मुक्तकमैया बस्तीका तीन जना कृषकले दिनुभएको छ ।  थारु समुदाय विकास मञ्च भुरिगाउँले कोसेली परियोजना अन्तर्गत लसिउरा फाँटा गाउँमा गठन गरेको लसिउरा कृषक समूहका विपन्न समुदायका सदस्यहरुले उदाहरणीय तरकारी खेती गरेर मनग्य आम्दानी गरिरहेका छन् ।  सुकुम्बासी तथा मुक्तकमैयाको बस्ती विपन्न समुदायहरुको बसोबास रहेको बर्दिया ठाकुरबाबा नगरपालिका-४ सैनवार गाउँ लसिउरा फाँटाको लसिउरा कृषक सम...

सम्बन्धित सामग्री

व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी

महेन्द्रनगर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा बेलौरी नगरपालिका–३ पडावमा पुनःस्थापनाभएका धम्मलराज चौधरीले अढाई बिघा जमिनमा व्यावसायिक तरकारी खेती गरेका छन्।निकुञ्जबाट विस्थापित भएर १० कट्ठा जग्गा पाए पनि पाँच पाँच दाजुभाइले बाँड्दा दुई कट्ठा भागमा पर् यो। उनी व्यावसायिक तरकारीबाट भएको आम्दानीले अहिले ११ कट्ठा जग्गा जोड्न सफल भएका छन्।आठ वर्षदेखि गाउँमा तरकारी खेती गरेका उनले अहिले वार्षिक नौ लाख रुपैयाँ बचत गर्ने गरेको दाबी गरे। ‘मैले शुरु गरेको तरकारी खेतीबाट भएको आम्द

तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै कञ्चनपुरका मुक्तकमैया

१५ पुस, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-८ नौखरी मुक्तकमैया शिविरका महादेव चौधरीले व्यावसायिक तरकारी खेती गरेर राम्रो आम्दानी गर्दै आएका छन् । एक दशक अघिदेखि चौधरी तरकारी खेतीमा संलग्न हुँदै आएका हुन् । चौधरीको स्वामित्वको पाँच कठ्ठा जग्गा मात्रै छ । थप पाँच कठ्ठा जग्गा रु १० दश हजार वर्षको तिर्ने गरी भाडामा लिएका छन् । […]

तरकारी खेतीबाट मनग्य आम्दानी

काठमाडौं २१ चैत  शुक्लाफाँटा नगरपालिका–११ दीपनगरका डम्बरबहादुर विष्ट व्यावसायिक तरकारी खेती गरेर गतिलो आम्दानी गर्दै आएका छन् । तरकारी खेतीबाट हुने आम्दानीले विष्टको परिवारको खर्च चल्ने गरेको छ । उनले खेतबारीमा बाह्रै महिना तरकारी खेती गर्छन । दश कठ्ठा बढी जग्गामा उनले तरकारी खेती गरेर वार्षिकरूपमा रु दुई लाखदेखि पाँच लाखसम्म आम्दानी गर्दै आएका छन् […]

विदेशबाट फर्किएर व्यावसायिक तरकारी खेती

सल्यान : स्वदेशमा कुनै रोजगारी नभएको भन्दै धेरै युवायुवती विदेश पलायन भइरहेका छन्। स्वरोजगार बन्ने नेपालमा वातावरण नै नभएको भन्दै दैनिक हजारौँ युवा विदेश पलायन भइरहदा सल्यान त्रिवेणी गाउँपालिका ५ मेलचौरका विष्णुबहादुर रावतले व्यवसायिक तरकारी खेतीबाट मनग्य आम्दानी गरिरहेका छन्। चार वर्ष साउदी र कतार बसेका रावतले त्यहाँ बालुवामा तरकारी फेलेको देखेपछि उत्साहित भएर गाउँ फर्की तरकारी खेती थालेका हुन्। परिवार पाल्नकै लागि विदेशी भूमिमा पसिना बगाउन पुगेका उनी अहिले आफ्नै घरमा वार्षिक ७ लाख रुपैयाँभन्दा बढी आम्दानी ...

तरकारीले बनायो आत्मनिर्भर

काठमाडौँ,१९ भदौ । सिन्धुपाल्चोकमा स्थानीय कृषकले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । जिल्लाको बलेफी, सुनकोशी, मेलम्ची क्षेत्रमा किसानले मनै लोभ्याउने व्यावसायिक तरकारी खेती गरेका हुन् । लटरम्म फलेको खुर्सानी, गोलभेँडा, घिरौला, बन्दा, करेला, धनिया, काँक्रो, सिमी जस्ता तरकारी लहलहाउँदो छ । टनेल विधिबाट तरकारी खेती गर्दा मौसमी र बेमौसमी तरकारी उत्पादन दोब्बर हुने […]

पश्चिम चितवनमा कृषि पर्यटनको सम्भावना बढ्दै

असोज १२, चितवन । पश्चिम चितवनमा विस्तारित व्यावसायिक कृषिसँगै कृषि पर्यटनको सम्भावना बढ्दै गएको छ ।  यहाँ ड्रागन फ्रुट, व्यावसायिक पशुपालन, माछापालन, मौरी, तरकारीकोे पकेट क्षेत्र विस्तारले कृषि पर्यटनको प्रशस्त सम्भावना बढ्दै गएको हो । हाल भरतपुर महानगरपालिका वडा नम्बर २४, जगतपुरमा ६२ बिघा जमिनमा सामूहिक तरकारी खेती गर्दै आएको केरूङ्गा सामूहिक तरकारी कृषि फार्म कृषि पर्यटनको गन्तव्यका रुपमा विकास भइरहेको छ ।  सामूहिक खेतीमार्फत कृषि उत्पादनमा वृद्धि भएपछि देशभरका किसान, कृषि विज्ञ, विद्यार्थी, सहकारीकर्मीका उक्त फार्म अध्ययन, अवलोकनको केन्द्र समेत बनेको छ । फार्मको ग्रीन हाउस, थोपा सिँचाइ, कार्यव्यवस्थापन भवन तथा तालिम केन्द्र, संकलन केन्द्र, मल भण्डार भवन, तरकारीबारी दृश्यावलोकनका लागि मचानसहित ६२ बिघा जग्गामा लगाइएको तरकारी खेतीले अहिले केरूङ्गा सामूहिक तरकारी कृषि फार्म कृषि पर्यटनतर्फ उन्मुख हुँदै गरेको संस्थाका संरक्षक तथा भरतपुर–२४ का वडाध्यक्ष कान्छा मल्ल बताउँछन् । उक्त खेतीलाई कृषि पर्यटकीय गन्तव्यका रुपमा घोषणा गर्नु पर्नेमा उनले  जोड दिए  । पर्यटक बस्न सक्ने क्षमताका होमस्टे निर्माण कार्यमा जुटिरहेको बताउँदै मल्लले १० कट्ठा जमिनमा निर्माण गरिएका होमस्टेसँगै पर्यटकलाई खेतीबारे एकमुष्ट जानकारी दिन व्यवस्थित सभाहल निर्माण भइसकेको बताए । ९६ जना स्थानीय किसानहरु उक्त फार्ममा आबद्ध छन् । यस्तै, भरतपुर महानगरपालिका–२६, दिव्यनगरका दुई दाजुभाइ पदमबहादुर गुरूङ र उनका भाइ मेजर ताइबहादुर गुरूङको फार्ममा अहिले ड्रागन फ्रुट फुल्न शुरु गरेका छन् । दुई दाजुभाइले गंगाश्री बहुउद्देश्यीय कृषि फार्म दर्ता गरेर व्यावसायिक रुपमा ड्रागन र नर्सरीको खेती गरिरहेका हुन् । जसका कारण बाह्य तथा आन्तरिक पर्यटकका लागि उत्कृष्ट गन्तव्यको रुपमा परिचित बन्दै गइरहेको छ यो फार्म । २०६० सालदेखि पश्चिम चितवनको भरतपुर–२५, शुक्रनगरमा १८ बिघा जग्गामा तरकारी खेती गरेका ५४ वर्षीय गणेशप्रसाद भूषाल बहुवर्षीय फलफूल खेतीअन्तर्गत केरा, किवी, मेवा, ड्रागन फ्रुटको खेती गर्ने योजनामा छन् । भविष्यमा यो क्षेत्र कृषि पर्यटनको हब हुने उनको विश्वास छ ।  भरतपुर–२५, अमृतनगरका कृष्णप्रसाद न्यौपानेले २०७१ सालदेखि नोबेल एग्रिकल्चर फार्मको नाममा दर्ता गरेर व्यावसायिक तरकारी खेती शुरु गर्दै आएका छन् । उनको माछापालन पोखरी अहिले ३५ बिघा क्षेत्रफलमा विस्तार भइरहेको  छ ।  माछापालनमा राम्रो सम्भावना देखेर डेढ वर्षअगाडि वायोफ्लक्स प्रविधि अपनाएर माछापालन शुरु गरेको न्यौपानेले बताए । ४ ओटा पोखरीमा पानी भरेर माछापालन गरेका उनको वायोफ्लक्स प्रविधि पर्यटकहरुका उत्कृष्ट गन्तव्य बन्दै गएको उनको भनाइ छ । भरतपुर– २५ अमृतनगर, जनज्योति टोलका १९ जना उत्साही युवाहरु सामूहिक कृषिकर्ममा जुटेका छन् । बाबुआमाले गर्दै आएको तरकारी खेतीलाई निरन्तरता दिन ‘युवा आधुनिक कृषि सामूहिक खेती ’ समूह गठन गरेर ८० बिघा जमिनलाई चक्लाबन्दी गर्दै नयाँ पुस्ता कृषिकर्ममा अभ्यस्त भएका हुन् । यहाँका कृषकहरुले माछापालन व्यवसायबाट मनग्य आम्दानी गर्न थालेका छन् । भरतपुर–२०, शारदानगरमा मात्रै ८५ बिगाहा क्षेत्रफलमा माछापालन गरिएको छ ।  २०४२ देखि तात्कालिन जिल्ला कृषि विकास कार्यालयले माछापालन कार्यक्रममार्फत सहयोग गरेपछि कृषकको आकर्षण बढ्दै गएकोे शंकरचोक जागृति माछापालक समूहका सचिव हरिप्रसाद पण्डित बताउँछन् । यही  समूह चितवनकै पुरानो र पहिलो माछापालक समूह रहेको उनको दाबी छ । चितवन मौरीपालन व्यावसायका लागि पकेट क्षेत्र हो । भरतपुर–२६ का भूपालनाथ कँडेलले २०५५ सालदेखि मौरीपालनलाई व्यवसायका रुपमा अघि बढाउँदै आएका छन् । कँडेलले मेलिसरा जातको मौरीबाट उत्पादित महको मागलाई घरबाटै आपुर्ति गर्दै आएको बताउँछन् ।  पश्चिम चितवनको शुक्रनगर, अमृतनगर, बसगठ्ठा, कटरटाँडी, चैतन्य बस्ती, नयाँबस्ती, ध्रुव, बयरघारीलगायतका क्षेत्र तरकारी खेतीको पकेट क्षेत्रका रुपमा परिचित छ ।

नर्सरी खेतीबाट मनग्य आम्दानी

बाजुराको बुढीनन्दा नगरपालिका–८ गेणे गाउँका बुँदे रावतले नर्सरी खेतीबाट राम्रो आम्दानी गरेका छन् । भारतबाट फर्किएपछि स्वदेशमै केही गर्ने मनसायका साथ २०६० सालबाट व्यावसायिक तरकारी खेती सुरु गरेका रावतले नर्सरी खेती थालेको भने चार वर्ष भयो ।पिसविन सम्पूर्ण परियोजना र कृषि ज्ञान केन्द्र बाजुराको अनुदानसहित ज्ञान र सीप पाएपछि नर्सरी खेती राम्रो भएको रावतको भनाइ […]

बन्दाले फेर्दै किसानको भविष्य, गाउँभर तरकारी खेतीको लहर

बझाङको छविसपाथिभेरा गाउँपालिका–७ बुडखोरिका गोरख धामीले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् ।परम्परागत तरिकाले अन्नबाली गर्दै आएका धामीले गाउँमै व्यावसायिक तरकारी खेती गर्न थालेका हुन् । उनले हाल ३० रोपनी जमीनमा बन्दाखेती खेती गर्दै आएका हुन् ।उनी बन्दाखेतीबाट गाउँमा सबैभन्दा बढी आम्दानी गर्ने किसानका रुप...

तरकारी खेतीबाट मनग्य आम्दानी

शुक्लाफाँटा नगरपालिका–११ दीपनगरका डम्बरबहादुर विष्ट व्यावसायिक तरकारी खेती गरेर गतिलो आम्दानी गर्दै आउनुभएको छ । तरकारी खेतीबाट हुने आम्दानीले विष्टको परिवारको खर्च चल्ने गरेको छ । उहाँले खेतबारीमा बाह्रै महिना तरकारी खेती गर्नुहुन्छ । दश कठ्ठा बढी जग्गामा उहाँले तरकारी खेती गरेर वार्षिकरूपमा रु दुई लाखदेखि पाँच लाखसम्म आम्दानी गर्दै आउनुभएको छ ।